LIVE FM

महाेत्सवकाे तयारी तिब्र पार्न हिमालीमा बैठक ।

  • BFM
  •    
  • April 11, 2023

रतन लुवार बाजुरा

बाजुराको हिमाली गाउँपालिकाले आज धुलाचाैरमा महाेत्सवकाे तयारी तिब्र गर्न हिमलीमा बैठक बसेकाे छ । बैठकले विभिन्न क्षेत्रका ब्यतिलाइ जिम्मेवारी दिएकाे छ। त्यस्तै अाज हिमालीकाे धुलाचाैर बजार सरसफाई गरेको छ । आउदो वैशाख ४ गते देखि सञ्चालन हुने माथिल्लो कर्णाली महोत्सवको पुर्व सन्ध्यामा रहेर गाउँपालिकाले बजार सरसफाई गरेको हो । गाउँपालिकाको केन्द्र रहेको धुलाचाैर बजार र आसपासका क्षेत्रमा सफाई गरीएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिनुभयो । 

उहाँले बजार क्षेत्र आसपासमा यत्रतत्र छरीएर रहेको शिसाजन्य पर्दाथ र विभिन्न होटेल पसलबाट निस्कीएको फोहोरमैलालाई सफाई गरी ब्यवस्थित गरीएको बताउनुभयो । धुलाचाैर बजार ब्यवस्थापन समितिले बेला बेला बजार सफाई गर्ने गरे पनि ब्यवस्थित हुन नसकेको फोहोरलाई कर्मचारीको टोलीले सफाई गरी ब्यवस्थीत गरेको उहाँले बताउनुभयो ।

विभिन्न ठाउँबाट निस्केको फोहोरलाई बर्गिकरण गरी डिस्पोजल गरीएको बताउदै उहाँले ब्यवसायीलाई पनि सचेत गराईएको बताउनुभयो । आउदो वैशाख ४ गते देखि ७ गते सम्म कुण्डा क्षेत्रमा पहिलो पटक महोत्सवको आयोजना हुनेभएको छ । हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा सञ्चालन हुने माथिल्लो कर्णाली महोत्सवको तयारी तिर्व पारीएको छ ।

महोत्सवका लागि कलाकार देखि अतिथिहरुको टुगाें, मञ्च ब्यवस्थापन, स्थान छनोट, सुरक्षा ब्यवस्थापन र स्वयमसेवक परीचालन लगायतका तयारी पुरा भएको आयोजकले जनाएको छ । जैविक कृर्षि गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृतिको संरक्षण र विकाश, कुण्डा क्षेत्रका नागरीकको समुन्नती तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास भन्ने मुल नाराका साथ कुण्डा क्षेत्रमा महोत्सवको आयोजना हुने भएको हो ।

ताजा समाचार

ताजा समाचार