LIVE FM

मार्तडी-कोल्टी सडक यात्रामा वार्षिक ७ करोड रुपैंया ठगिदै यात्रु

  • BFM
  •    
  • February 26, 2024

निर्माण कम्पनीको चरम् लापरवाहीका कारण मार्तडी–कोल्टी सडक खण्डका यात्रुहरु दैनिक दुईलाख रुपैंया ठगीको मारमा परेका छन् । दुई दशक देखि निर्माणधिन उक्त सडक पक्की गर्ने ठेक्का भएको चार वर्ष वितिसक्दा सडकको स्तरउन्नती नहुंदा यात्रुले दैनिक ठगिनु परेको हो । प्रमुखजिल्ला अधिकारी भिमकान्त पौडेलको अध्यतामा शुक्रबार दिउसो बसेको संघ र प्रदेशका विकास कार्यालय र निर्माण ब्यबसायी वीच समन्वय सहजिकरण र जानकारी आदानप्रदान उपसमितिको बैठकले समयमा सडक निर्मामाण नगर्दा बाजुरेली नागरिकले चर्को भाडा तिर्न बाध्य हुनुपरेको निष्कर्ष निकालेको हो ।
बैठकमा प्रमुख जिल्लाअधिकारी भिमकान्त पौडेलले भन्नुभयो विशेषगरी मार्तडी–कोल्टी ४३ किलोमिटर सडक खण्डमा चल्ने जीप तथा सानासवारी साधान प्रयोग गर्दा यात्रु ठगिएका छन्। विकासको दृष्टीले –पछाडि परेको बाजुरामा सडक सञ्जालको समस्या छ । बाजुरा विकासको मेरुदण्ड सडक सञ्जाल हो । मार्तडी कोल्टी यात्रा गर्दा बस सेवा सुचारु भए, यात्रु पाँच सय रुपैंयामा कोल्टी पुग्छन् । अहिले जीपमा यात्रा गर्दा प्रति ब्यक्तीले एक हजार देखि १२⁄१५ सय रुपैंया तिर्नु परेको छ । यद्येपि जिल्ला प्रशासन कार्यालय बाजुराले भने मार्तडी– कोल्टीका लागि प्रति ब्यक्ती ७५०।– रुपैंया भाडा दर कायम गरेको बताइएको छ। अब्यबस्थित सडकमा जीपचालकले मनोमानी भाडा असूल्ने गरेको पाईएको छ ।मार्तडी–कोल्टी दैनिक चार पाँच सय मान्छे ओहोर दोहर गर्छन् । सडक राम्रो भए बसमा प्रति ब्यक्ती पाँच सय रुपैंया तिरेर कोल्टी पुग्थे । सडककै कारण यात्रुहरु महंँगो भाडा तिरेर आवागमन गर्न बाध्य छन्। यो पैशा बाजुरेली गरिव जनताको हो । हिसाब गर्दा बाजुरली नागरिक एक दिनमा दुईलाख रुपिया ठगिदा रहेछन् । महिनामा साठी लाख रुपियाँ बढि हुन्छभने वर्षमा सातकरोड वीस लाख रुपैंया हुनजान्छ । नागरिकको यो विकराल बेदनालाई तत्काल समाधान गर्न सडक मर्मत तथा स्तर उन्नतीको बिकल्प छैन । निर्माण कम्पनीले छिटोछरितो काम सम्पन्न गर्नुप¥यो। विकास निर्माणमा ढिलासुस्ती हुन नदिन अनुगमन उपसमिति गठन गरिएकोछ । उहांहरुको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अगाडि बढाईने छ ,सम्बद्ध सबैले सहयोग गरौं प्रजिअ पौडेलको भनाई थियो ।
बाजुरामा कैंयौं, निर्मांणाधिन सडक अलपत्र परेको गुनासो आएपछि सिडियो पौडेलले सम्बद्ध निकाय र सरोकारवालासंग सामुहिक छलफल गर्न डिभिजन सडक कार्यालय अछामका डिई ,सहरी विकास डोटी र धनगडीबाट कार्यालय प्रमुखलाई बोलाउनुभयो । मैले उहाँहरुको समय मागेर बैठक बोलाएं । अरुसबै आउनुभयो , डिभिजन सडक कार्यालयका डिइ आउनु भएन । सबैभन्दा बढि विवाद अलपत्र अवस्थामा रहेका सडक र पूलको छ । सडक कार्यालय प्रमुख (डि.इ. )संग टायम मागेर उहांको अनुकुलमा बैठक राखे आज त मेरो काम छ आउन सक्दैन पो भन्छन् बा । अब डिईलाई कारवाही गर्नेकी ठेकेदारलाई सिडियो पौडेलको भनाई छ ।
निर्माणकर्ताले सजिलो काम गर्छन् र ८० प्रतिसत काम सम्पन्न गरेको प्रतिवेदन तयार पारेर भुक्तानी लिन्छन् । २० प्रतिसत काम बांकी हुन्छ । जहां अप्ठेरो छ, त्यही बांकी हुन्छ । त्यही अप्ठेरो ठाउँमा गाडी चड्दैन । मार्तडी–कोल्टी सडक खण्डको हालत पनि त्यही हो। ४३ किमि सडक तिन पिसमा ठेक्का गरिएको छ ,काम कसैको सम्पन्न भएको छैन । तत्कालका लागि जहां अप्ठेरो छ त्यही नेर ठेकेदारले काम गरी गाडी पास गराउने काम गरुन् । सजिलो ठाउँको पिच गर्दैगर्छन् नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापति एबं बडिमालिका नगरपािलकाका पूर्व नगरप्रमुख पदम बडुवालले भन्नु भयो । विकास निमार्ण अलपत्र पार्ने ठेकादारलाई आफ्नो पार्टीबाट संरक्षण हुंदैन बरु कारवाहीमा सघाईन्छ उपसभापति बडुवालको भनाई छ ।
त्यसैगरी बार्जुगाड पूल निर्माण कार्यथालनी भएको नौ वर्ष भयो, दुई पिलर राख्नु बाहेक काम भएको छैन् । ठेक्का पनि नतोड्ने काम पनि नगराउने मनोबृत्तीले बाजुरा विकासले तिब्रता नपाएको नेकपा समाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावतको ठम्याई छ । सघन शहरी विकास कार्यालय डोटीबाट निर्माण गरिएको जयवागेश्वरी वडा नं चारको स्वास्थ्य चौकी संरचना मापदण्ड विपरित भएको छ । मापदण्ड अनुसार निर्माण भएका संरचना मात्र आयोजना कार्यालयले बुझ्नु पर्छ नेकपा एमाले सचिव काँसी विकको भनाई छ ।
आयोजना बारे मुल्यांकन गर्न राजनीतिक दलको सहभागितामा जिल्ला स्तरीय गठित उपसमितिकोको बैठकमा पूर्वाधार विकास कार्यलय अछामका डिई रुद्र बोगटीले यो वर्ष बाजुरामा ४२ करोड रुपैंया र अछाममा ३५करोड रुपैया बरावरको सडक सरचना निर्माण भैरहेको जानकारी दिनुभयो । स्वीकृत योजना समयमा सम्पन्न नहुंदा गत वर्ष बाजुराको तीस करोड बजेट फ्रिज गएको बोगटीको भनाई थियो । त्यस्तै सघन सहरी विकास कार्यालय डोटीबाट जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला अस्पताल, गुदुखाती स्वास्थ्य चौकी लगायत का भवन निर्माण भैरहेका छन् । जिल्ला अदालत बाजुरा निर्माणाधिनमा छ । सघन शहरी विकास कार्यालयबाट यो वर्ष त्रिबेणी नगरपालिकामा पाँच करोड रुपैंयाको बजेट स्वीकृत भई डिपिआर भैसकेकोे छ । जिल्ला प्रशासनको भवन निर्माण सम्पन्न भएको बताएका छन् । जिल्लामा सञ्चालित विकास आयोजनाहरुको कार्यप्रगती अवस्था समस्याहरुको विषयमा छलफल गर्दै विकास निमार्ण सम्वन्धित कार्यालयहरुसंग समन्वयय गरी जिल्लामा अलपत्र अवस्थामा रहेका आयोजनाहरुको अनुगमन मुल्यांकनगरी प्रतिवेदन पेश गर्ने । पूर्वाधार विकास कार्यालयले मार्तडी कोल्टी सडकको अप्ठेरो सडक खण्डको कार्यलाई पहिलो प्राथमिकतामा कामगरी भाडाका बस सञ्चालन गर्ने स्तरको सडक बनाउने निर्णय गरेको छ ।
बडिमालिका नगरपालिका वडानं आठ अनाई खोला नजिक सडक भत्किदा तिन साता देखि मार्तडी –कोल्टी सडक अबरुद्ध भएको छ। स्थानीय प्रशासनले बैकल्पिक बाटो खोलाएको पनि सहजरुपमा गाडी चलेका छैनन् । बैकल्पीक बाटोमा खेती बाली मासिएको भन्दै स्थानीयले प्रति गाडी एक हजार रुपैंया चुङ्गी उठाईरहेका छन् ।

ताजा समाचार

ताजा समाचार