LIVE FM

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

  • BFM
  •    
  • December 5, 2023

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विधानमा हेरफेर गर्न कार्यदल गठन गरेको छ । 

kfc

माघ १४ र १५ गते हुने राष्ट्रिय सम्मेलनमा विधानबारे छलफल गरिने भएकाले त्यसका लागि गृहकार्य गर्न कार्यदल गठन गरेको सो पार्टीले जनाएको छ ।

Laxmi sunrise bank

कार्यदलको संयोजकमा संगठन विभाग प्रमुख समेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसाल रहेका छन् भने महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेका छन् । 

Shivam Cement

सम्मेलनको व्यवस्थापनका लागि नेताहरु गंगालाल तुलाधर, जीवनराम श्रेष्ठ, सावित्रा भुसाल, केदार सञ्जेल र विष्णु लम्साललाई जिम्मेवारी सचिवालय बैठकले प्रदान गरेको छ ।

Nabil bank

त्यस्तै राष्ट्रिय महाधिवेशनमा पेस गर्ने पार्टी दस्ताबेज मस्यौदा तयार गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय मस्यौदा कमिटी गठन गरेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए । जसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा विशेष क्षेत्रका सदस्यहरु रहनेछन् । 

ताजा समाचार

ताजा समाचार