LIVE FM

पशु चौपायामा रोग देखन थालेपछि किसान चिन्तीत ।।

  • BFM
  •    
  • August 16, 2022

जीवन कुमार कैला, बाजुरा

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ को देउलीकोटमा रहेका स्थानियका पशुचौपायामा चरचरे र भ्यागुत्ते रोग देखा देखा पर्न थालेको छ । करिब १ महिना देखि देउलीकोटका स्थानियका पशु चांैपायमा सो रोग देखा पर्न थालेको हो । स्थानिय रनबहादुर कार्की, राजबहादुर कार्की, खडक कार्की र जयरुप शार्की लगायतका स्थानियका घरपालुवा पशुचांैपायमा विभिन्न रोग देखा परी विरामी पर्न थाले पछि स्थानिय चिन्तीत भएका छन ।

स्थानियका गाईगोरुमा रयाल चुहाउने, स्याँस्याँ गर्ने, पाटा सुनिने, खरिटा आउने र वेहोस भई ढल्ने जस्ता समस्या देखिने र सोहि लक्षणका कारण कतिपय पशुचाैपाया मर्ने समेत गरेका स्थानीय रनबहादुर कार्कीले जानकारी दिनुभएको छ । लामो समय देखि पशुचौयापामा समस्या देखिएकाले नगरपालिकाले आवश्यक सहयोग गरी पशु चिकित्सक खटाइ उपचार लागि सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ । पशु शाखा कोल्टीले भने उक्त रोग मांैषमि रोग भएको र अहिले प्रया सबै ठाउँमा देखा परेको जनाएको छ । पशु शाखा कार्यालय कोल्टीका नायव प्राविधिक सहायक भरत जोशीले सोहि रोगका कारण पशु चांैपाया विरामी परेका खवर पाएको बताउनुभयो । बुढीनन्दा नगरपालिका वडा नं एक, दुई, पाचँ र ६ मा विशेष गरी यो रोग देखा परेको र वडा नं पाचँमा उपचार समेत सुरु गरीएको उहाँले बताउनुभयो । कर्मचारी अभावका कारण एकै पटक सबै ठाउँमा उपचार गर्न सम्भव नभएको बताउदै जोशीले आलो पालो मिलायर रोग देखा परेका सवै स्थानिय पशु चांैपायको उपचार गरीने जानकारी दिनुभएको छ ।

ताजा समाचार

ताजा समाचार