LIVE FM

बाजुराका स्थानिय तहका सवारी साधनकाे चरम दुरूपयाेग हुदै ।

  • BFM
  •    
  • August 5, 2022

जीवन कैला, रेडियो बढीनन्दा कोल्टी बाजुरा

बाजुराका सवै स्थानिय तहका सरकारी सवारी साधन जथाभावि प्रयोग हुन थालेका छन । स्थानिय तहका जनप्रतिनिधिको सुविधाका लागि खरीद भएका सरकारी सवारी साधनको सदुपयोग हुन नसक्दा जथाभावि प्रयोग हुन थालेका हुन । पालिकाका जनप्रतिनिधिको सेवा सुविधाका लागि पहिलो कार्यकालमै खरीद गरीएका गाडी तथा मोटरसाईकलको निगरानि हुन नसक्दा अलपत्र अवस्थामा रहेका स्थानियको गुनासो छ । करोडाै रुपैयाको लागतमा खरीद भएका स्थानिय तहका सवारी साधानको सदुपयोग हुन नसक्दा कत्तै सडक छेउछाउ त कत्तै ग्यारेजमा थन्कीएको अवस्थामा भेटिन थालेका छन ।

जनप्रतिनिधिलाई वडा कार्यालय तथा गाउँपालिकाको केन्द्र सम्म पुग्न सहज हुने उदेश्यले खरीद भएका सवारी साधन कस्तो अवस्थामा छन र कहाँ प्रयोग भईरहेका छन भन्ने पालिकाका संग एकिन जानकारी समेत छैन । पालिकाले कार्यविधि तयारी पारी लाईसेन्स प्राप्त ब्यक्तिलाई चालक राख्नु पर्ने भए पनि जो कोहीलाई चालक वनाउदा सवारी साधानको अवस्था राम्रो नहुने र दुर्घटनाको जोखिम निम्तीन सक्ने स्थानिय बताउछन । बाजुराका नाै वटा स्थानिय तह मध्य मध्य कुन्ना क्षेत्रका चार वटा पालिकासंग मात्रै करोडांै मुल्य वरावरका चार पाग्रे र दुई पाग्रे सवारी साधान छन ।

तर ति आवश्यक्ता भन्दा वढि प्रयोग भईरहेका छन । वुढीनन्दा नगरपालिकाका दुई पाग्रेँ सवारी साधन प्रयोग विहिन अवस्थामा रहेका छन । लाईसेन्स विनाका सवारी साधन जो कोहीले चलाउदा तोडफोड गरी कत्तै झारीमा त कत्तै सडक छेउछाउमा फालिएको अवस्थामा भेटिन्छन । जथाभावि फालिका सवारी साधनको संरक्षण गर्न नगरपालिकाले भने कुनै चासो देखाएको छैन । लाईसेन्स विना आफन्तबाट सञ्चालित स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाका सवारी साधनको पनि अवस्था उस्तै छ । सवै जनप्रतिनिधिले दुई पाग्रे सवारी सधान चलाउन नआउदा सजिलोका लागि आफन्तलाई चालक वनाउदा सवारी साधन तोडफोड भएका छन । तर जगनाथ गाउँपालिकाले भने लाईसेन्स विनाका सवारी साधन सञ्चालन हुने नदिने जनाएको छ । गत २०७४ को स्थानिय निर्वाचन पछि खरीद गरेका सवारी साधान अहिले पालिकामै थन्कीएका छन । गाँउपालिकाले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको प्रयोजनका लागि एउटा स्कारपीयो सहित वडाअध्यक्षका लागि ६ वटा मोटरसाईल खरीद गरेको थियो ।

लाईसेन्स प्राप्त दीपेन्द्र वुढालाई स्कारपीयो चालक वनाए पनि मोटरसाईकल चालक भने वडाअध्यक्ष आफै वनेका र कत्तै आफ्नो तरीकाले राखेका गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीका अनुसार पुरानो कार्यकालमा प्रयोग भईरहेका दुई पाङग्रे सवारी साधान अहिलेका नयाँ जनप्रतिनिधिलाई दिने तयारी भईरहेको छ । तर प्रयोग विहिन अवस्थाका मोटरसाईल मर्मत गर्नु पर्ने हुदा मर्मत गरीसके पछि मात्रै वितरण गरीने उहाँले बताउनुभयो । केहि मर्मत भईसकेका र केहि मर्मत हुन वाकि रहेका कारण वितरणमा ढिलाई भएको उहाँले बताउनुभयो । पालिकाका सवारी साधान जथाभावि जो कोहिले पनि प्रयोग गर्न थालेकाले दुर्घटनाको जोखिम आउन सक्ने भन्दै उहाँले वडाअध्यक्षले लाईसेन्स भएका ब्यक्तिलाई लिएर आएको खण्डमा मोटरसाईकल दिने बताउनुभयो ।

अघिल्लो पटक पनि लाईसेन्स भएका ब्यक्तिलाई भरपाई गरेर वडाअध्यक्षलाई मोटरसाईकल दिने गरीएको उहाँले बताउनुभएको छ । जथाभावि जो कोहिले सवारी साधान चलाउन थालेकाले मर्मत र पेट्रोल खर्च वढ्ने गरेकाले पालिकाको आर्थिक ब्ययभार पनि व्ढने गरेको उहाँले बताउनुभयो । अन्य स्थानिय तहले लाईसेन्स भएका ब्यक्ति वाहेक अन्य जो कोहिलाई चालक वनाएको स्थानियको आरोप छ ।

ताजा समाचार