LIVE FM

बद्री पाण्डेः पश्चिमबाट उदाएको एक नक्षेत्र ।।

  • BFM
  •    
  • October 20, 2022

नहकुल जाेशी

यो भूगोल र माटोको पर्यायवाची हो गरिवी, बेरोजगारी, न्युन जीवन स्तर । के यहाँको माटोले कहिल्यै त्यस्ता सपुतहरु जन्माउन सकेन ? धेरैलाई लाग्छ निश्चय नै सकेन । आफ्नो पेट भर्नका लागि संघर्षरत परिवारका लागि त्यो कल्पना बाहिरको कुरा हो । तर ‘मुलालाई खाडल बनाई दिन पर्दैन’ भनेजस्तै पश्चिमको त्यहि एउटा दुर्गमबाट उदाएका एक नक्षत्रहुन बद्री पाण्डे ।

उनी हुर्किएको गाउँमा अहिले पनि विजुलि बत्ति छैन । ५ कक्षा सम्म मात्र पढ्न मिल्ने विद्यालय थियो । विद्यालय भए पनि पूर्ण दरवन्दी सहितको छैन । गाउँलेले खाफूले खाने अनाजमा माना मुठि बचाएर विद्यालयका शिक्षक पाल्छन । तपाई सडकबाटोको कुरा गर्नु हुन्छ यहाँ गोरेटोबाटो पनि राम्रो छैन । एक अर्थले अन्य वाकी दुनियाँबाट यो क्षेत्र एउटा कालो छिद्र हो । यहि कालो छिद्रबाट उदाएको नक्षेत्र हुन बद्रि पाण्डे ।

जसको नाम अहिले यो देशले जान्दछ । जसलाई यो देशले सहजै पहिचान गर्छ । र बाजुरा अव त्यो कालो छिद्र होइन रहेछ । यो पनि एउटा उर्वर भूमि रहेछ । मलिलो माटो रहेछ भन्ने हेक्का काठमाण्डौं उपत्यकालाई मात्रै पुरै नेपाल सम्झिनेहरुलाई भएको होला । यदि भएको रहेनछ भने हुनुपर्छ ।

दुर्गम, विपन्नता, अशिक्षा, अचेतना, कष्ठता र ब्यापक चुनौतीलाई चिर्दै उदाएको एक नक्षेत्र हो बद्रि पाण्डे । राजनिती बुझ्न जो कोहिलाई सजिलो छैन । अझ नेपालको राजनिती गर्न झन सजिलो छैन । नेपालको राजनितीक इतिहाँसलाई हेर्दा पनि बुझिन्छ लामो समय सम्म राजनिती जहानियाँ बन्यो । १०४ बर्ष राणाहरुकै पेरिफेरिमा घुम्यो । २००७ साल पछिको राजनिती पनि उच्च घरानकै पेरिफेरीमा घुम्यो । गरिव र निमुखा मानिसहरुले कहिल्यै त्यो स्थान पाएनन् र आम गरिव र निमुखा जनता अहिले पनि सोहि अवस्थामा छन । सुख शैयलको जीवन विताएर राजनितीलाई इजत संग दाँजेर राजनितीमा आएकाहरुले यहाँको विपन्नतालाई कहिल्यै अनुमान गर्न सक्दैनन् । उनीहरु जुन स्थितिबाट हुर्किए साह्रा देशलाई त्यहि अवस्थामा देख्छन । पेटभरी खान पाएकालाई खान नपाएकाहरुको पिडा बोध हुदैन । आरामले गुड्न र उड्न पाएकाहरुलाई हिड्नेको पिडा बोध हुदैन ।

तत्कालिन रुगिन गाविस वडा नं ५ हालको हिमाली गाउँपालिका वडा नं ४ मा जन्मिएका बद्रि पाण्डे हाल नेपाली काँग्रेको सहमहामन्त्री हुन । आगामी मंशिर ४ को निर्वाचनमा गठबन्धनबाट संघिय सांसदका उम्मेद्वार हुन । यो पटक जनताबाट अनुमोदित हुने लाईनमा छन बद्री पाण्डे । अहिले जे जति गरे उनले आफ्नो बलबुताले गरे । आफ्नो लगाव र अथक मेहनतले गरे अव त्यो मेहनतमा जनताले सुमसुम्याउनु पर्ने बेला आएको छ । कालो छिद्रबाट उज्यालो प्रकाशमा अवतरण गर्दै गरेको नक्षत्रलाई अलिकति बल प्रयोग गरी दियो भने यो दुर्गमको अध्यारोमा उज्यालो प्रकाश परार्वतन हुनेछ । यहाँ भित्रका अध्यरा र मैला बाध्यताहरुले किनारा पाउनेछन । त्यसमा कुनै सन्देह गर्ने ठाउँ छैन । किन छैन भने उनको अहिले सम्मको राजनैतिक यात्रालाई हेरे पुग्छ ।

विद्यार्थीकाल देखि राजनितीमा सक्रिय पाण्डे ठूलो संर्घषबाट उदाएको एक कर्मठ युवा हो भन्दा म हिचकिचाएको छैन । राजनितीलाई ब्यवसाय ठानेर नाफाको विजनेश गर्न राजनितीमा आएको ब्यक्ति पनि होइन उनी । राजनिती सेवा हो । सेवा गर्दा यो माटोका लागि केहि गर्न सकिन्छ कि भन्ने भावनाले विद्यार्थी राजनिती शुरु गरेका पाण्डे त्यहि असल विचार, ब्यवहार र लगावले माथि उठेको एक युवा नाएक हुन ।

बद्री पाण्डे मात्र एउटा यस्तो नक्षत्र हुन जसले राजनैतिक अवसरका लागि कहिल्यै कसैको चाकरी गर्नु परेन । आफ्नो प्रतिभा देखाएरै १८ बर्षकै उमेरमा २०४३ सालमा संस्कृत माध्यामिक विद्यालयमा नेविसंघ सदस्य बन्न पुगे । नेविसंघको सदस्य हुदै शुरु भएको राजनितीमा एक पछि अर्को सफलता हात लाग्दै गयो र २०४९ सालमा उनी वाल्मीकी क्याम्पसको इकाई सचिव बने । २०५० सालमा नेविसंघ बाजुराको जिल्ला अध्यक्ष बनेका पाण्डे २०५३ सालमा वाल्मीकी क्याम्पसको इकाई अध्यक्षमा चुनिए । २०५३ सालमा वाल्मीकि क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका पाण्डे २०५४ मा स्ववियु परिषदका केन्द्रिय सभापति हुदै २०५५ मा नेपाल संस्कृत विश्वविद्यालय सभाको सभासद बने । र २०५४ सालमै स्थानिय निर्वाचनमा २८ दिन बाजुरा प्रहरी हिरासतमा समेत परेका थिए ।

२०५६ मा नेविसंघ केन्द्रिय सदस्य बनेका बद्रि पाण्डे २०५९ सालमा नेविसंघको केन्द्रिय उपाध्यक्ष बने र २०६२ मा नेपाल विद्यार्थी संघको महामन्त्री बनेका पाण्डेलाई नेविसंघको केन्द्रिय अध्यक्ष बन्ने सोच पुरा नभए पनि राजनितीमा कहिल्यै पछाडी फर्किनु परेको छैन ।

२०६२-६३ को राजनितिक आन्दोलनका क्रममा पाण्डे पटक पटक जेल समेत परेका थिए । त्यस पश्चात विभिन्न मोर्चामा नेतृत्व समालेका पाण्डे नेपाली काँग्रेसको १२ औं महाधिवेसन २०६७ मा सेती अन्चलबाट केन्द्रिय सदस्यमा निर्वाचित भए । १३ औ महाधिवेसन २०७२ मा खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित भएका पाण्डे २०७८ सालको १४ औं महाधिवेसनबाट काँग्रेसको केन्द्रिय सहमहामन्त्रीमा विजय भए । हाल उनी नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री छन । फेरी अरु पार्टी जस्तो काँग्रेसमा नेतृत्वमा पुग्न सजिलो नभएको कतिपय जानकारको तर्क छ । नेपालका कम्युनिष्ठ भनिएका पार्टील ते टिका लगाएर नेतृत्व छान्ने गरेका उदाहरण प्रसस्तै छन । तर पाण्डे युवा पुस्ताले निकै रुचाइएका, राजनितीलाई विधि र पद्धती संग जोड्ने, अध्ययनशिल र कर्मठ मध्यका एक हुन । राजनितीशास्त्रका विद्यार्थी उनी विद्यावारिधी गरिरहेका छन ।

पार्टी भित्रको त्यहि छविका कारण पाण्डेलाई पाटीले एक पटक समानुपातिक सांसद बनायो । २०७० मा संविधान सभा सदस्य बनेका पाण्डे २०७४ मा राष्ट्रियसभा सदस्य वने । दुवै कार्यकालमा उनको सक्रियता निकै उच्च रह्यो । संविधान वनाउने कामका होस समसामयीक राजनैतिक मुद्धा सदनमा उठाउने कार्यमा उनको सक्रियता उच्च रहेको देखिन्छ । अहिले सम्म कुनै कार्यकारी पदमा नपुगेका पाण्डे बलियो सम्भावना बोकेका एक नक्षत्र हुन । (स्रोतः स्थिर देवकोट पूर्व स्वकिय सचिव)

प्राध्यापक कृपानन्द उपाध्याय भन्छन “हामी साक्षर मतदाताले यो कुरा कहिल्यै बुझेनौं । हाम्रो अवस्थामा परिर्वतन चाहान्छौ भने हाम्रो प्रतिनिधी हाम्रै पृष्ठभूमिको हुनुपर्छ । तव मात्रै उसले हाम्रा पिडालाई महशुस गर्न सक्छ । पेटभरी खानपाएको, घर, गाडी, वंगला भएको, पैसा टन्न भएको प्रतिनिधिले हामी जस्ता पिडितको पिडा कहिल्यै बुझ्दैन र सवैलाई आफै जस्तो सम्पतीवाल सम्झिन्छ । उसलाई अरु मानिसहरु आफ्ना प्रतिशप्रधि झै लाग्छ । भलै उ एक्लै दौडिएको भए पनि प्रतिशप्रधि ठानी राख्नाले कहिल्य पछि परिने हो कि भन्ने पिरलो हुन्छ र आफ्नो विकासमा लाग्छ । हामी साक्षर होइन अव शिक्षित मतदाता हुन आवश्यक छ । हामीले चुनेका प्रतिनिधीले हा्रम्रो मर्मलाई स्पर्श गर्छ कि गर्दैन ? भन्ने बुझ्न आवश्यक छ ।”

राजनितीको मूल नेतृत्वमा यो जिल्लाले अवसर विगत पन्चायत काल देखि पाएको छ । यस जिल्लाले कार्यकारी पदमा अवसर नपाएको होइन तर अवसरको सदुपयोग भने नभएको अनुमान आम नागरिक तहबाट छ । नागरिक अगुवा जनेश भण्डारी भन्छन “विगत प्रजातन्त्र कालमा होस या पन्चायतकालमा । प्रजातन्त्रको पुर्नवहाली देखि हाल सम्म नेता भएकै छन । संसदमा प्रतिनिधित्व पनि भएकै छ । जनजीवनमा परिर्वतन आउनेगरी काम हुन नसकेको गुनासो आम जनतामा छ । यो जिल्लाले पन्चायीत कालमा गृहमन्त्रीका रुपमा प्रकाश बहादुर सिहलाई पायो । त्यसपछि जनकराज गिरी सहायक मन्त्री हुनुभयो । त्यसपछि कर्णबहादुर थापा क्याविनेट मन्त्री हुनुभयो । त्यसपछि प्रकाशबहादुर शाह सुदुरपश्चिम प्रदेशको क्याविनेट मन्त्री हुनुभयो । केशव विक राज्य मन्त्री पनि हुनुभयो । अहिले देवराज जोशी सुदुरपश्चिम प्रदेशको प्रदेश प्रमुख हुनुहुन्छ । जिल्लाले आधा दर्जन कार्यकारी पदको नेतृत्व गर्दै गर्दा साँफे–मार्तडी सडक खण्डको कुरा उठ्छ । मार्तडी–कोल्टी सडक खण्डको कुरा उठ्छ । यस जिल्लाको विद्युतको कुरा उठ्छ । यस जिल्लामा हुने खाद्य अभावको समस्या उस्तै छ । यहाँको बेरोजगारी समस्या उस्तै छ । विद्यालय शिक्षाको गति उस्तै छ । मुख्य कुरा जिल्लाबासीको अन्य मानवीय विकासको स्थितिको कुरा उठ्छ । उठ्नु पनि स्वभाविकै हो । जो संग आस गरिन्छ उसको नजर वास्तविक पिडित सम्म नपुगेपछि कसको के लाग्यो र ?”

विभिन्न समयन्त्रमा रहेर उनले गरेका कामहरुः

१ कर्णाली करिडोरको निमार्ण सेनालाई दिन भूमिका खेलेको,

२ बाजुराको छरपष्ट बस्तीले यहाँको विकासमा उत्पन्न हुने समस्यालाई मध्य नजर गरी बाजुरामा एकीकृत बस्ती विकासका लागि आवश्यक कार्यक्रम ल्याउन भूमिका खेलेको,

३ धनगढी बहुनियाँ हुदै आउने सेती लोकमार्ग हुदै उत्तरदक्षिण कनेक्टीभिटीका लागि आवश्यक भूमिका खेलेको

४ क्षेत्रिय स्तरमा डोटी जिल्लामा रहेको सिचाइ डिभिजन कार्यालय र भूसंरक्षण कार्यालय स्थापनामा आवश्यक भूमिका खेलेको

५ संविधान निमार्णमा उल्लेखनिय भूमिका खेलेको

६ विभिन्न संसदीय समितिहरुमा रहेर विभिन्न भूमिका खेलेको

७ बाजुरामा सडक, विद्युत, टेलिफोन लगायत विकासका पूर्वाधारको निमार्ण गर्नका लागि आवश्यक समन्वय र कार्यहरु गरेको ।

८ समग्र बाजुरा, सुदुरपश्चिम प्रदेश र देशकै विकासका लागि योगदान दिन सक्ने सम्भावना भएको ब्यक्ति,

जनताबाट अनुमोदित हुने सम्भावनाका आधारहरु ः

१ पहिलो आधार भनेको बाजुरामा काँग्रेस आफै एउटा बलियो शक्ति हो । नेपाली काँग्रेस पार्टीको सह–महामन्त्री यो जिल्लाको उम्मेद्वार हुदै गर्दा कार्यकर्तामा एक प्रकारको उत्साह थपिएको छ । जिल्लाले एउटा कुशल ब्यक्ति अनुमोदन गर्दै गर्दा भविश्यमा जिल्लाले पनि राष्ट्रिय स्तरको सहयोग पाउँछ ।

२ स्वच्छ छवि र तल्लो तहबाट संर्घष गर्दै माथि उठेको नेतृत्व हुनुका साथै खराव विचार र प्रवृतिको खरो विरोध गर्ने कुशल क्रान्तिकारीका रुपमा परिचित बद्री पाण्डेलाई जिताउन गठबन्धनका नेताहरुले पनि साथ दिएको ।

३ जनताको चाहाना पनि एक पटक पाण्डेलाई अवसर दिनुपर्नेमा देखिएका छन । हाल सम्म कार्यकारी पदमा नरहेको र स्वच्छ छवि भएको नेता भएकाले ।

४ युवाको प्रतिनिधित्व गर्ने, लोकप्रिय र प्रखर बक्ता भएकाले पनि यस पटकको निर्वाचनमा उनलाई असहज अवस्था छैन ।

तर पार्टी भित्रको आन्तरिक परिचालन, जिल्लाका अन्य नेताहरु संगको परिचालनलाई चुस्त बनाउनु पर्ने देखिन्छ ।

ताजा समाचार

ताजा समाचार