LIVE FM

बाजुराको कुरु गाउँ– जहाँ उत्पादन छ, व्यापार छैन

  • BFM
  •    
  • March 21, 2024

जीवन कैला, बाजुरा

बाजुराको बुढीनन्दा नगरपालिका ४ कुरु गाउँ जति बकिट छ, त्यति नै सुन्दर र सम्भावना बोकेको ठाउँ पनि हो । कृषि, पर्यटन र भेडा पालन यहाँका मुख्य व्यवसायिक सम्भावना हुन् । पर्यटन गतिविधि शुुन्य भएपनि स्थानीय बासिन्दाहरु परम्परागत भेडा पालन, भेडाबाट उत्पादन हुने ऊनजन्य सामग्रीहरु र तरकारी भने ठूलै परिमाणमा उत्पादन गर्दछन् । तर मिहिनेतअनुसार आम्दानी हुन नसकेको भने उनीहरु चिन्तित छन् ।
स्थानीयले उत्पादन गरेका कृषि सामग्रीले बजार नपाउँदा चिन्तित हुनु परेको छ । किसानले बारीमा उत्पादन गरेको तरकारी मात्रै होईन विभिन्न उद्योग ब्यवसायबाट उत्पादन भएका घरेलु सामग्रीले पनि बजारमा उचित मुल्य पाउन नसकेको बुढीनन्दा चार कुरुका स्थानीय महनसिंह रोकायाले गुनासो गरेका छन् । उनले उत्पादनका हिसावले कुरु अग्रस्थानमा रहे पनि बजार समस्याका कारण पछाडी परेको बताए । ‘कुरुमा तरकारी पनि राम्रै फल्छ, प्रत्येक स्थानीयका घरघरमा ब्यवसायिक रुपमा तरकारी खेति हुने गरेको छ,’ उनले भने ‘हरेक परिवारले भेडाबाख्रा पालन गरेका छन् । भेडा बाख्राको रांैबाट राडी काम्ला तयार हुन्छन्, तर के गर्नु बजार समस्याका कारण न त समयमा तरकारी बिक्रि हुन्छ नत राडी काम्ला नै ।’
जिल्लाका अन्य ठाउँ भन्दा तरकारी र घरेलु उत्पादनका हिसावले कुरु राम्रै भए पनि बजार समस्याका कारण स्थानीयले आम्दानी लिन सकिरहेका छैनन । स्थाीनय लालचन्द्र धामीले आफु पनि भेडा ब्यवसायमा संलग्न रहेको बताउदै अहिले ६० वटा भेडा रहेका बताए । दुुई सय भन्दा बढि परीवारको बसोवास रहेको कुरुमा अधिकांशले भेडा पालन गर्ने गरेका छन् । रोजगारी नहुँदा स्थानीयले भेडा ब्यवसायबाट घर परिवारको गर्जाे टार्ने गरेका उनको भनाई छ । आधुनिक प्रविधि नभित्रिएकाले अत्यधिक मिहिनेत लाग्ने भएपनि हातले बुनेका सामग्री बलिया र आकर्षक हुने उनको दावी छ । तर उचित मुल्य नपाउदा एउटा काम्लो र ल्यु तीन हजारमा बिक्रि वितरण गर्नु परेको अर्का स्थानीय जंग रोकायाले बताए । भेडा ब्यवसायमा लागेका कुरुका स्थानीयले वार्षिक १ लाख देखि ४ लाख सम्म आम्दानि गर्ने गरेका छन् । कुरुको मुख्य आम्दानीको स्रोत तरकारी र भेडा ब्यवसाय भए पनि वजार समस्याका कारण सोचे जस्तो आम्दानी हुन नसकेको उनको भनाई छ । स्थानीय सरकार लगायत अन्य निकायले पनि स्थानीय उत्पादनलाई महत्व दिन नसक्दा र प्रवद्र्धन गर्न नसक्दा कुरुवासिको आम्दानी बढ्न नसकेको उनले बताए । पछिल्लो समय जिल्ला बाहिरबाट आउने तयारी पोसाकका कारण पनि स्थानिय उत्पादन खपत हुन नसकेको स्थानीयको बुझाई छ । बजार समस्याका कारण तरकारी खेतवारी मै कुहिन्छ भने निमार्ण भएका घरेलु सामान सस्तो मुल्यमा दिनु परेको छ । बाहिरबाट जिल्लामा भित्रिने सामाग्री भन्दा जिल्लामै उत्पादन हुने सामाग्रीलाई महत्व दिनसके जिल्लाको रोजगारी बढ्नुका साथै स्थानीय उत्पादकको आम्दानी पनि बढ्ने स्थानीय बासिन्दाहरु बताउँछन् ।

ताजा समाचार

ताजा समाचार