LIVE FM

माद्यामिक तह सम्मको शिक्षा निशुल्क गर्ने स्वामीकार्तिकको निर्णय ।

  • BFM
  •    
  • February 18, 2023

रेडियो बुढीनन्दा कोल्टी बाजुरा ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले गाउँपालिका भित्रको माद्यामिक तहको शिक्षा निशुल्क गर्ने निर्णय गरेको छ । शुक्रवार स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न गाउँ कार्यपालिकाको वंैठकले गाउँपालिका भित्रको माद्यामिक तहको शिक्षा निशुल्क गर्ने निर्णय गरेको हो । नेपाल सरकारले अवलम्वन गरेको माद्यामिक तह सम्मको शिक्षालाई निशुल्क गर्ने अवधारणा अनुसार गाउँपालिकाले पनि कक्षा ११ र १२ सम्मको शिक्षा निशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता शिहं धामीले जानकारी दिनुभयो ।
विहीवार गाउँपालिकामा सम्पन्न गाउँ शिक्षा समितिको वंैठकले सो निर्णय प्रस्ताव गरेको र शुक्रवारको गाउँ कार्यपालिकाको वंैठकले अनुमोदन गरेको उहाँले बताउनुभयो । माद्यामिक तह कक्षा ११ र १२ को शुल्क तिर्न नसकि शिक्षा आर्जनबाट बन्चित भएका नागरीकलाई लक्षित गरी शिक्षा निशुल्क गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।
अहिले पनि विद्यालयमा शुल्क तिर्न नसकि विपन्न समुदायका कैयांै वालवालिका शिक्षा आर्जनबाट वन्चित भएको स्मरण गर्दै उहाँले अव त्यो अवस्था नआवस भन्नका लागि गाउँपालिकाबाट माद्यामिक तहको शिक्षा अध्ययनका लागि कुनै पनि निशुल्क नलिने ब्यवस्था मिलाईएको बताउनुभयो ।

गाउँपालिकाका भित्रका माद्यामिक तहका कक्षा ११ र १२ अध्ययन गराउदै आएका विद्यालयलाई कुनै पनि शुल्क नलिन निर्देशन गरीएको र विद्यालयमा लाग्ने सम्पुर्ण शुल्क गाउँपालिकाले ब्यहोर्ने समेत ब्यवस्था भएको उहाँले बताउनुभयो । गाउँपालिकाले माद्यामिक तह कक्षा ११ र १२ अध्ययनका लागि सशुल्क गर्ने ब्यवस्था गरे संगै विद्यार्थीले शुल्क तिर्न नसकि विचैमा पढाई छाड्नु पर्ने, कमाईका लागि विभिन्न ठाउँ चाहार्नु पर्ने र सानै उमेरमा विवाह गर्नु पर्ने जस्ता कार्यको अन्त्य हुने गाउँपालिकाको विश्वास छ ।
गाउँ कार्यपालिकाको वंैठकले सार्वजनिक गरेका सात वटा महत्वपुर्ण निर्णय संगै वर्षाै देखि वन्द रहेका सामुदायीक अध्ययन केन्द्रलाई विद्यालयको लाईबेरीमा गाभ्ने, यस पटकको कक्षा ११ को परिक्षा पालिकास्तरीय गर्ने, जसको परीक्षा केन्द्र राघुमाता माद्यामिक विद्यालयमा हुने, राघुमाताका विद्यार्थीको एसईईको परीक्षा केन्द्र शम्भु सुनन्दा माद्यामिक विद्यालय जुकोटमा हुने, कक्षा ८ सम्मको स्थानिय पाठ्यपुस्तक निमार्ण गरी नयाँ शैक्षिक शत्रबाट विद्यालयमा लागु गर्ने, ईसीडी कक्षालाई ब्यवस्थीत गर्न विभिन्न सुधारका कार्यक्रम लागु गर्ने, परीक्षालाई मर्यादित र ब्यवस्थीत गर्न गाउँपालिकामा परीक्षा समिति गठन गर्ने लगायतका निर्णय भएका अध्यक्ष रोकायाले बताउनुभयो ।

ताजा समाचार