LIVE FM

दादुरा र रुबेला खोप अभियान आजबाट सुरु  

  • BFM
  •    
  • February 26, 2024

बाजुरामा आइतबारदेखि दादुरा रुबेला खोप अभियान सुरु भएको छ । दादुरा रुबेला रोग निवारण खोप अभियान राष्ट्रिय अभियान हो । ९ वटा स्थानीय तह रहेको बाजुरामा स्वास्थ्यकर्मीदेखि खोपसहितको टोली प्रत्येक खोप केन्द्रमा पुगेसँगै खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्लाका एक सय बढी स्वास्थ्य संस्था र खोप केन्द्रबाट खोप सञ्चालन भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए । खोप अभियान दुुई सातासम्म चल्ने छ ।
हरेक चार वर्षको अवधिमा यो अभियान सञ्चालन हुने गरेको छ । स्वास्थ्यकर्मीले प्रत्येक घरमै पुगेर निमन्त्रणा कार्ड नै दिएर खोप सेवामा सहभागि हुन यस अघि नै अनुरोध गरिसकेको चन्दले बताए । खोप ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई लगाइने छ । तीन दिनसम्म तोकिएको स्थान र नभए सम्बन्धितको घरमै पुगेर पनि खोप लगाउने तयारी रहेको चन्दको भनाई छ ।
बाजुराका १३ हजार ९ सय ४२ जना बालबालिकालाई खोप लगाइने भएको छ । त्यसका लागि एक सय ६५ वटा खोप केन्द्र, एक सय ६५ जना स्वास्थ्यकर्मी र २ सय ३० जना स्वयं सेवक खटिएका छन् । एक सय वटा स्वास्थ्य संस्थाबाटै खोप सेवा दिइने भएको छ । एक हजार ५ सय भाइल खोप बाजुराका लागि पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । यस अघिको अभियानमा ९७ प्रतिशत बढी बालबालिकाले खोेप सेवा पाएकोमा यो पटक त्यसलाई समेत बढाउने र सत प्रतिशत लक्ष्य हासिल गर्ने गरि सबै प्रकारको तयारी गरिएको कार्यालय प्रमुख चन्द्रले बताए ।
खोप सेवा लिने बालबालिकाको संख्या सबैभन्दा बढी बुढीगंगा नगरपालिका २ हजार १२ जना, त्रिवेणी नगरपालिका २ हजार १० जना, खप्तड छेडेदह गाउँपालिका २ हजार ९ जना रहेका छन् । यस्तै बुढीनन्दा नगरपालिका १ हजार ९ सय ३६ जना, बडिमालिका नगरपालिका १ हजार ५ सय ९९ जना, स्वामिकात्र्तिक खापर गाउँपालिका १ हजार ३ सय ७१ जना खोप पाउने बालबालिकाको संख्या छ । यसैगरी जगन्नाथ गाउँपालिकामा १ हजार ५४ जना, १ हजार ३१ जना र गौमुलमा ९ सय २० जना बालबालिकाले खोप सेवा पाउने भएका छन् । थप व्यवस्थित र प्रभावकारी बनाउने गरि पालिकादेखि स्वास्थ्य संस्थासँगको छलफल परामर्श र तयारी गरिसकिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

ताजा समाचार

ताजा समाचार