LIVE FM

अध्यक्ष सिंहकाे पहलमा रैथाने वाली बजारीकरण हुँदै ।।

  • BFM
  •    
  • March 26, 2023

जीवन कैला बाजुरा १२ चैत्र
अदानचुली गाउँपालिकाका अध्यक्ष महोन विक्रम सिहको पहलमा गाउँपालिका भित्रका कृषकले उत्पादन गरेको रैथाने वाली खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले बजारीकरण गर्ने भएको छ । कर्णाली प्रदेशका अधिकाँस जिल्लामा अत्याधिक मात्रामा उत्पादन हुने रैथाने वाली चिनो कागुनु, सिमी,जौ मकै,कोदो, फापर लगाएतको वालीहरु उत्पादन भएर बजारीकरण नहुदा किसानहरु मर्कामा परेका थिए ।
हुम्लाको अदानचुली गाउँपालीकाका किसानहरुले विगतका दिनदेखी झेल्दै आएको समस्यालाई मध्येनजर गर्दै गाउँपालिकाका अध्यक्षले ब्यपार कम्पनिलाई रैथाने वाली को उचित मुल्य प्रदान गर्दै किसानलाई प्रोत्साहन स्वरुप रैथाने वाली हरु संकलन, प्रसोधन,मूल्यश्रृङखला, गुणस्तर, तथा बजारी करण गर्ने जिम्मा समेत दिएको छ । विगतका दिन देखी किसानले उत्पादन गरेको रैथाने वाली बजार नपाउँदा किसानहरुले उत्पादन समेत गर्न छोडेका थिए ।
गाउँमै आएर रैथाने वाली खरीदगर्ने सूचना पाएपछि स्थानिय किसानहरु खुसीभएको स्थानिय गोकुल टमटाले बताएका छन । यो आर्थिक वर्ष बाट किसानले उत्पादन गरेको रैथाने वली अव सहरबजारमा जाने भएको बताउँनुहुन्छ अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही उहाँले थप्नुभयो यो महत्वपुर्ण कार्य गर्न गाउँपालिकाका अध्यक्ष ज्यूले पहल गर्नु भइको छ अब किसानले उत्पादन गरेको रैथाने वालीको उचित मुल्य माउनेमा आफुहरु ढुक्क भएको समेत जानकारी दिनुभयो ।
यता गाउँपालीकाका अध्यक्ष महोन विक्रम सिहले भने अफ्नो पाँच वर्षे कार्यकालमा हुम्ली किसान गरिव जनताका लागि आफु सधैब सक्रियभएर लाग्ने बताउनु भएको छ । किसानले उत्पादन गरेको रैथानिे बाली संकलन गरी बजारीकरण गर्ने सम्झौता गरेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड प्रधान कार्यालय काठमाण्डौंका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले बताउँनु भएको छ ।

ताजा समाचार

ताजा समाचार