LIVE FM

सिकिस्त सुत्केरीको मार्तडीबाट हवाई उद्दार

  • BFM
  •    
  • March 14, 2024

बाजुरा

जिल्ला अस्पताल बाजुराबाट एक जना सुत्केरीको हवाईमार्फत उद्दार गरिएको छ । दुई दिन पहिले सुत्केरी भएकी हिमाली गाउँपालिका १ देउसैनकी २२ बर्षिया सुस्मिता खड्का थापाको हवाई उद्दार गरिएको हो ।
जिल्ला अस्पतालमा शल्यक्रिया गरि बच्चा जन्माएको भएपनि स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि जिल्ला अस्पतालबाट रिफर गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । कोल्टीबाट मार्तडी पठाइएकी उनको दुई दिनअघि अप्रेसन गरेर सुत्केरी गराएकी उनको पेट सुनिएपछि जिल्लामा उपचार सम्भव नभएकाले थप उपचारका लागि सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको हो । जिल्ला अस्पताल बाजुरामा २८ गते राति शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्दार गरि सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्लामा हरेक महिनामा गर्भवती तथा सुत्केरी महिलाको जिल्लामा उपचार सम्भव नभएर सेनाको हेलिकप्टर मार्फत उद्दार हुँदै आएको छ ।

ताजा समाचार

ताजा समाचार