LIVE FM

घाँस काट्ने क्रममा भीरबट लडेर महिलाको मृत्यु

  • BFM
  •    
  • March 14, 2024

बाजुराको बडिमालिका नगरपालिका ५ मनाका भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । गाउँ नजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिरबाट लडेर गम्भीर घाइते भएकी ४५ बर्षिया श्रीमति दुरा साउँदको मृत्यु भएको हो । उनी चन्दे्र साउँदकी श्रीमति हुन् ।
मना शहरी स्वास्थ्य केन्द्रका प्रमुख छत्र साउँदका अनुसार बुधबार भीरबाट लडेर घाइते भएकी साउँदको घर पु¥याएर उपचारका लागि सदरमुकाम मार्तडी ल्याउनै लाग्दा मृत्यु भएको हो । मना गाउँ लगायत बाजुरामा बर्षेनी भीरबाट लडेर सर्वसाधारणको मृत्यु हुने गरेको छ ।

ताजा समाचार

ताजा समाचार