LIVE FM

बझाङका नागरिक विद्युत र सञ्चारको समस्या झेल्दै ।।

  • BFM
  •    
  • July 24, 2022

प्रताप ओली, जयपृथ्वी एफएम, बझाङ

विद्युतमा हुने अनियमितताका कारण बझाङबासीले सञ्चारदेखि उद्योग र व्यापार व्यवसाय सम्ममा समस्या भोग्दै आएका छन् । २०७५ साल कार्तिक २० गते नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनसँग जोडिएसँगै विद्यूतमा हुने अनियमितताको अन्तय हुने विश्वास बझाङबासीको थियो । विद्युत लाइन विस्तार भएको ४ वर्षै हुनै लाग्दा पनि सेवा भरपर्दो हुन सकिरहेको छैन । अलिकति बादल लाग्ने वा पानी पर्ने वित्तिकै विजुलीको लाइन काटिने गरेको छ । जसका कारण टेलिफोन र इनटरनेट सेवा बन्द हुने गरेको छ । जसका कारण सेवाग्राहीलाई समस्या हुने गरेको जयपृथ्वी नगरपालिका १ कैलाशका शुशिल विष्टको भनाइ छ । टेलिफोन र विद्युत सेवा अत्यावश्यक भएपनि बादल लाग्ने वित्तिकै फोनको नेटवर्क र विद्युत लाइन जाने गरेको छ । वर्षौदेखि एउटै समस्या आइरहेको भएपनि यसको समाधानमा सम्बन्धित निकाय लागेको देखिँदैन । जिल्लाभर रहेका १२ भन्दा बढी टावर सौर्य ऊर्जामा निर्भर छन् । लगातार घाम नलागेको खण्डमा टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ । यसको भरपर्दो वैकल्पिक व्यवस्था नहुँदा स्थानीयले अनावश्यक हैरानी बेहोर्नुपरेको छ । अत्यावश्यक काम परेका बेला र बाढी पहिरोजस्ता विपद्का समयमा सञ्चार सुविधा नहुँदा बझाङका नागरिकले समस्या झेल्नु परेको छ । विद्यूत र सञ्चार सेवा प्रभावकारी नहुँदा खबर आदान प्रदान, व्यापार व्यवसाय तथा उद्योग कलकारखाना चलाउन समेत अफ्ठेरो भइरहेको छ । एक पटक अवरुद्ध भएपछि विद्युत र टेलिफोन सेवा सूरू हुन हप्तौं लाग्ने गरेको छ । जसका कारण बझाङका नागरिक आधारभुत सुविधाबाटै बञ्चित भइरहेका छन् ।

ताजा समाचार

ताजा समाचार