LIVE FM

सत्ता गठवन्धन दलहरुको वैठक मार्तडिमा सम्पन्न, तिन वटा निर्वाचन परीचालन कमिटी गठन ।

  • BFM
  •    
  • November 3, 2022

जीवन कैला

सत्ता गठवन्धनमा आवद्ध दलहरुले आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावलाई मध्यनजर गर्दै निर्वाचन परीचालन कमिटी गठन गरेका छन । आज जिल्ला सदरमुकाम मार्तडिमा सम्पन्न तिन दलिय सत्ता गठवन्धनको जिल्ला समन्वय कमिटीको वंैठकले निर्वाचन परीचालन समिति गठन गरेको हो । सत्ता गठवन्धनमा आवद्ध रहेका दलहरुका प्रतिनिधि सदश्य रहने गरी निर्वाचन परीचालन कमिटी गठन गरीएको छ ।
तिन दलिय गठवन्धनका पदाधिकारी विच मार्तडिमा सम्पन्न वंैठकले आगामी निर्वाचनका लागि तिनंै पार्टीका पदाधिकारी सदश्य रहने गरी दुवंै निर्वाचन क्षेत्रमा निर्वाचन परीचालन कमिटी गठन गरेको हो । नेपाली काग्रेसका सभापति रामशिहं रावल, नेकपा एकिकृत समाजवादिका उपसचिव निरबहादुर शाही र नेकपा माओवादि केन्द्रका जिल्ला अध्यक्ष दिपक बहादुर बुढाले संयुक्तरुप विज्ञेप्ती जारी गर्दै निर्वाचन परीचालन कमिटी गठन गरीएको जानकारी गराउनुभएको छ ।
वंैठकले एक प्रतिनिधि सभा सदश्य र दुई वटा प्रदेश सभा सदश्यको निर्वाचनका लागि छुट छुट्टै कमिटी गठन गरेको हो । नेपाली काग्रेसका सभापति रामशिहं रावलको संयोजकत्वमा ९ सदश्यीय कमिटी गठन गरेको नेकपा एकिकृत समाजवादिका उपसचिव निरबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली काग्रेसका सभापति रावल संयोजक रहनुभएको समतिमा उपसभापति पदम बडुवाल, नेकपा एकिकृत समाजवादिका जिल्ला ईन्चार्ज हिक्मतजगं शाही, माओवादि केन्द्रका सहईन्चार्ज सुरेश रोकाया, महेश शाही, नेकपा एसका उपसचिव नीरबहादुर शाही, सचिवालय सदश्य दिर्घराज पाध्याय, नेपाली काग्रेसका सहसचिव कृष्णराज पाध्यया नेकपा माओवादि केन्द्रका निर्वाचन क्षेत्र नं खका संयोजक दानबहादुर खड्का सदश्य रहनुभएको छ ।
नेकपा एसका उपसचिव निरबहादुर शाहीका अनुसार प्रदेश कको निर्वाचन परीचालन कमिटी पनि गठन गरीएको छ । नेकपा एकिकृत समाजवादि बाजुराका कार्यबाहाक अध्यक्ष पुरबहादुर रावत संयोजक रहने निर्वाचन क्षेत्र नं कमा ९ सदश्यीय निर्वाचन परीचालन कमिटी गठन गरीएको उहाँले बताउनुभयो ।
जसमा, नेकपा एसका प्रदेश कमिटी सदश्य चीरन्जीवि शाही, नेकपा माओवादि केन्द्रका जिल्ला सचिव रमेश विक, नेपाली काग्रेस जिल्ला कार्य समिति सचिव भरत रोकाया, नेकपा माओवादि केन्द्रका सदश्य नेकपा एसका सचिवालय सदश्य धर्मराज शाही, नेपाली काग्रेसका प्रदेश खका सभापति जयबहादुर अधिकारी, सदश्य खड्कमल धराला र नेकपा माओवादि केन्द्रका गणेशराज गिरी सदश्य रहनुभएको छ ।
त्यस्तै प्रदेश खमा नेकपा माओवादि केन्द्रका दिपक बुढा संयोजक रहने गरी नांै सदश्यीय निर्वाचन परीचालन कमिटी गठन गरीएको छ । जसमा नेपाली काग्रेसका जिल्ला कार्य समिति सदश्य रंग खाति, देवबहादुर रोकाया, कुम्मनाथ योगी, एकिकृत समाजवादिका प्रदेश कमिटी सदश्य काशिँ नेपाली, सचिवालय सदश्य भरत थापा, दानबहादुर खड्का, नेकपा माओवादि केन्द्रका दिपक दिपक डिसि, चन्द्र बहादुर थापा, दानबहादुर खड्का सदश्य रहने गरी ९ सदश्यीये निर्वाचन परीचालक कमिटीको गठन गरीएको छ ।
जिल्ला सदरमुकाम मार्तडिमा सम्पन्न सत्ता गठवन्धनमा आवद्ध दलहरुकोको वंैठकले प्रदेश तथा प्रतिनिधि सभा सदश्यको निर्वाचनलाई लक्षित गरी कमिटी गठन गरीएको जानकारी दिएको छ । वंैठक पश्चात प्रेस विज्ञेप्ती जारी गर्दै तिनै तहका शिर्ष नेताहरुले निर्वाचनमा ईमान्दारीका साथ खट्न पार्टीका जिल्ला माताहातका कमिटी र कार्यक्रतालाई निर्देशन दिदै संविधान र लोकतन्त्रको रक्षाका लागि गठवन्धनका उम्मेदवारलाई जीताउन पनि आग्रह गरेको छ ।

ताजा समाचार