LIVE FM

हिमालिकाे नीति तथा कार्यक्रम सार्वजनिक औधोगिकरण सुशासनमा केन्द्रित

  • BFM
  •    
  • June 24, 2024

सन्ताेष जैशी

आर्थिक बर्ष २०८१/८२ को लागि बाजुराको हिमाली गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।स्वास्थ शिक्षा कृषि जडिबुटी पर्यटन र पुर्बाधार औधोगिकरण सुशासन समृद्धि हिमालिको आधार भन्ने मुल नाराका साथ दोश्रो गाउँ सभा तथा १४ औं अधिबेशन आईतवार देखि सुरु भएको छ । गाउँ सभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष तथा सभाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।आजको लगानी बोट,भोलिको प्रतिफल नोट भन्ने नाराका साथ हिमाली गाँउपालिकाले संचालन गर्दै आएको खाध्य सुरक्षाका लागि बृक्षारोपण कार्यक्रम मार्फत उपलब्ध गराउदै आएको र खाध्यान्नको सट्टा फलफुल उत्पादनमा ढुवानीमा बजारिकरणमा अनुदानको ब्यबस्था मिलाईने बताउनुभयो ।

आर्थिक विकास तर्फ कृषकहरुलाई व्यवसाय अनुसारको अनुदान उपलब्ध गराईने बताउनुभयो । एक घर, एक टनेल हाउस उपलब्ध गराईने, कृषि बाली बिमा निःशुल्क गराईने, पालिका स्तरमा कृषि संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरी सञ्चालन गरिने भएको छ । बोर्ता गाउँ बोल्डिक बच्छ्या जोखिम बस्तिलाई उद्दार गर्न बजेट ब्यबस्थापन गरिने उहाँले बताउनुभयो ।बालबालिकाकालाई पोषण सम्बन्धि ब्यबस्था मिलाईने उहाँले बताउनुभयो ।आन्तरिक र बाह्य पर्यटनलाई प्राथमिकता दिने बताउनुभयो ।समाजमा परम्परागत देखि मनाउदै आएका धार्मिक तथा साँस्कृतिक चाडपर्वहरु मनाउन आवस्यक बजेटको प्रबन्ध मिलाईने बताउनुभयो ।
स्थानिय बाजाको संरक्षण र परम्परागत पोशाकका लागि आवश्यक बजेटको ब्यबस्था गरिने समेत बताउनुभयो ।घरभित्रको धुवालाई कम गर्न सुधारिएको चुलो जडान कार्यलाई अभियानको रुपमा संचालन गरिने बताउनुभयो ।त्यस्तै हिमाली गाउँपालिकालाई हरियाली बढाऔं खडेरीबाट मुक्त होऔं भन्ने मुल नारालाई आत्मसात गरि बजेट छुट्याउने बताउनुभयो । कर्मचारी र जनप्रतिनिधिको क्षमता बिकासका लागि समय सापेक्ष तालिम संचालन गरि कार्य क्षमताका आधारमा पुरुस्कृत र दण्डको ब्यबस्था गरिने उहाँले बताउनुभयो ।जगन्नाथ गाउँपालिकाको आर्थिक, भौतिक र शैक्षिक क्षेत्रको बिकासका लागि नेपाल सरकार, रास्ट्रीय तथा अन्तरास्ट्रिय गैरसरकारी संघसंस्था र दातृ निकायसंग समन्वय गरिने बताउनुभयो ।
रैथाने बालिलाई संरक्षण गर्दै आफुलाई चाहिने बीउ आफै उत्पादन गर्ने जसमा रैथाने बालीहरु फापर,चिनो, कागुनो, मार्स्या लगायत अन्य बालिलाई उत्पादनका कार्यक्रम ल्याईने बताउनुभयो ।
उन्नत जातका गाई भैंसी बाख्रा भेडा च्याङग्रा मत्स्यपालन ब्यबसायमा आत्मनिर्भर बनाउने बताउनुभयो ।घुम्ती सिबिर सन्चालन गर्ने उहाँले बताउनुभयो ।हिमाली गाउँपालिकाको पाडिलाई छुट्टै वडा बनाउने उहाँले बताउनुभयो ।राजस्व संकलन गर्न सफ्टवेयर र प्रत्येक वडा कार्यालयमा ईन्टरनेटको सुबिधा उपलब्ध गराउने उहाँले बताउनुभयो ।मर्यादा पालन सम्बन्धि विबिध विषयमा कडा नियम बनाईने उहाँले बताउनुभयो ।राजस्व परिचालन तर्फ कर प्रणालीलाई राजस्व वृद्धि गर्नका लागि करदाता शिक्षा लगायत जनचेतना मुलक क्रियाकलाप सन्चालन गरिने बताउनुभयो ।जडिबुटी उत्पादन, संकलन र प्रशोधनका साथै बजारीकरणको ब्यबस्था गरि राजस्वमा वृद्धि गराउने बताउनुभयो ।
गाउँपालिका क्षेत्रभित्र उत्खनन हुने बालुवा , गिट्टी लगायत अन्य प्राकृतिक श्रोतको राजस्व दर निर्धारण गरि राजस्व संकलन कार्यमा प्रभाबकारी बनाईने बताउनुभयो ।सुरक्षा निकाय र वन उपभोक्ता समितीसंग समन्वय गरि राजस्व संकलन गर्न कर्मचारी तथा स्थानीय तथा स्थानिय स्वयंसेवक परिचालन गर्ने ब्यबस्था मिलाईने बताउनुभयो ।उन मिसनका लागि भेडा प्रबर्द्धन कार्यक्रम बाख्राको साना ब्यबसाय उत्पादन पकेट बिकास कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।शिक्षा तर्फ गुणस्तरीय शिक्षा र प्रबिधिमा आधारित शिक्षा बिकासका लागी सबै सामुदायिक बिध्यालयहरुमा ईन्टरनेट सेवा उपलब्ध गराई डिजिटल शिक्षामा जोड दिने गरि बजेट ब्यबस्थापन गरिने उहाँले बताउनुभयो ।ईडिएफ तथा बिध्यालयका सम्पुर्ण शिक्षकहरुको क्षमता बिकासका लागि मेन्टरिङ सुपरिवेक्षण र पुनर्ताजकि तालिम संचालन गरिने छ ।
स्वास्थ्य तर्फ गुणस्तरीय स्वास्थ सेवा पुर्‍याउनका लागि सबै समुदायका स्वास्थ्य चौकि तथा आधारभुत स्वास्थ सेवामा ईन्टरनेट सेवा जडान कार्य भएको र टेलिमेडिसिन सेवा सुचारु गर्ने गरि आवस्यक कार्य गर्ने बताउनुभयो ।संस्थागत सुत्केरी गराउनका लागी थप बामु,बोर्ता क्युडी र पौडिमा बर्थिङ सेन्टर चलाउने गरि जनशक्ति ब्यबस्थापनमा जोड दिने उहाँले बताउनुभयो ।म मेरो स्वास्थ र मेरो जिम्मेवारी भन्ने नारालाई अंगिकार गर्दै हिमाली गाउँपालिकालाई सबै वडामा स्वास्थ बिमा गर्न जनतालाई प्रोत्साहित गरिने बताउनुभयो ।बजेटका लागि दफाबार छलफल सोमबार १० गते हुने उहाँले जानकारी दिनुभयो ।

ताजा समाचार

ताजा समाचार