काेल्टी
बाजुराको बुढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा वृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । एक एक पाईला गेटा आखाँ अस्पताल धनगढी कैलालीको प्राविधिक सहयोग तथा बुढीनन्दा नगरपालिकाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । नगरपालिकाकाले एक सुचना जारी गर्दै यहि वंैशाख २४ गते देखि २६ गते सम्म निशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी दिएको छ ।
करीव तिन दिन सम्म सञ्चालन हुने शिविरमा विभिन्न रोगको निशुल्क उपचार हुने नगरप्रमुख जनक कुमार वोहोराले बताउनुभयो । उहाँले शिविरमा सामान्य शल्यक्रिया देखि जटिल रोग सम्मका १४ प्रकारका सेवा प्रदान गरीने समेत बताउनुभयो । जसमा आखाँ रोग, मोतिया विन्दुको निशुल्क शल्यक्रिया, जेनेरल मेडिसिन सेवा, छाला रोग सम्वन्धिको उपचार, नाक, कान घाटीको उपचार संगै शल्यक्रिया सेवा, स्त्री तथा प्रसुति सेवा, दन्त सेवा, कलेजो रोग सम्वन्धि सेवा, हाड तथा जोर्नि दुख्ने समस्याको उपचार, बाल रोग सेवा, प्याथोलोजी सेवा, रेडियोलोजी सेवा, ईन्डोस्कोपी सेवा र फार्मेसि सेवा लगायत दिर्घकालिन रोग सम्वन्धिक विभिन्न समस्याको निशुल्क उपचार हुने नगरप्रमुख वोहोराले बताउनुभयो ।
उहाँले कोल्टीमा बेला बेला सञ्चालन हुने थोरै लगानि र छोटो समयको शिविरबाट नागरीकले सोचे अनुसारको सेवा लिन नसकेको अवस्थामा यस पटक आयोजना हुने शिविरबाट नागरीकले आफुले चाहे जति सेवा लिने विश्वास गरीएको पनि उहाँले बताउनुभएको छ । कुण्डा क्षेत्रका चार वटा पालिका संगै छिमेकी जिल्ला हुम्ला, मुगु र कर्णालीका सेवाग्राहिलाई लक्षित गर्दै सञ्चालन हुने शिविरमा वालवालिका देखि जेष्ठ नागरीक सम्मका स्थानियले सेवा पाउने नगरपालिकाले जनाएको छ ।