LIVE FM

अदानचुली अफ्डेटः अध्यक्ष सिंह भन्छन विधिभन्दा बाहिर जानेकसैलाइछुट छैन ।

  • BFM
  •    
  • January 24, 2023

अनिल शाही बाजुरा

अदानचुली गाउँपालिकाका अध्यक्ष महाेन विक्रम सिहले गाउँपालीकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरूले विधि र निति संगत काम गर्न निदेशन दिएका छन । गाउँपालिकामा केहि जनप्रतिनिधिहर भ्रष्टाचार गर्न नपाएकाे हुदा विभिन्न बाहानामा विभिन्न गुटबन्धि गर्नलागेकाे हुदा त्यस्ताे नगर्न समेत चेतावनि दिएका छन्र । हुम्लाको अदानचुली गाउँपालिका यतिखेर चर्चामा चुलिएको छ । विगतका केही महिना यता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको विवाद हुन थालेपछि गाउँपालिकाको कामकाजमा समस्या उत्पन्न हुनथालेको हो ।
स्थानिय तहको निर्वाचनमा एमाले विरुद्ध गठवन्धन गरेका माओवादी र काँग्रेस अहिले सत्ताको साझेदार छन । संघमा अहिले एमाले र माओवादीले गठवन्धन गरेपछि त्यसको असर स्थानिय तहमा समेत देखिन थालेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको चुनावमा एमाले विरुद्ध गठबन्धन गरेर चुनाव जितेका जनप्रतिनिधिहरु गठबन्धन भत्के पछि गाउँपालिकामा समेत त्यसको असर देखीन थालेको स्थानियको गुनासो छ । अदानचुली गाउँपालिकामा अध्यक्ष महोन विक्रम सिंह र उपाध्यक्ष कर्ण रोकाया ‘सुधार’ वीच कुरा नमिल्दा गाउँपालिकाका कर्मचारीहरु समेत दुई धारको चेपुवा परेका एक कर्मचारीले दुखेसो गरे ।
गत साउँनमा गाउँपालिकाका अध्यक्ष महोन विक्रम सिंह गाउँपालिकाको कामकाजका लागि जिल्ला बाहीर गएको मौका छोपी गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले कार्यपालिकाको बैठक बोलाएर अध्यक्षलाई जानकारी विनै एकलौटी विभिन्न निर्णय गरे यता गाउँपालिकामा विबाद उत्पन्न भएको हो । गाउँपालिकाका उपाध्यक्ष रोकायाले आफ्नो मर्यादा विपरित बोलाएको कार्यपालिकाको बैठक देखीनै असन्तुस्ट भएका गाउँपालिकाका अध्यक्षले भने आफ्नो अधिकार प्रयोग गरेर अहिले गाउँपालीका चलाईरहेका छन भने अध्यक्षले एकलौटी गाउँपालिका संचालन गरेको भन्दै उपाध्यक्षको समुहले विभिन्न मिडियाबाजी गरीरहेको आरोप लागेको छ ।
गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेललाई भ्रष्टाचारको आरोप लागेपछि अख्तीयारले छानवीन गरिरहेकाले उनी निलम्बनमा परेकाले संघिय मामिला तथा सामान्य प्रशासन मान्त्रालयको स्थानिय तह कर्मचारी प्रशासन शाखाले प्रमुख प्रशासकिय अधिकृतको ब्यबस्था नहुनजेल सम्मकालागि भन्दै मिति २०७९ साउन २ गते नायब सुव्वा मेघनाथ शाहीलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतका रुपमा पठाएको थियो । मन्त्रालयको निर्णयलाइ कार्यन्वयन गर्दै गाउँपालिकाले आर्थीक प्रशासनिक कामकाज गरीरहेको थियो ।
गाउँपालिकामा अधिकृत सातौं तहको कर्मचारीलाई प्रमुख प्रशासकिय अधिकार तोक्ने कार्यविधिमा उल्लेख भएपनि गाउँपालिकालाई जानकारी नदिएरै मन्त्रालय बाट मिति २०७९ पुस २९ गते नायव सुब्वा नन्दराज गिरीलाई निमित्त प्रमुख प्रशासकिय अधिकृत तोकी पठाएको प्रति गाउँपालीकाका अध्यक्ष असन्तुस्त भएका छन । गाउँपालिकामा सोहि स्तरको निमित्त प्रमुख प्रशासकीय अधिकृत हुदा हुदै अर्को निमित्तलाई नै पठाएको भन्दै गाउँपालिकाका अध्यक्षले सोहि दिनमै मन्त्रालयलाइ पत्राचार गर्दै फिर्ता पठाइएको बताएछन ।
मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत पठाई दिनु पर्नेमा गाउँपालिकामा नायब सुव्वा हुदा हुदै अर्को नायव सुव्वालाई निमित्त तोकेर पठाएइकाले नयाँ आउने निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आफूले फिर्ता पठाएको बताएका छन । अध्यक्ष सिहले बुढीनन्दा खबरसंग कुरा गर्दै भने ‘अधिकृत छैंटौं वा सातौं पठाउनु पर्नेमा नायव सुव्वा गाउँपालिकामै हुदा हुदै सोही पदको कर्मचारी आवश्यक नदेखेपछि मन्त्रालयमै फिर्ता पठाएको हुँ त्यो मेरो अधिकार भित्रको कुरा हो । अहिले उपाध्यक्षले विभिन्न बहानावाजी गर्दै गाउँपालिकालाई असहयोग गर्न खोजेको र हुम्ला जस्तो दुर्गम पिछडिएको जिल्ला त्यहिमाथि अदानचुली जस्तो विकट पिछडीएको अविकसित गाउँपालिकालाई विकास हुन नदिने षड्यन्त्र भएको देखेपछि आफुले आफ्नो अधिकार प्रयोग गरेको हुँ ।’
गाउँपालिकाका उपाध्यक्ष जनप्रतिनिधि भएर चित्त नबुझेको कर्मचारी माथि समेत हातपातमा उत्रिने गरेका छन । अध्यक्ष सिंहले भने ‘उपाध्यक्षले केन्द्रको पावर लगाएर स्थानिय तहमा आफू अनुकुल बनाउने र विभिन्न गतिविधि गर्ने गरेका छन । यो सरासर गलत हो । त्यहि गलत कुरालाई गलत हो भन्दा उनले मिडियाबाजी गर्ने र म विरुद्ध षड्यन्त्र गर्ने गरेका हुन ।’
अदानचुली गाउँपालिकामा नेपाली काँग्रेसले गाउँपालिका अध्यक्ष जितेको छ भने नेकपा माओवादी केन्द्रले उपाध्यक्ष सहित ४ वडाअध्यक्ष जितेको छ । त्यस्तै एकिकृत समाजबादीले एक वडाअध्यक्ष र एमालेले एक वडाअध्यक्ष जितेको छ । कार्यपालिकाको बैठकमा एकल बहुमत भने कुनैपनि पाटीको नभएको हुदा पटकपटक यो विबाद सतहमा पुग्ने गरेको छ ।

ताजा समाचार

ताजा समाचार