LIVE FM

स्वामीकार्तिक खापर गाउँपालिकाद्धारा स्थानिय उत्पादनको मुल्य निर्धारण ।

  • BFM
  •    
  • June 26, 2023

जीवन कैला, रेडियो बुढीनन्दा बाजुरा ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले गाउँपालिकामा उत्पादित रैथाले बालि देखि स्थानिय उत्पादनको मुल्य निर्धारण गरेको छ । गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०–८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले पालिका भित्रका विभिन्न ठाउँमा उत्पादन हुने रैथाले बालि र स्थानिय उत्पादनलाई जोड दिन मुल्य निर्धारण गरीएको बताउनुभएको छ । स्वामीकार्तिक खापर विकाशको आधार, शिक्षा, स्वास्थ्य, कृर्षि र पर्यटन, पुर्वाधार भन्ने मुल नारालाई आत्मसाथ गर्दै गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको निति, कार्यक्रममा दर निर्धारण गरीएको छ ।
गाउँपालिकाको दोश्रो गाउँ सभा तथा १२ औ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष रोकायाले पालिकामा उत्पादन हुने रैथाने बालि, जडिवुटी, खाद्य पदार्थ, फलफुल, तरकारी, घरेलु तथा पशुपंक्षि जन्य उत्पादित वस्तुको दररेट निर्धारण गरीएको निति तथा कार्यक्रम मार्फत उल्लेख गरीएको बताउनुभयो ।

गाउँ सभामा पालिकाले १३ वटा विद्ययक पारीत गर्दै आन्तरीक सम्पति तथा पालिका भित्र विभिन्न पेशा ब्यवसाय सञ्चालन गर्न सजिलो होस भन्नका लागि कर निर्धारण गरीएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्ष २०८० श्रावण देखि लागु हुने गरी कर निर्धारण गरीएको पालिकाका अध्यक्ष रोकायाले बताउनुभयो । सम्पति, भुमी, घरवहाल, ब्यवसाय, जडिवुटी, सवारी, विज्ञापन, मनोरञ्जन, पार्किङ्ग, ट्रकिङ्ग, कायोकिट, क्यानेईङ्ग, बन्जीजम्पीङ्ग, जीपफ्यालर, रयाफ्टीङ्ग र सेवा शुल्क लगायतमा कर निर्धारण गरीएको उहाँले बताउनुभयो । पालिका तथा वडा कार्यालयबाट प्रदान हुने सिफारीस पत्र सहित खोला किनारमा अवैधानिक रुपले उत्खनन हुने वालुवा गिट्टी, ब्यवसाय दर्ता तथा सञ्चालन र पखो तथा सिचाई जमिनको पनि मुल्य निर्धारण गरीएको छ ।
२४ प्रकारका जडिवुटी, आठ प्रकारका सवारी साधान, ४३ प्रकारका सिफारीस पत्र, २६ प्रकारका विभिन्न उद्योग ब्यवसाय, स्वदेशी र वैदेशिक प्रयोजन, वंैक तथा वित्तिय संस्था सिफारीस दस्तुर, पशु सेवा शुल्क, सामुदायिक वन दर्ता सिफारीस शुल्क, मनोरञ्जन शुल्क लगायतमा छुट्टा छुट्टै मुल्य निर्धारण गरीएको उहाँले बताउनुभयो ।अध्यक्ष रोकायाका अनुसार स्थानिय उत्पादित खाद्य पदार्थ र अन्य उत्पादित वस्तुको दररेट तोकिएको छ । जसमा चामलको प्रति केजी, ६०, गहुँको प्रतिकेजी, ३५, कोदो र जौ प्रति केजी २५÷२५ रुपैयाँ, मकै २०, कागुनो ३०, फापर ४०, चिनो २५, सिमि ११०, मास १३०, मसुरो र भटमास ५०÷५०, गहत १००, जनेलो २५ र मार्सेको प्रति केजी १०० मुल्य तोकिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकायाले बताउनुभयो ।
त्यस्तै फलफुल तर्फ स्याउ ग्रेडिङ्ग गरेको प्रति केजी ५० र नगरेको ४०, केरा दर्जनको ५० र ओखर प्रति वटा २ रुपैयाँ तोकिएको छ । त्यस्तै तरकारी तर्फ आलु प्रति केजी ३०, प्याज ५०, टमाटर ४०, लसुन १००, हरीयो खर्सानी १००, खुर्सानी सुकेको ६००, हल्दी ९०, चिया १५, अदुवा १२०, फर्सि, मुला र भान्टा २५÷२५, गाजँर ४० र हल्दी सकेको प्रति केजी ३०० रुपैयाँ मुल्य निर्धारण गरीएको रोकायाले बताउनुभयो ।
त्यस्तै पशुपंक्षि तर्फ खसिको मासु प्रति केजी ७००, कुखुरको मासु ५५०, भेडाको मासु, ७५०, लोकल कुखुरा ६५०, माछा ५००, घिउ १ हजार, मह १ हजार २ सय, दुध र दहि प्रति लिटर ५०÷५० रुपैयाँ निर्धारण गरीएको अध्यक्ष रोकायाको भनाई छ । त्यस्तै घरेलु उत्पादित तर्फ राडि प्रति वटाको ६,०००, लिउ ५५००, फेरुवा ५,०००, डोको ४५०, खारे ५००, छाप्री टोकरी १५०, सुपो २५०, हलो १,५०० सय र भड्यौन्याको ५०० मुल्य निर्धारण गरीएको छ । रयाफ्टीङ्गमा धुलाचौर देखि पीलुचौर सम्म विद्यार्थीलाई एक सय र कैलाश ताल सम्म ५० रुपैया तोकिएको छ भने आन्तरीक पर्यटकका लागि सम्म ५ सय र दुई सय तोकिएको छ ।

त्यस्तै वाह्य पर्यटकका लागि पीलुचौर देखि धुलाचौर सम्म २५ र कैलाश ताल सम्म १५ डलर निर्धारण गरीएको उहाँले बताउनुभयो । यस अघि पालिकामा उत्पादित भएका रैथाने बालि तथा घरेलु उत्पादित वस्तुको मुल्य निर्धारण नहुदा उपभोक्ताले मनोमानित मुल्यमा विक्रि वितरण गर्ने गरेका र अधिकासं उत्पादित बजार समस्याका कारण खेर जाने आवस्था रहीआएको थियो । गाउँपालिकाले मुल्य निर्धारण गरे पश्चात विक्रि वितरण तथा उत्पादनमा सहज भएको स्थानियको अपेक्षा छ । जिल्लाका नौ वटा स्थानिय तह मध्य स्वामीकार्तिक खापर गाउँपालिका स्थानिय उत्पादित वस्तुको मुल्य निर्धारण गर्नेमा जिल्लाकै पहिलो बनेको छ।

ताजा समाचार

ताजा समाचार