LIVE FM

म्याग्दीमा पहिराेले घर बगाउँदा दुई जनाकाे ज्यान गयाे, तीन जना बेपत्ता

  • BFM
  •    
  • August 2, 2022

म्याग्दी

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिराेले घर बगाउँदा दुुई जनाको ज्यान गएकाे छ । तीन जना बेपत्ता भएका छन् ।

आज बिहान घामबहादुर विक र गोठे विकको घर पहिराेले बगाएकाे हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।
 
गोठे र उहाँकी श्रीमती गोरी विक पहिराेमा परेर घाइते भएका छन् । घामबहादुर, उहाँकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेकाे जानकारी दिनुभयो । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।
 

ताजा समाचार