LIVE FM

अदानचुली गाउँपालिकाले योजना अनुगमन तिब्र पार्दै

  • BFM
  •    
  • June 22, 2024

सन्तोष प्रसाद जोशी 

अदान्चुली  गाउँपालिका भित्रका बिनियोजन बजेटमा अनुगमन तिब्र पारिएको छ ।शनिबार दिउँसो गाउँपालिकका विभिन्न  योजना अनुगमन गरिएको हो । समिती संयोजक तथा गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहको  संयोजकत्वमा अनुगमन  तिब्र पारिएको वडा नं ५ का वडाअध्यक्ष कमल छ्त्यालले जानकारी दिनुभएको छ ।

गाउँपालिकामा निर्माण भएका योजनाहरुमा वडा नं ५ को निर्माणाधिन अबस्थामा रहेको वडा कार्यालयको भबन ,सल्लघारी माध्यामिक बिध्यालयकोको फिल्ड निर्माण र घेरवार त्यस्तै वडा नं ५ को  मालु ओडार भिरको चट्टान कटान र वडा नं ६ को कालागाड लमै पाल्स सम्म जाने सडक लगायत थुप्रै बिकासका आयोजनाहरुको  अनुगमन गरिएको अध्यक्ष छत्यालले बताउनुभएको छ। गाउँपालिकाका ,प्रदेश र संघका बजेटमा के कति र कस्ता खालका काम भैरहेका छ्न भन्ने बारे पनि अनुगमन गरेको उहाँले बताउनुभयो ।

बिकासका योजनामा तिब्रता छ , ढिला सुस्ती यथाबत कुरामा अनुगमन गरि निर्माण योजनाका के कस्ता बेथिती छ्न ।यस्ता खालका समस्यालाई समाधान गर्न अनुगम गर्नुपर्ने र कहिँ कसैले बेथिति गरेको भए कारबाहीको दायरामा ल्याउने समेत संयोजक तथा अनुगमन समिती संयोजक शिहले बताउनुभयो ।अनुगमनमा गाउँपालिका अध्यक्ष मोहन बिक्रम शिह ,प्रमुख प्रशासकीय अधिकृत हंस महतारा,वडा नं ५ का वडा अध्यक्ष कमल बहादुर छत्याल लगायतको टोलिले अनुगमन गरेको हो ।

ताजा समाचार

ताजा समाचार