LIVE FM

रेडियो बुढीनन्दा र बडिमालिकाकाे कार्य क्षेत्र थप विस्तार

  • BFM
  •    
  • February 15, 2024

रेडियो बुढीनन्दा कोल्टी बाजुरा 

बाजुराको कोल्टीमा सञ्चालित सामुदायिक रेडियो बुढीनन्दा र त्रिवेणी नगरपालिकामा सञ्चालित रेडियो बडिमालिकाले प्रशारण सेवामा साझेदारी गरेका छन । रेडियो बुढीनन्दा र रेडियो वडिमालिकाले उत्पादन गरेका समचार तथा रेडियो सामाग्री दुवै रेडियोले प्रशारण गर्ने गरी समझदारी भएको हो । २०७४ साल देखि कोल्टीमा सञ्चालित कुण्डा क्षेत्रकै पहिलो सामुदायिक रेडियो बुढीनन्दा ९६.५ मेगाहर्ज कोल्टी र त्रिवेणी नगरपालिकामा २०७६ साल देखि सञ्चालित रेडियो बडिमालिका ९५.२ मेगाहर्ज विच समाचार र कार्यक्रम उत्पादन तथा प्रशारणमा साझेदारी भएको हो ।

दुवै रेडियोका सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीको समन्वयमा समचार तथा कार्यक्रम उत्पादन र प्रशारणमा सहमति भएको रेडियो बुढीनन्दा सञ्चालक समितिका सचिव तथा प्रवन्ध निर्देशक अनिल शाहीले जानकारी दिनुभएको छ । दुवै रडियोबाट उत्पादित विभिन्न रेडियो सामाग्री दुवै रेडियोले प्रशारण गर्ने समझदारी तथा सहकार्य भएको उहाँले बताउनुभएको छ । साथै औपचारीकरुपमा रेडियो सामाग्री हिजोबाट प्रशारण भए पनि आजबाट सेवा नियमित भएको उहाँले बताउनुभयो ।

दुवै रेडियोको कार्य क्षेत्र विस्तार र सेवा क्षेत्र थप फराकिलो बनाउन प्रशारणमा सहकार्य भएको र रेडियोले उत्पादन गरेका समचार तथा विभिन्न कार्यक्रम दुवै रेडियोबाट प्रशारण हुने उहाँले बताउनुभएको छ । सेवा क्षेत्र मात्रै फराकिलो नभएर रेडियोको आर्थिक, भौतिक तथा सामाजिक क्षेत्र संगै कर्मचारीको कार्य क्षेमता पनि थप फराकिलो बनाउने प्रयत्न भईरहेको बताउनुभयो । दुवै रेडियो अहिले दैनिक १८ घण्टा सञ्चालन हुदै सेवा दिदै आइरहेका छन । बाजुरामा सञ्चार क्षेत्रको निर्विकल्प माद्यामका रुपमा रहेको रेडियो बुढीनन्दाले स्थापना काल देखि हाल सम्म समाजका विभिन्न गतिविधिलाई उजागार गर्दै आईरहेको छ ।

रेडियोले भरपर्दो सुचना सम्प्रेषण संगै समस्याको समाधान, उपायको निधान गर्दै आमनागरीकलाई सुचनाको माद्यामबाट सुशुचित गर्दै आईरहेको छ । रेडियो बडिमालिका संग जोडिए संगै जिल्लाभर रेडियो बुढीनन्दाको कार्यक्षेत्र विस्तार भएको र अवको केही दिन भित्र कर्णालीमा पनि कार्यक्षेत्र विस्तारका लागि त्यहाँका सामुदायिक रेडियो संग सहकार्य गरीने जनाईएको छ ।

ताजा समाचार

ताजा समाचार