LIVE FM

खत्याडमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन ।।

  • BFM
  •    
  • November 24, 2023

रेडियाे बुढिनन्दा

मुगुको खत्याड गाउँपालिकामा आज देखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रम सञ्चालन भएको छ । कर्णाली प्रदेशका केही स्थानिय तहमा यस अघि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भए पनि मुगुको खत्याड गाउँपालिकामा आज देखि सञ्चालन भएको हो । तर कर्णाली वाहेक अन्य प्रदेशमा भने गत महिनामा प्रतियोगिता सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच गाउँपालिकाले प्रतियोगिताको उघद्धाटन गर्दै विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

पहिलो दिन भएका खेल छात्रा लङ्गजम्पमा प्रथम कालिका मावि बुगा, द्धितिय पञ्चदय मावि नखर्जि र तृतिय लोकप्रिय मावि गम्था भएका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण उपाध्याले बताउनुभयो । यस्तै छात्रा त्रिपल जम्पमा प्रथम महादेव मष्टा नमुना रातापानि, द्धितिय लोकप्रिय मावि गम्था र तृतिय पञ्चदय मावि नखर्जि भएका उहाँले बताउनुभयो । त्यस्तै छात्र लङ्गजम्पमा प्रथम लोकप्रिय मावि गम्था, द्धितिय कालिका मावि बुगा र तृतिय बाल शिक्षा मावि कवा भएका छन भने छात्र त्रिपल जम्पमा लोकप्रिय मावि गम्था प्रथम, द्धितिय कालिका मावि बुगा र तृतिय महादेव मष्टा माद्यामिक विद्यालय रातापानी भएका छन ।

आज सामान्य तर्फका प्रतियोगिता सम्पन्न भएका छन । भोलीबाट भलिबल, कवड्डी, तेकवान्दो, करातेँ र ज्याप्लींङ्ग थ्रो, सर्पफुट, हाईजम्प र लङ्गंजम्प, त्रिपल जम्प र दौडका विभिन्न विधाका खेल सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिका भित्रका ह्याङ्गलु माद्यामिक विद्यालय वाहेक अन्य ११ वटा विद्यालयको सहभागिता रहेको उहाँले बताउनुभयो ।

आज देखि सुरु भएको प्रतियोगिता आगामी करीव एक हप्ता सम्म सञ्चालन हुने छ । आउदो १३ गते भित्र पालिकामा रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरीसक्नु पर्ने जिल्ला खेलकुद विकाश समितिको निर्णय अनुसार प्रतियोगिता सञ्चालन भएको प्रमुख प्रशासकिय अधिकृत उपाध्याले बताउनुभएको छ । आज एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । लोकप्रिय माद्यामिक विद्यालयका शिक्षक रतन बहादुर शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा खेलाडि तथा खेलप्रेमि दर्शक महानुभावको उल्लखेनिय सहभागिता रहेको थियो ।

ताजा समाचार

ताजा समाचार