LIVE FM

टाटेँ प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुचारु

  • BFM
  •    
  • March 17, 2024

बाजुराको बुढीगंगा नगरपालिकाको वडा नं पाचँमा रहेको टाटेँ प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुचारु हुनेभएको छ । यस अघि सामान्य उपचार सेवा प्रदान गर्दै आईरहेको स्वास्थ्य केन्द्रमा अव देखि विशेषज्ञ सेवा सुचारु हुने भएको हो । स्वास्थ्य चौकिले एमविविएस डाक्टर पाए संगै विशेषज्ञ सेवा सुचारु भएको नगरपालिकाका प्रवक्ता हेमराज जैशीले जानकारी दिनुभयो । प्रवक्ता जैशीका अनुसार स्वास्थ्य केन्द्रमा प्रसुती सेवा, एक्सरे र भिडियो एक्सरे सेवा लगायतका स्वास्थ्य सेवा नियमित सुचारु हुने छन । 

स्वास्थ्य केन्द्रमा यस अघि नै गेटा आखाँ अस्पतातलको सहयोगमा आखाँ उपचार केन्द्र, नाक, कान, घाटीँ, आयुर्वेद र ल्याव सेवा सञ्चालनमा रहेको थियो । स्वास्थ्य केन्द्रमा एमविविएस डाक्टरका रुपमा बुढीगंगा नगरपालिकाका डाक्टर किरण थापालाई नियुक्त गरीए संगै सेवा सुचारु गरीएको छ । यस अघि जिल्ला वाहिरको एमविविएस डाक्टर हुदा छोटो समयमा उपचार हुने गरेको थियो, कतिपयले लामो समय सम्म वस्न रुचाउदैन थिए, ६ महिना पनि वस्न नमान्दा समस्या उस्तै थियो, अव स्वास्थ्य केन्द्रले आफ्नै गृह भुमीको डाक्टर पाउदा उपचारमा सहज होला भन्ने आस पलाएको छ, उहाँले भन्नुभयो । 

दरवन्दी भए पनि एमविविएस डाक्टर नहुदा स्वास्थ्य केन्द्र अहेवको भरमा सञ्चालित रहेको थियो । नागरीकले घर आगँन मै सहज उपचार पाउन भन्ने उद्देश्यले नगरकार्यपालिकाको वंैठकको निर्णयबाट डाक्टर थापालाई नियुक्ति गरीएको प्रवक्ता जैशीले बताउनुभयो । नगर कार्यपालिकाले विज्ञापन गरे पनि कसैको दरखास्त नपरे पछि डाक्टर थापालाई आजैबाट कामकाज गर्ने गरी नियुक्ति गरीएको उहाँले बताउनुभयो । 

स्वास्थ्य चौकिमा यस अघि पुग्दो जनशक्ति भए पनि विशेषज्ञ सेवा सुचारुका लागि एमविविएस डाक्टरको अभावका कारण नागरीकले पाउने जति सेवा पाउन सकेका थिएनन । स्वास्थ्य केन्द्रमा डाक्टर थापालाई नियुक्त गरीए संगै सामान्य देखि जटिल खालका उपचार सेवा प्रदान हुने नगरपालिकाले जनाएको छ । स्रोत साधानले भ्याए सम्म नागरीकले सहजरुपमा सेवा पाउने स्वास्थ्यकर्मीको विश्वास छ । यस अघि सामान्य उपचार हुने गरे पनि जटिल खालका उपचारका लागि नागरीकलाई जिल्ला अस्पताल बाजुरा र अछामको बयालपाटा अस्पताल पुग्नु पर्ने वाध्यता रहेको थियो ।

ताजा समाचार

ताजा समाचार