LIVE FM

ठेक्कामा मिलेमतो गर्न सूचना संसोधन, सेटङ्गिमा ठेक्का निकालिएको भन्दै चौतर्फी विरोध

  • BFM
  •    
  • December 18, 2023

बुढीनन्दाखबर समाचारदाता

बाजुराको बुढीनन्दा नगारपालीकाको वडा न ३ को बड्डाला मालिका तलिगोठी नुरी सडक निर्माण योजनाको ठेक्का प्रक्रियामा मिलेमतो गरेको खुलेको छ । बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आफू अनुकुलको निमार्ण कम्पनीलाई ठेक्का दिन ब्यापक रुपमा चलखेल गरेको खुलेको हो । 

सडक निमार्णको टेन्डरमा ब्यापक सेटङ्गिगरेको निमार्ण ब्यबसायीको कागजात मिल्ने गरी सूचना निकालेको र त्यहि अनुसार सूचनामा मापदण्ड विपरित सुधार गरेको भन्दै बुढीनन्दा नगरपालिकाकै जनप्रतिनिधिहरुले समेत स्रर्वत्र विरोध गरिरहेका छन ।

टेन्डर गर्दा गम्भीर खालका त्रुटी गरेर सुचना निकाली आफ्नो अनुकुलको निमार्ण कम्पनिलाई ठेक्का दिने मनसायले काम गरेको भन्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । 

गत भदौ २६ गते आर्थिक राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक प्रकासिशत गरिएको सूचनामा १ लाख २६ हजार २ सय ५० घनमिटर सडक निमार्णको ठेक्का गर्ने भनिए पनि  उक्त सडक निमार्णको योजना आफुनिकटको निमार्ण कम्पनिलाई अनुकुल हुने गरी मापडण्द तयार गराई नियम विपरित नगरपालीकाले सुचना प्रकाशन गरेको भन्दै स्थानिय रविन्द्र रोकायाले विरोध जनाउनु भएको छ ।

उहाँका अनुसार नगरपालिकाका नगर प्रमुख जनककुमार बोहोरा, निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष शाह र इन्जीनियर अशोक शाहीको मिलोमतोमा प्रक्रिया विपरित आफू अनुकुलको निमार्ण कम्पनीलाई उपयुक्त हुने कागजात निमार्ण गरिएको आरोप निमार्ण ब्यवसायीको छ । उक्त सडक निमार्णमा काम गर्नका लागि कुनै पनि निमार्ण कम्पनिले सोहि प्रकृतिको योजनामा ५ वर्ष काम गरेको अनुभवको प्रमाण चाहिने भनिएको छ । तर धुम पुर्णा थापा जेवि कम्पनीको त्यस्तो कामको अनुभव ५ बर्षको नपुगे पछि सुचना संसोधन गर्दै  त्यस्तो कामको अनुभव एक वर्ष घटाएर ४ वर्ष कायम गरी पुनः सूचना प्रकाशन गरेको आरोप निमार्ण ब्यवसायीहरुको छ । 

नगरपालिकाले सूचनामा अनुभवका साथै निमार्ण कम्पनिले फिल्ड भिजिट (स्थलगत अनुगमन) को चिठ्ठी हुनुपर्ने समेत भनेको भए पनि फिल्ड भिजिटको चिठ्ठी भने धुम पुर्णा थापा जेविलाई मात्र दिएर अन्य निमार्ण ब्यबसायिलाई चिठ्ठी नदीएको, पहिले सूचना निकाल्दा एक महिनामा ६ हजार घनमिटर अडिनेरी नर्मल चट्टानमा कामगरेको अनुभव चाहिने भनेपनि पछि संसोधन गरी एक महिनामा ५० हजार ५ सय घनमिटर हिमाललयन रिजनमा कामगरेको अनुभवलाई योग्य हुने जस्ता मापडण्द राखि आफू अनुकुलको निमार्ण कम्पनीलाई ठेक्का दिन मिलोमतो गर्न खोजेको नगरपालिकाका एक वडाध्यक्षले बुढीनन्दा खवरलाई जानकारी दिएका छन ।  

गएको भदौ २६ गते प्रकाशित ठेक्काको सूचनाको अन्तिम मिति असोज २५ गते राखिएको भएपनि विचमा ठेकेदारहरु विच मिलेमतो र आर्थिक चलखेलको समय राखि असोज २९ गतेसम्म पुर्याई त्यस विचमा पनि चलखेल गर्न खोजेको आरोप निमार्ण ब्यवसायीहरुको छ । 

करिव ३ करोड १२ लाखको लागतमा निमार्ण हुन लागेको उक्त सडक निमार्णका लागि ठूला निमार्ण ब्यवसायीलाई प्रतिशप्रधा गराउन सुचनाको समय करिव ९० दिन हुनुपर्नेमा ६० दिन मात्र राखि सिमित एक फर्मलाई मात्र क्राइटएरिया पुग्ने गरी ठेक्का विड डकुमेन्ट निमार्ण क्रियाकलाप निर्धारण गरेको आरोप सहित निमार्ण ब्यवसायीहरुले उजुरी समेत दिएका छन ।  

पर्याप्त दिई निमार्णलाई प्रतिशप्रधात्मक बनाउनु पर्नेमा प्रतिशप्रधालाई सिमित गराउन विभिन्न किसमिका भास्य सिर्जना गरी निमार्णलाई अस्वस्थ, कमिसन मुखि गरी राज्यलाई समेत ठूलो आर्थिक ब्ययभार सिर्जना कार्य गरिएको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । 

उक्त सडक निमार्णका लागि निर्धारित समयमा ३ वटा कम्पनिले अनलाईन प्रक्रियाबाट विट गरेका छन ।  जसमा शिब खिम्ती युनाईटेड साईन जेवि जडिबुटी ३२ काठमाण्डौं, धुम पुर्णा थापा जेवी बढीमालीका ८ बाजुरा र बडिमालिका त्रिशती जेवी विरेन्द्र नगर ६ सुर्खेतले टेण्डर खसालेका छन ।

सुचना प्रकाशित गरेको लामो समय हुदा पनि नगरपालीकाले धुम पुर्णा थापा जेविलाई ठेक्का पार्ने बाहानामा विभिन्न चलखेल भईरहेकोले ढिलो प्रक्रिया गरीरहेको निमार्ण ब्यबसायिको आरोप छ । उक्त निमार्ण कम्पनि नगरपालिकाका ईन्जीनियर अशोक शाहीका आफन्तको र नगर प्रमुख जनक बाेहाेरा अाबद्ध पाटीनिकटका ब्यक्तिकाे भएको आरोप समेत निमार्ण ब्यवसायीले लगाएका छन । 

तर यता नगरपालिकाका ईन्जीनियर अशोक शाहीले भने उक्त सडक निमार्णमा आफुहरुले कुनै पनि सेटङ्गि मिलोमतो नगरेको दावी गरेका छन । उनले ठेक्का प्रक्रियामा जुन निमार्ण कम्पनिले घटीघटाउँ गरी सुचनामा मागभए बमोजिमका रित पुर्वक आएको कुनै एक कम्पनिलाई छनोट गर्ने बताए । 

यता बुढीनन्दा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष शाहले भने यो सडक निमार्णमा आफुहरुलाई कुनै पनि स्वार्थ नभएकाले कानुनी ब्यवस्था र प्रक्रिया, निमार्ण ब्यवसायीका विच स्वस्थ प्रतिप्रर्धाका आधारमा अघि बढ्ने बताए । 

उनले भने ‘आफुहरु नियम बमोजिम काम गर्ने हो । अहिले फाईल अध्ययन गरीरहेका छौं नगरपालीकामा कार्यालय प्रमुख, ईन्जीनिय र लेखापाल गरी तिन जनाको समिति हुन्छ । समितिले डकुमन्ट हेरीरहेका छौं कसको पर्छ कसको पर्दैन त्यो सवै डकुमन्ट अध्ययन गरीसकपछि मात्र थाहा हुन्छ । प्रक्रिया नपुगेकाे भए ठेक्का क्यान्सिल हुन्छ । अहिलेनै धुम पुर्णा थापा जेवीलाई ठेक्का पार्दैछन भन्ने खालका कुरापछि नलाग्न समेत आग्रह गरे ।’  

तर नगरपालिकाले ठेक्का परेका तीनवटा फर्म मध्य धुमपूर्णा थापा जेवीलाई मात्रै फिल्ड भिजिटको चिठी दिनु, कामको अनुभवको समय ५ बर्ष बाट घटाएर ४ बर्ष कायम गरिनु, कामको लागत घटाउनु र अडिनेरी नर्मल चट्टानमा कामगरेको अनुभव समेत घटाउनुका साथै फर्म दर्ता गरेका कम्पनी मध्य सवैभन्दा कम घटेको कम्पनीलाई ठेक्का प्रक्रियामा चलखेल भएको आरोप अन्य निमार्ण ब्यवसायीको छ । 

चालु आर्थिक बर्षको माघ मसान्तसम्म निमार्ण कार्य सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म नगरपालिकाले ठेक्का स्वीकृत नगरी ढिलो सुस्तीगर्नुले समेत ठेक्कामा चलखेल र मिलेमताेको आशंका गर्न सकिन्छ ।

ताजा समाचार

ताजा समाचार