LIVE FM

बाजुराका प्रमुख जिल्ला अधिकारीको गाडीमा ढुंगा प्रहारदुुई जना प्रहरी नियन्त्रणमा

  • BFM
  •    
  • March 14, 2024

रेडियाे बुढीनन्दा

दुुई जना प्रहरी नियन्त्रणमा

बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल चढेको गाडीमा ढुङ्गा प्रहार भएको छ । बुधवार राति बुढीगंगा नगरपालिका २ बल्देमा प्रजिअ पौडेलको गाडीमा ढुंगा प्रहार भएको हो ।
खप्तड छेडेदह गाउँपालिकाको अनुुगमनबाट मार्तडी फर्किने क्रममा बुधवार राति करिब नौ बजेतिर बल्देमा तीन जनाको समुहले गाडीमा ढुंगा प्रहार गरेर आक्रमण प्रयास गरेको प्रजिअ पौडेलले बताए । ‘खप्तड छेडेदहबाट फर्किरहेका बेला बल्देमा एक्कासी तीन जनाको समूहले हात दियो, बीच बाटो र एकान्त ठाउँ भएकाले गडी रोक्ने अवस्था थिएन, गाडी नरोकेपछि उनीहरुले ढंगा प्रहार गरे,’ प्रजिअ पौडेलले भने ‘ठुलो क्षति हुनबाट जोगियो । ढुंगा सिसामा लागेको भए हाम्रो ज्यान जान्थ्यो । तर भाग्यवस गाडीको पछाडीको भाड र टायरमा लागेमा लाग्यो । हामी बच्यौ ।’
ढुंगा प्रहार गर्ने दुई जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका १ कुँडीका अनिल सुनार र सोही वडाका सागर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सरकारी गाडी तोडफोड गरी उश्रृखल व्यवहार देखाउने सुनार र नेपालीलाई पक्राउ गरी आवस्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए । अर्का एक जनाको खोजी कार्य भइरहेको उनको भनाई छ । तीनै जनालाई अभद्र ब्यवहारको कसुरमा मुद्दा चलाई बिहीबार सात दिनको म्याद थप भएको प्रशासनले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २८५ को उपदफा (२) को (१) (क) अनुसार अपराधिक उपद्र ब्यवहार गर्नेलाई गर्नेलाई कानुनी कारवाही गरिने उल्लेख छ । सोही दफाको (ग) अनुसार चार वर्ष कैद र चालिस हजार रुपैंया जरिवाना हुने कानुनी ब्यवस्था रहेको रहेको छ ।

डेर एक महिलाको मृत्यु भएको छ । गाउँ नजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिरबाट लडेर गम्भीर घाइते भएकी ४५ बर्षिया श्रीमति दुरा साउँदको मृत्यु भएको हो । उनी चन्दे्र साउँदकी श्रीमति हुन् ।
मना शहरी स्वास्थ्य केन्द्रका प्रमुख छत्र साउँदका अनुसार बुधबार भीरबाट लडेर घाइते भएकी साउँदको घर पु¥याएर उपचारका लागि सदरमुकाम मार्तडी ल्याउनै लाग्दा मृत्यु भएको हो । मना गाउँ लगायत बाजुरामा बर्षेनी भीरबाट लडेर सर्वसाधारणको मृत्यु हुने गरेको छ ।

ताजा समाचार

ताजा समाचार