LIVE FM

यी हुन् सबभन्दा धेरै इन्स्टाग्राम फलोअर्स भएका नेपाली

  • BFM
  •    
  • July 27, 2022

तपाईंलाई इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने नेपाली को हुन् जस्तो लाग्छ?

हालै फ्याक्ट्स नेपालले सार्वजनिक गरेको तथ्यअनुसार नेपालमा इन्स्टाग्राममा सबभन्दा बढी फलोअर्स अभिनेत्री तथा मोडल अदिती बुढाथोकीको छ।

अदितीको इन्स्टाग्राममा २१ लाख फलोअर्स छन्। ‘कृ’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी अदिती भारतीय मोडल पनि हुन्। उनले केही भारतीय म्युजिक भिडिओमा अभिनय गरिसकेकी छन्।

मुम्बईमा बस्दै आएकी अदिती आगामी फिल्म ‘बाबरी’को प्रदर्शनको पखाईमा छिन्। भदौ ३१ गतेदेखि प्रदर्शन हुने फिल्ममा अदितीसँगै धिरज मगर र भारतीय अभिनेता धिरज नाडकरको मुख्य भूमिका छ।

त्यस्तै निर्मल पुर्जा ‘निम्स दाइ’ दोस्रो स्थानमा छन्। उनको इन्स्टाग्राममा २० लाख फलोअर्स छन्। पुर्जा एक कीर्तिमानी हिमाल आरोही हुन्।

उनले ७ महिनाभन्दा कम समयमा ८ हजार मिटरभन्दा अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण गरेका थिए।

तेस्रो स्थानमा ‘रुटिन अफ नेपाल बन्द’को पेज रहेको छ। ‘रुटिन अफ नेपाल बन्द’को इन्स्टाग्राममा ११ लाख फलोअर्स छन्।

पूर्वमिस नेपाल श्रृंखला खतिवडा, अभिनेत्री मनिषा कोइराला, प्रियंका कार्की र स्वस्तिमा खड्का पनि इन्स्टाग्राममा धेरै फलोअर्स हुने सेलिब्रेटीमा पर्छन्। उनीहरूको इन्स्टाग्राममा १०-१० लाख फलोअर्स छन्।

ताजा समाचार

ताजा समाचार