LIVE FM

ऋणी नाथले लगाएको आरोप सत्यता नभएको अध्यक्ष शाहीद्धारा खण्डन ।

  • BFM
  •    
  • July 30, 2023

जिल्ला सदरमुकाम मार्तडीमा संचालित नवजीवन बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना विरुद्ध छापिएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गत साउन १२ गते सुदुर संसार डटकम नामक अनलाइन मिडीयाबाट सहकारीका अध्यक्ष महेश शाहीलाई कारवाहीको माग गर्दै दिएको निवेदनको सुनुवाई भएन भन्ने शिर्षकको समाचार छापिए पछि गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । सहकारी संस्थाका अध्यक्ष शाहीले एकलौटी ढंगबाट सहकारी चलाउन खोजेको, शेयर सदश्यको जानकारी विना आर्थिक अनियमितता गरेको, आफु निकटका कर्मचारी राखिएको, बाख्रा खरीद गरी आफ्ना नजिककालाई वितरण गरेको भन्ने ऋणी सुरेन्द्र नाथ योगीले लगाएको आरोप सत्यता नभएको अध्यक्ष शाहीले प्रतिक्रिया दिनुभयो ।
उहाँले हाल सम्म कहि कत्तैबाट बाख्रा कार्यक्रमका लागि रकम नआएको र सुदुरपश्चिम प्रदेश सरकारबाट भेडा कार्यक्रमका लागि आएको सात लाख रकमबाट भेडा खरीद गरी वितरण गरीएको बताउनुभयो । शेयर सदश्यको जानकारी विना शहकारीको आर्थिक अनियमितता गरेको भन्ने शेयर सदश्य तथा ऋणी नाथले लगाएको आरोप कपोकल्पीत सत्यता नभएको बताउनुभयो ।
उहाँले प्रदेशबाट आएको रकमबाट प्रदेशको योजना कार्यक्रम कार्यन्वयन कार्यविधि, उपयुक्त स्थानमा सञ्चालकको निर्णय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञे केन्द्रका कर्मचारीद्धारा फिल्ड अध्ययन गरी नियमानुसार मसिना रौ भएका उन्नत जातका भेडा थुमा संस्थाबाट खटिएको टोलीबाट खरीद गरी स्थानिय संस्थाका प्रतिनिधि, लाभग्राही र पालिकाबाट एक दिने तालिम प्रदान गरी पारदर्शिरुपमा वितरण गरीएको अध्यक्ष शाहीद्धारा हस्ताक्षेरीत विज्ञेप्तीमा उल्लखे गरीएको छ ।


यदि आफुले गल्ती गरेको प्र्रमाणित भएमा सजाए भोग्न तयार रहेको बताउदै ब्यक्तिगत स्वार्थका लागि संस्थामा आचँ आउने काम गरीएको र चरित्र हत्या गर्ने दुस्साहा भएको उहाँको वुझाई छ । विना प्रमाण कसैले पनि रिस र रागको आधारमा सहकारी धोस्त गर्ने र ब्यक्तिगत चरीत्र माथि दाग लगाउन खोजिएको आरोप लगाउनुभयो । आफुले गल्ती गरेको कुनै प्रमाण भए सार्वजनिक गर्न आग्रह गर्दै उहाँले प्रमाण भए जति सुकै सजाय भोग्न तयार रहेको बताउनुभयो । निवेदन दर्ता गराउनेहरु आफै धामी आफै बोक्सी भएको पनि समेत उहाँले बताउनुभयो ।


आफु र सहकारी माथि मिथ्या आरोप लगाएर संस्था तथा व्यक्तिको बदनाम गर्न खोजेको दावि गर्दै आफु बिरुद्ध गलत प्रचार गर्न खोजेको उहाँले बताउनुभयो । संस्थाबाट आफुहरुले लिएको ऋण तिर्नु नपरोस र ऋण नतिर्ने सहकारीका सञ्चालक समिती र कर्मचारीहरुलाई गाली गलौज गर्ने लान्छ्ना लागाई ऋण नतिर्ने नियतले एक किसिमको बहाना मात्र रहेको उल्लेख गरीएको छ ।
केही अमुख मान्छेहरुले सहकारीलाई बदनाम गर्ने उदेश्यले यस्ता हर्कद गरेको र संस्थाबाट ऋण लिइसकेपछि नतिर्ने, ऋणको साँवा, ब्याज, हर्जना तिर्नका लागि संस्थालाई सिध्याउन खोज्ने कर्मचारी र सञ्चालकलाई धम्काउन संस्था विरुद्ध लाग्ने गतिविधी गरेको विज्ञप्ती मार्फत जनाइएको छ । अध्यक्षले २०७९ फागुनबाट संस्थागत हितका लागि कुनै किसिमको सेवा सुविधा नलिएको, अध्यक्षको नाममा बेरुजु फच्छर्यौट हुन बाँकी नरहेको बताइएको छ ।


निवेदक सुरेन्द्र नाथ योगीले २०७८ कार्तिक ७ गते छ लाख ऋण लिएको २०७९ बैशाख ७ गते तिर्ने भनेर लिएको रकम भुक्तानीको लागि बारम्बार संस्थाले ऋण तिर्न तोकता गर्दा समेत सञ्चालक र कर्मचारीलाई धम्काउने गाली गलौज बेइजती गर्ने लगायतका हर्कत गरेको अध्यक्ष शाहीले बताउनुभयो । २०७९ फागुन २९ गते छ लाखको ग्लोवल आए.एम.इ बैंकको चेक दिएको र ३ पटक सम्म सहकारीबाट चेक साट्न जाँदा खातामा रकम जम्मा नगरेर ३ नै पटक चेक वाउन्स र २०८० असार १२ गते चेक कालोसुचीमा हाल्ने सहकारीको निर्णय पछि नाथले आटिचौरका केही वचतकर्ता लिएर जिल्ला प्रशासनमा चेक र्फिता पाउँ भनि उजुरी दिएको बताउनुभयो । उहाँले सहकारीमा ताला लगाउन र आक्रमण गर्ने धम्की दिएको बताउनुभयो ।


असार ३० गते सम्म १८ दिनको म्याद थप गरी ऋण तिर्ने सहमती गरेको उक्त समयसीमा सम्म पनि ऋण नतिरे पछि चेक बाउन्स भयो भनेर कालोसुचीमा नराखी उहाँलाई अप्ठेरो नपार्दा पनि उल्टै संस्थाका विरुद्ध लागेको बताउनुभयो । त्यस्तै सन्तोष नाथ र रिता गिरी नाथ श्रीमान श्रीमतीले मार्तडी घर किन्ने भनेर २०७७ मंसिर ४ गते दस लाख ऋण २०७८ मंसिर ४ गते तिर्ने भाखा राखी लिएको र हालसम्म साँवाब्याज र हर्जना गरी तेह् लाख चौहत्तर हजार आठ सय बीस रुपैयाँ पैसठ्ठी पैसा पुग्दा पनि नतिरेकाले यस्तो आरोप लगाएको जनाइएको छ । शेयर सदस्यहरुले यस्ता भ्रममा नपरी बचत र शेयर प्रति संस्था पुर्ण जवाफदेही रहेको पनि अध्यक्ष शाहीद्धारा हस्ताक्षरीत विज्ञेप्तीमा उल्लेख छ ।

ताजा समाचार

ताजा समाचार