LIVE FM

स्वामीकार्तिक गाउँपालिकामा सिसि क्यामरा जडान

  • BFM
  •    
  • January 15, 2024
सर्मिला राेकाया

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले सिसि क्यामरा जडान गरेको छ । गाउँपालिकाले पालिका परिसरमा हुने गतिविधि निहाल्नका लागि कार्यालयमा आज सिसी क्यामरा जडान गरेको हो । गाउँपालिकाको करिब १ लाख ५० हजार लागतमा सिसी क्यामरा खरीद गरी जडान गरेको निमित्त प्रमूख प्रसाशकिय अधिकृत अमर बहादुर रोकायाले जानकारी दिनुभएको छ । 
 पालिका क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सुरक्षित, व्यवस्थित, कर्मचारीलाई नियमित बनाउन, कार्यालयमा हुने सामानको दुरुपयोगलाई रोक्नका लागि सिसि क्यामरा जडान गरीएको उहाँले बताउनुभयो ।            गाउँपालिकामा पुग्ने सेवाग्राहीको सेवा छिटोछरितो गर्न अर्थात अन्यकाममा अलमलिएर सेवा प्रवाहमा आनाकानी गर्ने कर्मचारीको निगरानी राख्नका लागि पनि सिसि क्यामराले महत्वपुर्ण भुमिका खेल्ने गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभएको छ ।
 सिसि क्यामरा जडानसँगै पालिकामा हुने सेवा प्रवाहमा केही सहज हुने उहाँको अपेक्षा छ । सिसि क्यामरा जडानले काम नगरी सेवा ग्राहीलाई सहजै सेवा प्रदान नगरेर आलटाल गर्ने कर्मचारीको प्रवृत्तिलाई न्युनिकरण हुने अपेक्षा सेवाग्राहीको छ । एक पटक कार्यालयमा उपस्थित भएर हाजिर लगाइ घर फर्किने कर्मचारीको निकरानीका लागि पनि सेवा प्रभावकारी हुने सेवाग्राही नरजंग शाहीले बताउनुभएको छ । उहाँले गाउँपालिकामा कर्मचारी मात्र नभएर चोरी हुन सक्ने जस्ता समस्यालाई मध्यनजर गर्दै जडान गरीएको क्यामराले सेवाग्राहिलाई सहज बताउनुभएको छ ।  
  कतिपय स्थानिय तहमा जनप्रतिनिधि तथा कर्मचारीको निगरानि नहुदा सेवाग्राहिले समयमा सेवा पाउन सकिरहेका छैनन । कर्मचारीले दैनिक कार्यालय समयमा अनिवार्य रुपमा सेवा दिनु पर्ने भए पनि दिन सकिरहेका छैन । कर्मचारी तथा जनप्रतिनिधिको कार्य शैलि प्रति नागरीक पनि असन्तुष्ट छन । कार्यालय समय भित्र हाजिर लगाएर माछा मार्ने क्यारेमवोर्ट खेल्ने र अनावश्यक रुपमा बजार हिडडुल गर्ने जस्ता उदाहरण पनि थुप्रै भेटिन्छन ।       अर्का तिर कतिपय स्थानिय तहमा जनप्रतिनिधि तथा कर्मचारी समयमा उपस्थित नहुदा सेवाग्राहिका काम समेत समयमा हुन सकिरहेका छैन । 
       कार्यालयमा प्रयोजन हुने सामाग्री समेत कर्मचारीले अन्यन्त्र प्रयोग गर्ने, समयमा कार्यालयमा उपस्थित नहुने र सेवाग्राहिका काम प्रति उत्तरदायि नहुने प्रवृतिको निगरानिका लागि र पालिकामा हुने अन्य गतिविधि निहाल्नका लागि पालिकामा पहिलो पटक सिसि क्यामरा सञ्चालनमा ल्याएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत राजन राज रेग्मीले सुनन्दा दैनिकलाई जानकारी दिनुभयो । 
ताजा समाचार

ताजा समाचार