LIVE FM

प्रतिनिधि सभा सदस्यकालागी एकल उम्मेदारमा युवा संघ नेपालका अध्यक्ष शाही सर्वसम्वत सिफारिस ।

  • BFM
  •    
  • August 30, 2022

 बाजुरा- नेकपा एकीकृत समाजबादी बाजुराकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभा सदस्यकाे उम्मेदारमा सर्वसम्वत सिफारिस गरिएकाे छ ।  त्यस्तै जिल्ला कमिटीकाे विस्तारित बैठकले प्रदेश सभा  क्षेत्र न‍‌ (क) मा एकीकृत समाजबादी पाटीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज हिक्मत बहादुर शाही,  नेकपा एकीकृत समाजबादी बाजुराका पाटी सचिव पुर बहादुर रावत र युवासंघ नेपालका केन्द्रीय उपमहासचिव धर्म बहादुर शाहीलाई सिफारिस गरेकाे छ । भने प्रदेश निर्वाचन क्षेत्र नं (ख) कालागि पाटिका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गगन रावल र मन्देवि साउद खड्कालाई सिफारी गरेकाे छ । त्यस्तै संघकाे समानुपातिक तर्फ पाटीका नेता काँशि नेपाली दावा गुरूङ्ग भाेटे र सत्य खड्का थापालाई सर्वसम्वत सिफारिस गरिएकाे छ । त्यस्तै प्रदेश समनुपातिक तर्फ अमृता रावल बाेहाेरा र सतल कामी विकलाई सिफारीस गरेकाे हाे ।

 नेकपा एकीकृत समाजबादि बाजुराका अध्यक्ष गगन रावलकाे अध्यक्षतामा बसेकाे बैठकले स्थानिय चुनावकाे समिक्षा अपानि कार्यन्वय आगामि मंसिर ४ गते हुने प्रदेश र संघकाे चुनावकाे पुर्वतयारी, उम्मेदार सिफारी लगाएतका विभिन्न निर्णय गरेकाे छ । जिल्ला अध्यक्ष रावलकाे अध्यक्षतामा संचालन भएकाे बैठककाे नेकपा एकीकृत समाजबादिका केन्द्रीय सदस्य हिक्मत बहादुर शाही प्रमुख अतिथि रहनुभएकाे थियाे भने त्यस्तै पाटीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाही विशिष्ट अतिथि रहनुभएकाे थियाे । बैठकमा केन्द्रिय परिसद सदस्य काँशी नेपाली, प्रदेश कमिटी सदस्य नबराज जैशी र किट्टाे लुवार पाटी सचिव पुर्ण बहादुर रावत उपसचिव नीर बहादुर शाही लगाएत नेता अतिथि रहनुभएकाे थियाे । कार्यालय सचिव दिर्ध राज पाध्यायले संचालन गर्नुभएकाे बैठकमा नाैं वटै स्थानिय तहका पाटी ईन्चार्ज हरूले स्थानिय तहकाे चुनाव पाटीकाे हाल सम्मकाे अबस्था पाटीले संचालन गरेका गतिविधिहरूकाे समीक्षा सहित रिपाेर्टिङ गरिएकाे थियाे । बैठकले आज प्रदेश र संघकाे उम्मेदार सिफारिसकाे टुङ्गाे लगाएकाे पाटीका सचिवालय सदस्य अनिल शाहीले जानकारी दिनु भएकाे छ । त्यस्तै अधिकाँस बक्ताहरुले स्थानिय निर्बाचनमा गठबन्धन प्रभावकारी नभएकाे भन्दै आगामि मंशिर ४ गते हुने निर्वाचनमा गठबन्धनकाे भर पर्नु भन्दापनि आफ्नाे तयारी गर्न नेता कार्यकर्तालाई शुभःाप  दिएका छन ।  नेताहरुले चुनावबमा कसैलाई जिताउने हराउने भन्दापनि आफ्नाे पाटीका उम्मेदारलाई कसरी जिताउने भन्ने तर्फ ध्यानदिनु पर्ने भन्दै नेता कार्य कर्तालाई निर्देशन दिएका छन । बैठक  बेलुका ९ बजे सम्म सञ्चालन भएको थियाे ।  बैठकलाई  स्थगित  गर्दै भाेली बिहान पुन: ७ वजे बैठक आह्वान  गरिएको छ।

ताजा समाचार