LIVE FM

बैतडिमा एकिकृत समाजवादी मेलौली नगर स्तरीय भेला सम्पन्न ।

  • BFM
  •    
  • 20 days-ago

बैतडी नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी मेलौली नगरपालिकाको नगर स्तरीय भेला सम्पन्न भएको छ।

शुक्रवार नगरपालिकाको वडा नं १ मा नेकपा एकिकृत समाजवादी केन्द्रीय कमिटी सदस्य माया भट्ट को प्रमुख आतिथ्यता तथा वीरेन्द्र नायक को अध्यक्षतामा भएको नगर भेलाले विरेन्द्र वहादुर चन्दको अध्यक्षतामा १८ सदसिय नगरकमिटी पुनर्गठन गरेकोछ । नगरकमिटिको उपाध्यक्षमा उत्तर प्रसाद भट्ट सचिवमा धिरेन्द्र सिह नायक,सह सचिवमा द्रोपति भट्ट चयन भएका हुन । यसैगरि मदनवहादुर चन्द,टिकादत्त जोशी,प्रेमवहादुर ओड लगायतका रहेकाछन । यसैगरि भेलाले द्रोपती भट्ट को अध्यक्षतामा १० सदसिय अखिल नेपाल महिला संघ(समाजवादी) नगरकमिटि चयन गरेकोछ । राजेन्द्र प्रसाद भट्ट को संयोजक रहेको ७ सदसिय युवा संघ नेपाल र दिपा चन्दको अध्यक्षतामा ७ सदसिय अनेरास्ववियु नगर कमिटि चयन गर्दै भेला सम्पन्न गरिएको छ।

ताजा समाचार

ताजा समाचार