LIVE FM

पर्यटन प्रर्वद्धनका लागी होमस्टे सम्बन्धी ७ दिने तालिम

  • BFM
  •    
  • December 1, 2023

होमस्टे तथा होमस्टे पर्यटन प्रर्वद्धन सम्बन्धी ७ दिने तालिम आजबाट कोल्टीमा सुरु । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा होमस्टे तथा होमस्टे पर्यटन प्रर्वद्धन सम्बन्धी तालिम आजबाट सुरु भएको छ । हिमाली गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो परियोजनाको संयुक्त आयोजनामा आजबाट ७ दिने तालिम सुरु भएको हो । होमस्टे तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित बनाउन २५ जनाका लागि तालिम सञ्चान गरीएको हो ।

हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र मुगुको खत्याड गाउँपालिकाका होटल व्यवसायीहरुका लागि तालिम सञ्चालन गरीएको जनाइएको छ । आज एक कार्यक्रमका विच होटल ओलिभ इको भिलेजमा तालिम सञ्चालन गरीएको बताइएको छ ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पर्यटन व्यवसायी तथा होमस्टे क्षेत्रका विज्ञ विकेस कुमार श्रेष्ठ, रेडियो बुढीनन्दाका अध्यक्ष तथा पर्यटन व्यवसायी जनेश भण्डारी, रेडियो बुढीनन्दाका प्रबन्ध निर्देशक अनिल शाही, प्रेस यूनियनका प्रदेश सचिव राजेन्द्र रोकाया, रेडियो अपिका समाचार प्रमुख सन्तोष जोशी लगायत अतिथीरहनुभएको थियो । रेडियो बुढीनन्दाका अध्यक्ष तथा पर्यटन व्यवसायी जनेश भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको रेडियो बुढीनन्दाका प्रबन्ध निर्देशक अनिल शाहीले सञ्चालन र्गुभएको थियो ।

ताजा समाचार

ताजा समाचार