LIVE FM

भू–स्वर्ग बडिमालिका जात्रा सुरु
“बडिमालिका पुग्नेलाई सधैं स्मरण, नपुग्नेलाई पश्चाताप”

  • BFM
  •    
  • August 3, 2022

दयाराम पण्डित

धार्मिक एबं पर्यटकीय दुष्टीकोणले अत्यन्त मनोरम देवभूमी बडिमालिका तिर्थाटन मेला साउन शुक्ल प्रतिपदा देखि शुरु भएको हो । दिपायल दिल्पेश्वरबाट धानका भ्रुणी तथा पूजा सामाग्री पेटारो बोकेर डोटी गौंणाको (जिल्ला) सरकारी पूजा टोलीले गत शुक्रबार देखि बडिमालिका यात्रा शुरुगरेको हो । उक्त टोलीले पन्ध्र दिन अगाडि नै बडीमालिका पूजाका लागि डोटीबाट हिड्नु पर्ने धार्मिक प्रम्परा छ ।


“सरकारी पूजा टोलीलाई नेपाली सेनाले (गोर्खाली) डोटीको टुँडीखेलमा २९ तोपको सलामी दिएर बडीमालिका पूजागर्न पठाउने प्रम्परागत बेििद्धकविधी अनुसारनै शुक्रवार देखि गोर्खाली टोलीले यात्रा तयगरेका हन् ।” बडीमालिकाका मुख्य पूजारी नेत्रराज पाध्यायले नेपाल समाचारपत्रसंग बताउनुुभयो । तत्कालिन बडामहाराजधिराज पृथ्वीनारायण शाहको पालादेखि
सेती महाकालीबाट गोर्खाली टोलीले बडीमालिका देबिीको भाकलका लागि सुनको जनैं दिपायलका धानका भु्रणी, अछाम बैजयनाथका अक्षता चढाउने प्रचलन थियो । त्यस्तै कर्णाली राज्यबाट अक्षेता , भु्रणी चाँदीको छत्र र विनायो पठाउने प्रचलन अनुसार जुम्लाबाट सात दिन अगाडी सरकारी टोली बडीमालिका पठाउने निरन्तरता कायम रहेको पूजारी पाध्यायले जानकारी दिनुभयो ।


“ पशिचम नुवाकोट , सिंजा र ,डोटी राज्य जितेर देश एकिकरण गर्नका लागि गुरु गोरखनाथले पृथ्वीनाराण शाहलाई मलयागिरी पर्वतमा रहेकी बडिमालिका देवीको पुजा गर्न पठाएको लोकोक्ती छ। बडीमालिकाको पूजा पश्चात तत्कालिन बडामहाराजधिराज पृथ्वीनारायण शाह राज्य एकिकरणमा सफल भएको मान्यता छ । ” पुजारी पाध्यायले भन्नुभयो । १७८०को दशक देखि नै सरकारी टोलिबाट वर्षमा दुईपटक बडीमालिका देबीको पूजा गर्ने प्रचलन रहेको पुजारी पाध्यायको भनाई छ । गंगादशहरामा नेपाली सेनाले पूजा गर्छन् भने साउन शुक्ल चतुदर्शीमा सरकारी टोलीले बडिमालिकाको पुजा गर्छन् । ,बडीमालिकाको विशेष पुजागर्न बाजुरा, डोटी, कालकोट र जुम्लाबाट वर्षेनी सरकारी टोली बडीमालिका पुग्ने गर्छन् ।
विशेषगरी अन्न, धन र सन्तानका लागि बडीमालिका देबीको भाकल गर्छन र भाकल गरेअनुसार भक्तजन एकचित्त भएर गए देबीले भाकल पुरा गरीदिएकी छन्, मलाई अनुभव छ पूजारी पाध्यायले भन्नुभयो । वर्षमा एकपटक लाग्ने उक्त जाँत्रामा आठ देखि १० हजार भक्तालुश्रद्धालुजन हुन्छन् । पछिल्लो समयमा तिर्थलु बढ्दै गएको सहपूजारी भानुभक्त पाध्यायले भन्नुभयो ।

२२ पाटन पाँचवटा पर्वत रहेको अत्यन्त रमणीय भू–स्वर्ग बडीमालिका पुग्न डोटी र जुम्लाबाट पञ्चपुरी पाटन हुंदै बडीमालिका पुग्ने प्रचलन छ । बडीमालिका मुख्यप्रवेश द्वार बाजुराको सदरमुकाम मार्तडीनै हो । मार्तडीबाट यात्रा तयगरे बडीमालिकाको परिक्रमा हुने भक्तजनको विश्वास रहेको छ। यद्येपी बाजुराको त्रिबेणी नाटेश्वरी, बडीमालिकाकाको बुढाकोर्ध, बुढिनन्दाको पोरखेगढी, जगन्नाथको कालापाटन , कालिकोटको सान्नीराष्कोट र अछाम बाट पनि बडीमालिका दर्शन गर्न जाने प्रचलन छ । यता मार्तडीबाट भने तिन दिनको पैदल यात्रा तयगर्नुपर्छ । मार्तडीबाट फुलचढाउना घोडापाटन,लौरीविनायक, २२ पाटनको मनोरोम दृष्य अवलोकन गर्न सकिन्छ । घोडापाटनबाट पछिल्लो दिन त्रिबेणी धामका अति रमणीय प्राकृतिक फांटहरु कागबेनी खेतीवेतीको दृष्यालोकनले तिर्थालुको मन लोभयाउँछन् । त्रिबेणी पुगेर रातभर जाग्राम बस्ने भजनकृतन गर्ने भोलिपल्ट विहान स्नानध्यान गरी बडीमालिकाको भजनकृतन जय जयकार गर्दै १४ हजार फिट उचाईमा अवस्थित बडीमालिका माताको दर्शन गर्न भक्तालुजन बरमाग्ने डांडा हुंदै मालिका चुचुरोमा पग्छन् । एक रात मालिका चुचुरोका बास संगै पुजाआराधान गरिन्छ । भोलिपल्ट विहानै बडीमालिका देबीको दर्शन संगैं तिलक–तोरन लगाएर विहान ११ बजे सम्म यात्रु फर्किन प्रचनल छ ।
बडीमालिका क्षेत्र धार्मिक हिसावले महत्व त छ नै पर्यटकीय दृष्टकिोणले पनि अत्यन्त मनमोहक छ । बडिमालिका, त्रिबेणी कालापाटन, नाटेश्वरी लगायतकाअत्यन्त मनोरम फांटहरु ।,सयैंंथरीका सुगन्धवाल जडीबुटी, बुकीफुलहरुले मन लोभ्याउछ ।डांफेमुनाल चराचुरुङ्गीको चिरविर कर्णपृय आवजले मन शुसान्त बनेको महशुस हुन्छ । निधारमा लगाएका टिका जस्तै देखिने भेडाका बथान अनि घोडा चौंरी र भैंशीखरक छानाको वासले परमपरागत सांस्कृतिक झल्को दिन्छ ।


पछिल्लो समयमा बडीमालिका नगरपािलकाको पहलमा घोडापाटन सम्म सडक ट्रयाक खुला गरिएको छ । उता त्रिबेणी नगरपालकाले पनि पर्यटन प्रावधनकै लागि मौरे देखि नाटेश्वरी वडिमालिका सम्म सडक सञ्जाल पु–याउन नीति कार्यक्रम तय गरेको त्रिबेणी नगरपािलाका नगरप्रमुख कर्ण बहादुर थापाले जानकारी दिनुभयो । त्रिबेणी नगरपालिकाको आयोजनामा लोक शान्ति र समृद्धीका लागि भन्दै यही साउन २० गते देखि “सप्तचण्डी महायज्ञ” लगाउादै छौं । पावन भुमीमा पुगी बडीमालिकाको दर्शन तथा प्राशदग्रहण गर्न हार्दिक अपिल गर्दछौं नगरप्रमुख थापाले भन्नुभयो ।
बडिमालिका महोत्सव सफल पार्न पछिल्लो समयमा बडीमालिका नगरपालिका लगायत स्थानीय तहबाट पहलकदमी भएको त देखिन्छ । तर,पर्यटन प्रवद्र्धनकै लागि ठोस नीति तथा कार्यक्रम भने देखिदैन ।
तत्कालिन जिल्ला न्याधिश डाक्टर राजेन्द्र कुमार आचार्यले भन्नुभए झैंं “बडीमालिकालाई धार्मिक पर्यटन प्रर्वद्धन गर्नसके बाजुरेलीले बडीमालिकाको फेदिमा बसेर धुप बेचेरपनि मनज्ञे आम्दानी गर्न सक्नेछन् । ” बाजुराका तत्कालिन प्रमुख जिल्ला अधिकारी धनप्रशाद शर्मा पौडेलले भने झैं “स्वर्गको टुक्रा बडीमालिका पुग्नेका लागि सधैं स्मरण योग्य हुनेछ भने बडीमालिका नपुगेकाहरुलाई पश्चाताप हुनेछ । ”
बडीमालिका दर्शन गर्न शास्त्रले कसैलाई अबोरोध गरेको छैन। एकपटक गए फेरी जाउँजांउ लाग्ने देबतुल्य मल्लिकागिरी पर्वतमा एक पटक पुगेकै राम्रो पुजारी पाध्यायको भनाईछ ।
बडीमालिकामा चढाउने भेटी तथा मुर्तीहरु गुठीकै नामम रहेको भेटीले बडीमालिकाको १२है मास पुजामा खर्च चलाईन्छ । भने छत्र, सुन मुर्तीजन्य बस्तु गुठीमा राख्ने गरेको पूजारी पाध्याले बताउनु भयो ।

ताजा समाचार

ताजा समाचार