LIVE FM

भाईरल ज्वरोका कारण शम्भु सुनन्दा माद्यामिक विद्यालयमा ६० वढि विद्यार्थी विरामी

  • BFM
  •    
  • January 12, 2024

जीवन कैला

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका गाउँ सहित विद्यालयमा पछिल्लो समय भाईरल रोगका विरामी देखिन थालेका छन । गाउँपालिकाको जुकोट लगायतका गाउँ र विद्यालयमा भाईरल रोगका विरामी देखिन थालेका स्थानियले बताएका छन । शम्भु सुनन्दा मद्यामिक विद्यालयमा भाईरल ज्वरोको प्रकोप देखिन थालेको विद्यालयका सुचना अधिकारी नरेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीमा ज्वरो आउने, टाउँको दुख्ने, खोकी लाग्ने र रीगंटा लाग्ने जस्ता देखिन थालेका बताउनुभएको छ । कतिपय विद्यार्थी दैनिक विरामी हुन थालेका छन भने अधिकासं विरामी विरामी परेका विद्यालय आउन छोडेका छन । करीव एक हप्ता देखि विद्यालयमा दैनिक ७, ८ जना विद्यार्थी विरामी पर्न थालेका र हाल सम्म विद्यालयमा करीव ६० वढि विद्यार्थी विरामी भईसकेका उहाँले बताउनुभयो ।

दिन प्रतिदिन विद्यार्थी विरामी पर्ने दर वढ्दै गईरहेको पनि सुचना अधिकारी मल्लले बताउनुभयो । विद्यालयमा दैनिक विरामी पर्ने समस्याले पढाई समेत प्रभावित भएको उहाँले बताउनुभयो । एक पछि अर्काे हुदै विद्यार्थी विरामी परे पनि उपचार नहुदा झन समस्या भएको छ ।

अस्ती मात्रै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज शाहीको पहलमा स्वास्थ्यकर्मीले केही विद्यार्थीको उपचार गरे पनि अझै अधिकासं विद्यार्थीको अवस्था उस्तै रहेको विद्यालयले जनाएको छ । यता गाउँपालिकाका स्वास्थ्य संयोजक पारश शाहीले आफुलाई हाल सम्म जानकारी नआएको बताउनुभयो । उहाँले समस्या के हो स्वास्थ्य संस्थालाई वुझन लगाई आवश्यक औषधिको ब्यवस्थापन सहित भोलीबाट स्वास्थ्यकर्मी पठाईने बताउनुभएको छ ।

ताजा समाचार

ताजा समाचार