LIVE FM

सुदूरपश्चिम लाई कमजोर नठाने हुँन्छ, राष्ट्रीय राजनीतिको कोर्ष परिवर्तन गरीदियौं

  • BFM
  •    
  • March 5, 2023

धनगढी, २१ फाल्गुन
नेपाल कम्युनिष्ट्र पार्टीका केन्दीय सदस्य तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले राष्ट्रिय राजनिती परिवर्तनको मुख्य सुत्रधार सुदूरपश्चिम प्रदेश भएको बताएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहलाई मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न अनुरोध गर्दै सोडारीले भने–सुदूरपश्चिम लाई कसैले कमजोर नठाने हुन्छ, हामिले राष्ट्रिय राजनितिलाई नयाँ कोर्षमा पुराएका छौं, संविधान मास्नेलाई ठेगान लगाउन सुदूरपश्चिमको सदन बाट सुरुवात ग¥यौं, असफल पा¥यौं, ।
नेकपा(एकीकृत समाजवादी)का प्रदेश संसदीयदलको नेता सोडारीले थपे–लामो संघर्ष बलिदान पछि आएको हो । संविधान माथिको खतरा बाट जोगाउन बर्तमान गठबन्धन एक ठाउँमा आएका हुन । संसदीय व्यवस्था बचाउन धेरै सहिद भएका छन् । एमाले पार्टी संविधानको भक्षक भएकै कारण हामी बाध्य भएका छौं । एमालेमा आएको मतियारपनले मुलुक दुर्घटनामा जान लागेको थियो हामीले बचायौं,। सुदूरका मान्छे कमजोर छैनन्। सुदूरका मानिसले देशको नयाँ खालको दिशा दिएका छन् ।

ताजा समाचार