LIVE FM

स्वामीकार्तिककाे रैथानेबाली खाद्य ब्यापार कम्पनिले बजारीकरण गर्ने ।

  • BFM
  •    
  • April 5, 2023

जीवन कुमार कैला बाजुरा

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड काठमाण्डाैंले स्वामीकार्तिक खापर गाउँपालिकाको रैथाने बालिको विक्रि वितिरण तथा बजारीकरण गर्ने भएको छ । कम्पनिले स्थानिय रैथाले बालिको खरीद, संकलन, मुल्य श्रृङखला, विक्रि वितरण तथा बजारीकरण गर्ने भएको हो । स्वामीकार्तिक खापर गाउँपालिका र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड विच मंगलवार गाउँपालिकाको रैथाने बालिको विक्रि वितरण तथा बजारीकरणका लागि सम्झौता भएको छ । गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महोन प्रकाश चन्द विच भएको सम्झौतामा गाउँपालिकाको रैथाने बालि चिनो, कागुनो, जौ, फापर र दलहन बालिको विक्रि वितरण तथा बजारीकरणका लागि सहकार्य गर्ने समझदारी भएको छ ।

नेपालको विद्यमान कृर्षि प्रणालीलाई ब्यवसायीक प्रतिष्पर्धात्मक बनाई सिमान्तकृत किसानको जीवनस्तरमा सुधार ल्याउन गाउँपालिकाको रैथाने बालि, जैविक खेतीको संरक्षण र विकाश गर्नुका साथै कुर्षिको आधुनिकिरण, विविधिकरण र विशिष्टीकरणका माद्यामबाट उत्पादन, उत्पादकत्व बढाउन र बजारीकरणमा सहलगानि गर्न दुवै पक्ष विच सम्झौता भएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो । उहाँले गाउँपालिकाका सवै वडा र आसपास क्षेत्रका स्थानिय किसानले उत्पादन गरेका रैथाले बालिको उचित मुल्य प्रदान गरी किसानलाई प्रोत्साहान गर्न तथा बालिको संरक्षण गरी खरीद, संकलन तथा प्रशोधन, मुल्य श्रृङखला तथा बजारीकरण गर्ने गरीे दुई पक्ष विच सम्झौता भएको जानकारी दिनुभयो । सम्झौता पत्रमा गाउँपालिकाका तर्फबाट अध्यक्ष रोकाया र कम्पनिका तर्फबाट कार्यकारी प्रमुख चन्द विच विभिन्न सर्त र बन्देजमा रहने गरी सहमति र साझेदारी संगै हस्ताक्षर भएको छ ।

गाउँपालिकामा बजार समस्याका कारण खेर गईरहेका तथा लोप हुने अवस्थामा पुगेका रैथाने बालि कोदो, जौ, चिनो, कागुनो, फापर, रातो चामल, मार्सि चामल र दलहन बालिमा सिमिका विभिन्न प्रकार र गहत, मास, भटमास लगायतका बालि किसान, कृर्षक समुह वा सहकारी समुह मार्फत खरीद, संकलन प्रशोधन तथा भण्डारणको ब्यवस्था गरीने छ । पशुचौपाया अन्र्तगत भेडा तथा बाख्रा पालक कृर्षकलाई दशै तिहार जस्ता चाडपर्वमा कम्पनिको आवश्यक्ता बजारको माग र सम्भाब्यताको आधारमा गाउँपालिकाले प्रोत्साहन गर्ने र बजारीकरणको समेत ब्यवस्था मिलाउने अध्यक्ष रोकायाले बताउनुभयो । उहाँले बजारीकरणको समस्याले उचित मुल्य पाउन नसकि खेर गईरहेको तथा लोप हुने अवस्थामा पुगेका गाउँपालिकाका रैथाने तथा दलहन बालिको संरक्षण र सम्र्वद्धन गरीने बताउनुभयो । किसानले मेहनेत गरी उत्पादन गरेका विभिन्न वस्तुले बजार पाउन नसकि खेर जाने अवस्थामा गाउँपालिकाले विक्रि वितरणको ब्यवस्थापन मिलाएको बताउनुभयो । बजारीकरणको समस्याका कारण उत्पादित वस्तुबाट किसाले उचित मुल्य पाउन नसकेको अवस्था भएको बताउदै उहाँले स्थानिय उत्पादन पनि घट्दो अवस्थामा पुगेको बताउनुभयो । दिन प्रतिदिन उत्पादन घट्ने अवस्थामा रैथाने बालिको संरक्षण र बजारीकरणको ब्यवस्थापन भए उत्पादन पनि वृद्धि हुने र रोजगारीका अवसर सृजना हुने बताउनुभयो ।

गाउँपालिकाले खरीद तथा संकलन गरेका खाद्य वस्तुमा चिनो, कागुनोको हकमा प्रशोधन संगै सफा सुग्घँर गरी गुणस्तरीण बनाएको खाद्य वस्तु काठमाण्डांै लगायतका प्रमुख शहरमा पुर्याउन उचित मुल्य कायम गरी गाउँपालिकाले आफुलाई पायप पर्ने र सहज हुने गरी खरीद गरी आफ्नो जीम्मा लिनु पर्ने सम्झौता पत्रमा उल्लेख छ । गाउँपालिकाले खरीद गरेका बस्तु देशका विभिन्न शहरमा विक्रि वितरण गर्न कम्पनिले आफ्नै लगानिमा तत्काल ढुवानि गर्ने ब्यवस्था मिलाउने छ । ढुवानि गरीएका बस्तुको गाउँपालिकाले आफै प्याकेजीङ्ग गरी वितरण गर्ने र बजारीकरणका लागि दुवै पक्षको छाप, लोगो र निशानी प्रयोग गरीने छ । प्याकेजीङ्ग सामाग्रिको खरीद, छपाई, डिजाईन सम्वन्धिका विविध कार्य गाउँपालिकाले ब्यहोर्ने । प्याकेजीङ्ग तथा बजारीकरणका लागि लाग्ने रकम कम्पनिले ब्यहोर्ने लगायतका बुदा समावेश गरीएको छ ।

ताजा समाचार