LIVE FM

लाेकप्रिय निर्णय गर्दै अदानचुलीको हिउँदे अधिवेशन सम्पन ।

  • BFM
  •    
  • April 8, 2023


जीवन कैला, रेडियाे बुढीनन्दा, हुम्ला
कर्णाली प्रदेशको हुम्ला अदानचुली गाउँपालिकाको हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९÷८० को ऐन, नियम तथा कार्यविधि पारीत गर्दै गाउँपालिकाको १२ औं गाउँ सभा तथा हिउँदे अधिवेशन आज सम्पन्न भएको हो । गाउँपालिकाको केन्द्र श्रीनगरमा एक कार्यक्रमबा विच गाउँपालिकाले विभिन्न निती तथा कार्यक्रम सभामा प्रस्तुत गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेगनाथ शाहीले जानकारी दिनुभएको छ ।

उहाँले विभिन्न वडाका वडाअध्यक्षले गाउँसभामा प्रस्तुत गरेका ३६ वटा पुराना ऐन तथा नितिलाई संशोधन भएका र ४ वटा ऐन तथा कार्यविधि पारीत भएका बताउनुभयो । गाउँ सभामा पास भएका संशोधन ऐन तथा कार्यविधि ५ वटा पास भएको उहाँले बताउनुभयो ।
सभामा गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले गाउँसभामा उठेका सवालको जवाफ दिदै पुरानालाई संशोधन गर्दै कार्यान्वयन हुन बाँकी रहेका नीतिलाई तत्काल कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । गाउँसभामा उपस्थित अधिकाँस गाउँ सभा सदस्यले अधिवेशन ढिलो भएको प्रति असुन्तुष्ट जनाएका थिए । आर्थिक वर्षको पुष १० गते हिउदे अधिवेशन र साउन १० गते बर्खे अधिवेशन गर्नु पर्ने प्रावधान भए पनि अदानचुली गाउँपालिकाले १० मनिा ढिलो गरी हिउदे अधिवेशन गरेको प्रति असुन्तुष्टि जनाउदै उनिहरुले समयमा अधिवेशन गर्नु पर्नेमा जोड दिएका थिए । समयमा अधिवेशन र वजेट विनियोजन नहुदा विकास निर्माण देखि अन्य विविध कार्य सम्पन्नमा असहज भएको गुनासो उनीहरुको छ ।
भौगोलिक विकटता र पालिकाको आन्तरीक खिचातानिका कारण समयमा गाउँसभा हुन नसकेको स्वीकार्र्दै गाउँपालिकाका अध्यक्ष शिहंले आगामी दिनमा समयमै गाउँ अधिवेशन सम्पन्न गर्ने र सोहि अनुरुप निति तथा कार्यक्रम कार्यन्वयन गर्ने बताउनुभयो ।
गाउँसभामा गाउँपालिकाका अध्यक्ष सिंहले निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने पालिकाका उपाध्यक्ष कर्ण रोकायाले गाउँ कार्यपालिकाले गरेका नियर्ण र खर्च हुन वाकि रहेको वजेट प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०७९÷८० को वजेट प्रस्तुत गर्दै उपाध्यक्ष रोकायाले शिक्षा, स्वास्थ्य, कृषि, सडक, रोजगारी लगायतका क्षेत्रमा प्राथमिकता दिने बताउनुभयो ।
उहाँले हिउँदे गाउँसभामा बोल्दै चालु भैपरी खर्च रहेको कर्मचारी तलब भत्ता तथा अन्य अपुग खर्चमा जम्मा रकम १ करोड, भैपरी पुजिगत कार्यक्रममा ५ करोड ८९ लाख १२ हजार ५ सय ४५ विभिन्न शिर्षकमा विनियोजन गर्ने निणर्य भएको बताउनुभयो । बाँकी योजना तथा कार्यक्रममा पुजिगत तर्पmको २ करोड ८३ लाख १२ हजार ५ सय ४५ रकम विनियोजित गुर्नभएको हो । गाउँ सभामा गाउँपालिकाका अध्यक्ष महोन विक्रम शिहं, उपाध्यक्ष कर्ण रोकाया, निमित्त प्रमुख प्रशासकिय अधिकृत मेगनाथ शाही, स्वास्थ्य सहसंयोजक सुना पांैडेल, विषयगत शाखाका कर्मचारी, सम्पुर्ण वडाका वडाअध्यक्ष, गाउँ कार्यपालिकाका सदश्य, वडासदश्य लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

ताजा समाचार