काँग्रेस नेता गिरीलाई मातृशोक

Radio Budhinanda FM -   BFM || २०७८ जेठ १ शनिवार

नहकुल जोशी 

रेडियो बुढीनन्दा

नेपाली काँग्रेसका नेता तथा पूर्व भूमिसुधार सहायक मन्त्री जनकराज गिरीलाई मातृ शोक परेको छ । पूर्व मन्त्री गिरीकी आमा भद्रा गिरीको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ वाई स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

वाई गाउँकै जेष्ठ सदश्य तथा असल महिला नेतृ समेत रहनु भएकी गिरीको आज दिउसो ९१ बर्षको उमेरमा निधन भएको हो । राजनैतिक रुपमा सचेत र एक निष्ठावान अभिभावकको भूमिकामा रहने, विगतका विभिन्न राजनैतिक आन्दोलनमा समेत सक्रिय रहेकी नेतृत्वको निधनले अहिले गाउँलाई नै शोकाकुल वनाएको स्थानिय मयानन्द सञ्ज्यालले बताउनुभएको छ ।

राजनिती सत्य र निष्ठाले गर्नु पर्दछ भन्दै संधै मार्ग दर्शक बन्नु भएकी आमाको निधनले आफूले अभिभावकत्व विहिनताको महशुस गरेको पूर्व भूमिसुधार सहायक मन्त्री गिरीले बताउनुभएको छ । आफ्नो समयमा राणाहरुको क्रुर शासनको समेत अनुभव गरेकी स्वर्गिय गिरीले पञ्चायति ब्यवस्था कालमा देशमा प्रजातन्त्रका लागि तिमीहरुले लाग्न जरुरी छ भन्दै आफूलाई जागिर छोडेर राजनितीमा लाग्न समेत अभिप्रेरित गरेको  सम्झदै पूर्व भूमिसुधार सहायक मन्त्री गिरीले परिवारको अवस्था र सम्पतीका लागि उहाँले कहिल्यै पनि सम्झौता नगरेको बताउनुभयो । स्वर्गिय भद्रा गिरीको भोली हिन्दु परमपरा अनुसार अन्त्यष्ठि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल