LIVE FM

बाजुरामा चामलका लागि हानथाप

  • BFM
  •    
  • February 26, 2024


मार्तडी
बाजुरा सदरमुकाम मार्तडीस्थित खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेको गोदाम आइतबार एक दिनका लागि खुलेपछि मोटा चामल किन्न आएकाहरुको भीड अनियन्त्रित हुन पुुगेको छ । भीड व्यवस्थित गर्न सुरक्षाकर्मी परिचालन गर्नु पर्ने अवस्था आएको छ ।
गएको भदौ महिनादेखि मार्तडीमा मोटा चामल वितरण भएको थिएन । तीन सय क्वीन्टल चामल आएपछि लिमिटेडले आइतबार बिक्रि गर्न गोदाम खोलेको थियो । तीन सय क्वीन्टल एक दिनमै सकिएको लिमिटेडको बाजुरा शाखाका प्रमुख उमेश भण्डारीले बताए । उनका अनुसार भीड नियन्त्रण बाहिर जाने अवस्था भएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरिएको थियो ।
खाद्य लिमिटेडले बिक्रि गर्ने मोटा चामल बजारको भन्दा केही सस्तो भएकाले बाजुरामा उक्त चामलको अत्याधिक माग हुुन्छ । मोटा चामल खाद्यबाट ५९ रुपैया प्रतिकिलो पर्दछ भने बजार मूल्य त्यो भन्दा केही महंगो रहेको स्थानीय बासिन्दाहरु बताउँछन् । खाद्य संकटको जोखिम र क्रयशक्ति न्यून रहेको बाजुरामा माग अनुसार लिमिटेडले चामल उपलब्ध गराउन सकेको छैन । वार्षिक १० हजार क्वीन्टल माग गरिएको शाखा कार्यालयका कर्मचारीहरु बताउँछन् । उनीहरुका अनुसार कति आउँछ भन्ने टुंगो छैन ।
आइबार बिक्रि भएको चामल मार्तडीका स्थानीय र सदरमुकाममा अध्ययनरत विद्यार्थीहरुले मात्र किन्ने मौका पाएका थिए । एक जनालाई २५ किलो मात्र वितरण गरिएको थियो । आइतबार झण्डै एक हजार जनाले चामल खरिद गरेको शाखा कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा मार्तडी शाखाबाट ५ सय ७९ क्वीन्टल मात्र मोटा चामल बिक्रि भएको जनाइएको छ ।

ताजा समाचार

ताजा समाचार