LIVE FM

एमाले बाजुरा जिल्ला अधिवेशनमा थापाद्धयको शक्ति संघर्ष, अंक गणितमा ओली अगाडी

  • BFM
  •    
  • May 15, 2024

बुढीनन्दाखबर

नेकपा एमाले बाजुराको आठौँ जिल्ला अधिवेशनका लागि भोली चुनाव हुदै छ । नेकपा एमालेको आठौँ जिल्ला अधिवेशनमा अध्यक्ष लगायत विभिन्न पदका लागि सहमति हुन नसके पछि चुनाव हुन लागेको हो । नेकपा एमाले बाजुराको जिल्ला अधिवशेन जेठ १ बाट जिल्ला सदरमुकाम मार्तडीमा सुरु भएको थियो ।
चुनाव जेठ ३ गतेबाट सुरु हुन भएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव लगायतका अन्य पदमा चुनाव हुन लागेको नेकपा एमाले बाजुराले जनाएको छ । स्थायी कमिटी सदस्य कर्णबहादुर थापा प्यानलबाट अध्यक्षमा भरत थापा, उपाध्यक्षमा रामबहादुर वोहरा, सचिवमा जनक विष्ट, उपसचिवमा मेघराज शाही हुनुहुन्छ भने महिला उपसचिवमा टुगाें लाग्न सकिरहेको छैन ।
त्यस्तै केन्द्रिय सदस्य लालबहादुर थापा प्यानलबाट अध्यक्षमा लालबहादुर ओली, उपाध्यक्षमा जनक वोहरा, सचिवमा काशी विक, उपसचिवमा हरी रोकाया र महिला उपसचिवमा राजकला सार्की उम्मेदवार बन्नुभएको छ । अध्यक्ष पदका लागि एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा प्यानलबाट भरत थापा र रंगमान शाहीको चर्चा थियो । स्थायी कमिटी सदस्य थापा प्यानलले शाहीलाई लत्याएर भरत थापालाई चुनावि मैदानमा उतार्ने भएको छ । तर अध्यक्षका उम्मेदार रंगमान शाही एमालेकाे अाफु साझा उम्मेदर भएकाे र बहुमत प्रतिनिधि अाफ्नाे पक्षमा भएकाेले एमालेकाे जिल्ला अध्यक्ष अाफु हुनु पर्ने दावि छ । 
केही दिन अघि सम्म अध्यक्ष पदमा तीनै जनाको चर्चा हुन थाले पनि अन्तिममा चुनावि मैदानमा भने थापा र ओली विच नै प्रतिस्पर्धा हुने देखिएको छ । शिर्ष नेताहरुले सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्ने चाहाना राखे पनि तल्लो तहका नेतामा सहमति जुटन नसके पछि चुनाव हुने भएको हो । अधिवेशनमा कुनै पनि पदमा सहमति जुट्न सकेको छैन ।
पार्टीमा भएको गुट उपगुट तथा आन्तरिक शक्ति संघर्षका कारण सहमति नहुदा अधिवेशन चुनावि प्रक्रियामा गएको हो । मार्तडीमा भएको आन्तरिक छलफलमा सहमति जुट्न नसके पछि अन्तिममा चुनावि प्रक्रियाबाट नेतृत्व चयन हुने भएको एमाले बाजुराले जनाएको छ । थापाद्धय विचको शक्ति संघर्षको तुलना गर्दा अंक गणितमा ओली नै अगाडी देखिएका छन । जिल्लामा स्थायी समिटी सदस्य कर्णबहादुर थापा भन्दा केन्द्रिय सदस्य लालबहादुर थापाको प्रभाव बलियो छ । जसका कारण थापा प्यानलबाट उम्मेदवारी दिएका ओली नै अध्यक्ष पदको बलियो उम्मेदवार भएको केन्द्रिय सदस्य थापा पक्षका नेताहरुको दावि छ ।
केन्द्रमा स्थायी कमिटी सदस्य थापाको प्रभाव वलियो भए पनि जिल्लामा केन्द्रिय सदस्य थापाको वलियो प्रभाव छ । जसले गर्दा अध्यक्षमा थापा प्यानलबाट उम्मेदवारी दिएका ओलीको सम्भावना वलियो देखिएको उनि पक्षका नेताहरुको दावि छ । बाजुराका नौ वटा पालिका मध्य अधिकासं पालिकाका प्रमुख तथा अधिवेशन प्रतिनिधि केन्द्रिय सदस्य थापाको पक्षमा देखिएका छन । चुनाव हुनु अगावै देखिएकोे शक्ति संघर्षले ओली प्यानल जीत नजिक पुगेको ओली पक्षका नेताहरुको दावि छ भने यता भरत थापा पक्षका नेताहरुले पनि आफ्नो प्यानलको जीत हुने दावि गरेका छन ।
जिल्लाका नौ वटा पालिका मध्य गौमुल, जगन्नाथ, हिमाली, खप्तड छेडेदह गाउँपालिका, बुढीनन्दा र बडिमालिका नगरपालिका गरि ६ वटा पालिकाबाट वहमुत प्रतिनिधिहरु ओली पक्षमा देखिएका छन भने त्रिवेणी, बुढीगंगा नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिका गरि तीन पालिकाका प्रतिनिधि भरत थापाको पक्षमा देखिएका छन ।
जिल्लाका नौ वटा स्थानिय तहबाट छनोट भएका ४ सय १४ प्रतिनिधि मध्य १ सय १ जना जिल्ला कमिटी सदस्य, २० वटा जनवर्गिय संगठनका ४० जना र प्रत्यक वडाबाट १ सय १४ जना प्रतिनिधि छन । सल्लाहाकार सदस्यबाट आएका २५ जना प्रतिनिधि भरत थापाले एक लौटी गरेको भन्दै विवाद सृजना भएको छ । सहमतिबाट नेतृत्व चयन हुन सक्ने सम्भावना नभएको भन्दै ओली पक्षले चुनावमा जाने भएको छ । यता थापा प्यानलले भने सहमतिकै आधारमा नेतृत्व टुङ्ग्याउने जोडबल गरिरहेको छ ।

ताजा समाचार

ताजा समाचार