LIVE FM

निर्विकल्प संचार माध्ययम बन्दै रेडियाे

  • BFM
  •    
  • February 16, 2024

बाजुराको बुढीनन्दा नगरपालिका १ कोल्टीका प्रेम अर्याल उमेरले ७२ पुग्नुभयो । हरेक दिन उहाँको दैनिकी रेडियोबाट सुरुवात हुन्छ भने साँझ पनि त्यहि रेडियोबाट ढल्छ । रेडियो आफू जस्ता विकट तथा ग्रामीण क्षेत्रमा बसोवास रहेकाहरुका थुप्रैको साथी मात्रै नभई समस्या समाधानको सारथी पनि भएको महसुस हुन्छ ।

चितवनबाट २०३७ साल असोज महिनामा उहाँ मानव विकास सूचांकमा पुुछारमा रहेको दुर्गम तथा पिछडिएको जिल्ला बाजुराको कोल्टीमा आउनुु भएको थियो । गोर्खा जिल्लामा जन्मिनुभएका उहाँ कोल्टी बसेको ४३ वर्ष भइसक्यो । शिक्षणका क्रममा बाजुरा आउनुु भएकाबेला अहिलेजस्तो यहाँ सूचना तथा सञ्चारका माध्ययमहरु थिएनन् । त्यसबेला बिजुली बत्ति थिएन, फोन थिएन, टेलिभिजन थिएन, सडक थिएन,  सुरुमा बाजुरा आउँदै गर्दा प्रदेश राजधानी धनगढीबाट ११ दिन पैदल हिँडेर कोल्टी पुगेको उहाँले सम्झिनुभयो । त्यस बेलाका दिनहरु सम्झदै अर्याललाई विगत र वर्तमानका दिनहरुबीच आकाश जमीनबीचको फरक रहेजस्तो लाग्छ । कोल्टीमा त बजार केही थिएन, जंगल थियो, त्यति बेलाको अवस्था हेर्ने हो भने परिवर्तन धेरै भएको उहाँले बताउनुभयो ।

२०६० सालतिर कोल्टीमा सिडीएमए प्रविधिको टेलिफोन सुरु भयो । त्यो पनि सार्वजनिक ठाउँमा एक लाइन मात्र थियो । लाइन लागेर पालो कुर्दै एक मिनेटको २० देखि २५ रुपैयाँसम्म तिरेर कुराकानी गर्न पाउने दिनहरु उहाँको सम्झनामा ताजै छन् । पछि स्काई प्रविधिको मोबाइल फोन पुुग्यो । व्यक्तिका हातहातमा मोबाइल हुन थाले ।

२०७४ सालमा स्थानीय रेडियो बुढीनन्दा स्थापना भएपछि कोल्टीका दिन फेरिए । सूचना तथा सञ्चारको पहुुँच विस्तार भयो । यहाँका बासिन्दाका समस्याहरु सार्वजनिक हुन थाले र समाधानका उपायको पनि खोजी हुन थाल्यो । जनउत्तरदायी निकायलाई रेडियामा आएका समस्याहरु समाधान गर्न दबाव सृजना हुन थाल्यो । कोल्टीमा विधुत, टेलिफोन टावर, सडक, बैक,पुुल, खाद्य संकट,शिक्षा,स्वास्थ्य,खानेपानी लगायतका सवालहरु रेडियोका माध्यमबाट जोडतोडले उठ्न थाले । कर्णालीसँग जोडिएको बाजुराको कोल्टी क्षेत्रका सवालहरु जिल्ला र राष्ट्रिय स्तरसम्म पुुग्न थाले । रेडियो बुढीनन्दाले उठाएका थुप्रै सवालहरु राज्यका विभिन्न निकायहरुले सुने अहिले विस्तारै यि र यस्ता थुप्रै सवलहरु सम्बोधन भएका छन्  । यसको ठुलो हिसा रेडियो बुढीनन्दालाई जान्छ अर्यालले भन्नुभयो ।

समय बदलियएको छ । अहिले त देश, परदेशमा गयाका छोराछोरी, आफन्तसँग घरमै बसीबसी भिडियो कल गर्न पायाका छौं, टाढा छन् भन्ने पनि लाग्दैन, आँखै अगाडी देखिन्छन् । जनचेतनाको बद्धि भयो, टेलिफोनका टावर निमार्ण भएपछि इन्टरनेट सुविधा पुुग्यो । यो सबमा रेडियो ठुलो योगदान छ, अर्याल भन्नुु हुन्छ ।

ताजा समाचार

ताजा समाचार