LIVE FM

उपचारत थापाको अवस्था बुझ्न अर्थ मन्त्री शाही अस्पतालमा ।

  • BFM
  •    
  • March 13, 2023

रेडियो बुढीनन्दा कोल्टी बाजुरा

सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाही उपचारत गौतम थापाको अवस्था बुझ्न अस्पताल पुग्नुभएको छ । काठमाण्डांै स्थीत त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ट ट्रासप्लान्ट सेन्टरमा उपचारत रहनुभएका थापाको अवस्था बुझ्न मन्त्री शाही आईतवार त्यहाँ पुग्नुभएको हो । बाजुराको बडिमालिका नगरपालिका ९ बस्ने ४ बर्षिया थापा उपचारत अस्पतालमा पुगी उहाँले विरामीको स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।

मुट्टु रोगको उपचारका लागि अस्पताल भर्ना हुनुभएका थापा अस्पतालको ६ सय १७ वेडमा उपचारत हुनुहुन्छ । आईतवार विरामीको अवस्था वुझ्न अस्पताल पुग्नुभएका मन्त्री शाहीले थापाको उपचार निशुल्क गर्ने ब्यवस्था मिलाईएको बताउनुभयो । आर्थिक अभावका कारण समयमा उपचार गर्न नपाउदा अवस्था जटिल बन्दै गएको अवस्थामा मन्त्री शाहीले विरामीको उपचार अस्पतालले निशुल्क गर्ने ब्यवस्था मिलाईएको बताउनुभयो । उहाँले विरामी र गार्जेनको यातायात खर्चका लागि सुदुरपश्चिम प्रदेश सरकारले सहयोग गर्ने समेत बताउनुभयो ।

जिल्ला अस्पताल बाजुराको शैयामा छटपटीरहेका गौतमको विभिन्न सञ्चार माद्याममा समाचार प्रकाशन पश्चात उपचारको ब्यवस्था मिलेको हो । अभिभाबक सँग पैसा नहुदा जिल्ला अस्पताल बाजुराको शैयामा मृत्य सँग जुधिरहेका थापाको उपचारमा समस्या भएको थियो । ४ बर्षिय गौतमको मुटुमा समस्या भएर दुइ ओटा भल्व फेर्नुपर्ने अवस्थामा बाजुरामा उपचारा सम्भव नहुदा काडमाण्डांै लगिएको हो । लामो समय जिल्ला अस्पताल बाजुरामा उपचारत थापाको अवस्था जटिल बन्दै गए पछि थप उपचारका लागि काठमाण्डांै पुर्याईएको हो । हाल गौतमको उपचार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा भईरहेको छ । आफन्तले गत असोज महिना गौतमलाई उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौमा लगेका थिए ।

तर पैशा नहुदा उपचार विना फिर्ता ल्याएको बुवा हिमालले बताउनुभयो । उहाँले असोजमा काठमाण्डौ लगेर पैशा नभएकै कारण फिर्ता ल्याइएको बताउनुभयो । बाजुरामा उपचार सम्भव नभए पछि काठामण्डांै लिनु पर्ने अवस्थामा आर्थिक अभाव हुदा समयमा उपचार गर्न नसकिएको उहाँले बताउनुभयो । विरामी गांैतमको अवस्था जटिल वन्दै गए पनि आर्थिक समस्याका कारण थप उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लिन नसकिने अवस्थामा लामो समय सम्म गांैतम जिल्ला अस्पताल बाजुरामा मृत्यु संग लडिरहेका थिए ।

ताजा समाचार