LIVE FM

विद्यालयमा एक सातादेखी तालाबन्दी

  • BFM
  •    
  • March 17, 2024

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एकमा रहेको सत्यसाई आधारभुत विद्यालयमा लगाईएको ताला अझै खोलिएको छैन । २०६९ साल देखि विद्यालयमा ईसीडी पदमा कार्यरत शिक्षिका सुनिता रोकायालाई पदबाट हटाईएको प्रति असन्तुष्टी जनाउदै पीडित पक्षले लगाएको ताला एक हप्ता सम्म पनि खुल्न नसकेको हो । शिक्षिका रोकायाको पुर्नवहालीको माग गर्दै गत फागुन २७ गते लगाईएको तालावन्दी हाल सम्म जारी रहेको छ । लामो समय देखि विद्यालयमा लगाईएको ताला खुल्न नसक्दा विद्यार्थीको पढाई संगै वार्षिक परीक्षा समेत प्रभावित हुने भएको अभिभावको गुनासो छ । चैत ५ गते देखि सञ्चालन हुने वार्षिक परिक्षा आउन एक दिन बाँकी हुँदा विद्यालयमा ताला देखिनुले विद्यार्थीको भविष्यमा खेलवाड हुने संकेत देखिएको अभिभावकले बताएका छन ।

समस्या के हो ? समाधानको बाटो पहिल्याउनु भन्दा        सरोकारवाला निकाय चुपचाप देखिनुले अवस्था गम्भीर हुन सक्ने पीडित शिक्षिका सुनिता रोकायाले बताउनुभयो । उहाँले आफ्नो माग पुरा नुहदा सम्म विद्यालयमा लगाईएको ताला नखोल्ने चेतावनि दिदै सम्वन्धीत निकायबाट सुनुवाई नभए कानुनी बाटो रोजिने बताउनुभयो । ११ वर्ष सम्म विद्यालयमा गरेको श्रमको मुल्याकंन नभई पदबाट हटाईएको र समयमा पारिश्रमिक नपाउनुले आफु माथि ठुलो अन्याय भएको उहाँले बताउनुभयो । आफु लगायत विद्यालयमा अध्ययनरत सयौ विद्यार्थीको भविष्य माथी खेलवाड गर्नमा सम्वन्धीत निकायको कमजोरी रहेको समेत उहाँको आरोप छ । विद्यालयमा ११ वर्ष अध्यापन गराए वाफतको ४ लाख २६ हजार तलव मध्ये १ लाख २ हजार मात्रै पाएको र बाँकी ३ लाख २४ हजार रकम पाउन बाँकी रहेको बताउनुभयो । बाँकि रहेको तलव पाउनु पर्ने माग गर्दै विद्यालयमा तालावन्दी गरिएको लामो समय विति सक्दा पनि कुनै निकायबाट सुनुवाई नभएको बताउनुभयो । 

यसै विच नेपाल राष्ट्रिय शिक्षक संगठन सदुरपश्चिम प्रदेश समितिले पनि शिक्षिका रोकायाको पुर्नवाहालीको माग गरेको छ । संगठनले एक प्रेस विज्ञप्ति जारी गर्दै ११ वर्ष सम्म विद्यालयमा सेवा गरेकी बालविकास शिक्षिकालाई वर्हिगमन गरीएको काम कारवाही तथा निर्णय तत्काल फिर्ता लिई पुर्नवाहाली गर्न माग गरेको हो । सम्वन्धीत शिक्षकबाट सहमति नलिई नियम विपरीत पुर्वाग्रही ढंगबाट गरीएको शिक्षकको सरुवा अविलम्व फिर्ता लिई शिक्षिका रोकायालाई पुर्नवाहाली गर्न सम्वन्धीत निकायलाई माग गर्दछौ विज्ञेप्तीमा भनिएको छ । स्थानिय निकायमा भएका ज्यादतिबाट विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकालाई अन्याय भएको ठहर गर्दै नियम विपरीत भएका कार्य प्रति संगठनको घोर आपत्ति छ,  गर्दछौ, संगठनका महासचिव गणेश बहादुर कठायतद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरीएको छ । यता गाउँपालिका लाई पटक पटक आग्रह गर्दा पनि ब्यवास्ता गरेको शिक्षिकाका श्रीमान दिलबहादुर रोकायाले दुखेसो गरेका छन् ।

ताजा समाचार

ताजा समाचार