LIVE FM

देशमा ब्यबस्था फेरियो तर पनि खलियाको अवस्था कहिले फेरिएन ।

  • BFM
  •    
  • April 3, 2023

महेश कार्की ,बाजुरा
बाजुरा लगायत कर्णाली प्रदेश र सुदुर पश्चिमका विभिन्न गा्रमीण क्षेत्रमा अहिले पनि खलो प्रथा कायमै छ । दिनभरी काम गरेर पनि सन्तोषजनक परिश्रमकोे फल नपाइने भनेकैँ खलो प्रथा हो । यसले गर्दा आम नागरिकमा पेशाप्रति कम विश्वास हुन्छ । विशेष गरी दलित समुदाय र दमाई परिवारमा यसको प्रभाव पर्ने गरेका छन् । यो उदाहरणले प्रस्ट पार्ने गर्छ स्वामिकार्तिक खापर गाउँ पालिका वडा नम्बर चार कि राधिका दमाईले परम्परागत खलो व्यवसायमा सिलाई गदै आएको १६ बर्ष भन्दा बढी भयो ।

उनीसंगैका साथीहरुले केही संस्थाहरु बाट सिलाई कटाई सम्बन्धी तालिम लिएर कहिले व्यवसाय बाट मनग्य आम्दानी गदै आएका छन् तर उनी भने अहिले पनि दिनभरी स्थानीय भाषामा रिथी भनिने साहुका कपडा सिलाई गदै सिलाए वाफत खलोमा नै चित्त बुझाइ रहेका छन् ।


नत उनले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिएकि छन् नत घरपरिबार नैँ चलाउन सजिलो भएको छ । अझै भन्ने हो भने उनको आफ्नो कमाई खाने एक माना जग्गा पनि छैन अहिले रिथिको काम गर्दा दिएको स्थानीय भाषामा बर्सिगो पाएको जग्गामा घर बनाएर बनाए बस्ने गरे पनि दैनिक छाक टार्न समेत समस्य हुने गरेको र सामान्य दुखी बिमारी हुँदा समेत उपचार गर्न समस्या हुने गरेको उनको गुनासो छ ।

देशमा पटकपटक ब्यबस्था परिवर्तन भयो तर खलियाको अवस्था र जीवन कहिले परिवर्तन हुन सकेन साहुको दैनिक ज्याला मजदुरि गर्नु पर्ने समस्या बाट खलिया समुदायले कहिले मुक्ति पाएनन् । राधिका एक घटना पात्र मात्रै हुन उनी जस्तै थुप्रै खलियाको यस्तै समस्या छ । स्वामिकार्तिक गाउँ पालिका वडा नं ४ कि दर्शना नेपालीका बुवा ३० बर्ष सम्म खलो व्यवसायमा काम गदै जीवन विताए । साहुको घरमा काम गरेरनै छोरा छोरी लाई पढाई लेखाइ गराए । दर्शनाले उच्च मावि सम्मको शिक्षा पास गरेकी छ तर पनि काम नपाउदा उहि पू्र्खाको काम र पेसा लाई निरन्तरता दिनु पर्ने उनको बाध्यता छ ।

बुढिनन्दा नगर पालिका ६ का सौरे दमाई भन्छ्न अहिले पछिल्लो अवस्थामा अन्य समुदायका मान्छेहरुले पनि सिलाईकटाई गर्न थाले पछि आफ्नो पुर्खेउली पेसा र पुरानो तरीकाको सिलाईले ठाउँ पाउदैन र नयाँ मोडलका सिलाईकटाई सिक्ने अवसर मिलेको भए परिवारको दैनिकी चलाउन सहज हुने उनको भनाइ छ । बाजुराको हकमा मात्रै भन्नेहो भने करिव छ, सात सय भन्दा बढि हलिया परिवार रहेको अनुमान गरिएको छ तर पनि यस्ता हलिया तिर राज्यको नै ध्यान छ नत स्थानीय सरकारको ध्यान पुग्न सकेको छ ।
सरकारले प्रत्येक नागरिकलाई रोजगार सङ्गै गास ,वास र कपासको व्यवस्था गर्ने भने पनि यो पेशा संकटम परेपछि धेरै नागरिक बरोजगारी र भोकमरीमा बस्नुपर्ने बाध्यता रहेको छ । परम्परागत चलेको खलो प्रथालाई आत्मसाथ गर्दा नत यसले मानिसको जीवनस्तर उकास्न सफल भएको छ नत मान सम्मान नै पाएको छ ।
प्रत्येक स्थानीय सरकारले खलो प्रथा संग सम्बन्धीत सबैलाई सीपको व्यवस्था गरेर उनीहरुलाई व्यवसाय तर्फ उकास्न सके देशमा भएको बेरोजगारीलाई कम गर्न सकिन्थ्यो कि ? बिशेत त बाजुरा जस्तो अति विकटको विम्ब मानिने जिल्लामा सबैले बिशेष प्रकारको सीपको व्यवस्था गरेमा बाजुरा बाट बिदेशीने यूवाको संख्यामा कम हुने बलियो सम्भावना देखिन्छ ।

अझै पनि गाउँघरमा खलियो प्रथामा आबद्ध भएका पेशा भनेर चिनिने सिलाईकटाई र आरन व्यवसायलाई सरकारले बिशेष जोड दिएर काम गर्दा केही युवा साथीहरुले देशमा नैँ रोजगारी पाउने थिए र दिनदिनै बिदेशी ने यूवाको संख्या पनि कम नहोला भन्न सकिन्न ?

अबका दिनमा बाजुराका प्रत्येक स्थानीय सरकारले खलिया व्यवसाय गदै आएका समुदाय र मान्छेहरुलाई यो पेशा बाट हटाउनका लागी बिशेष कार्ययोजना बनाउँदा यो पेशालाई मर्यादित बनाउन सकिन्छ की ? खलो व्यवसाय बाट कसैको पनि जीवनस्तर माथी उठाउन पनि निकै कठिन परिरहेको छ ।
अझ त बालबालिकालाई शिक्षा दिन पनि मुस्किल परेको छ । समाज परिबर्तन गर्नका यो पेशामा आवद्ध आम जनसमुदायलाई माथी उकास्दा राज्यमा रोजगारीको सिर्जना हुन्छ ।

यसले गर्दा यो पेशा दलित समुदायले मात्र नभई सबैले गर्दा सरकारको सुखी नेपाली समृद्ध नेपालको नारालाई अगाडि बढाउन सकिन्छ । यसले गर्दा सरकारले खलो व्यवसायलाई अन्त्य गरी यसलाई व्यवसायमा ढाल्नु आवश्यक छ ।

ताजा समाचार

ताजा समाचार