LIVE FM

पशु चाैपायामा अज्ञात रोग गाउँपालिकामा पशु प्राविधि छैन्र।

  • BFM
  •    
  • September 4, 2022

सर्मिला राकाया

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एकका स्थानियका गाईवस्तुमा अज्ञात रोग देखा पर्न थालेको छ । वडा नं एकका खोलीकोट, गोठि गाउँ, बान्जाडा, घियाजाडा र काठ कोईराला लगायत ठाउँका स्थानियका घरपालुवा पशुचाैपायमा अज्ञात रोग देखा पर्न थालेको हो ।

करीव एक हप्ता देखि स्थानियका गाई वस्तु तथा भेडा वाख्रामा सो रोग देखा परेको वडा नं एकका स्थानिय मनि विकले जानकारी दिनुभएको छ । उहाँले घरपालुवा पशुचांैपायामा कपाल फुलाउने, र्याल चुहाउने, पाटा सुनिने र खोच्चाने जस्ता लक्षण देखा परी विरामी पर्न थालेका बताउनुभएको छ

। एकै पटक ८– १० वढि पशुचांैपाया विरामी पर्ने गरेका र विरामी संगै केहि ब्यहोस जस्तो हुने र अधिकासं मर्ने समेत गरेका उहाँले बताउनुभयो । के रोग हो र यसको के कसरी उपचार गर्ने भन्ने स्थानियलाई जानकारी नभएको बताउदै उहाँले तत्काल उपचार नभएको खण्ड मर्नेको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो । यसका लागि गाउँपालिकाले पशु प्राविधिक सहित आंैषधि उपचारको ब्यवस्था गर्न उहाँले आग्रह गर्नुभएको छ ।

यता स्वामीकार्तिक खापर गाउँपालिकाले भने पशु प्राविधिक अभावका कारण तत्काल उपचारमा समस्या हुने जनाएको छ । गाउँपालिकामा पशु प्राविधिक नभएका र भएका प्राविधिक सेवा बाट बाहिरीदा कर्मचारीको अभाव हुन थालेको हो । गाउँपालिका अहिले कर्मचारी भर्ना प्रक्रियामा रहेका कारण तत्काल भर्ना प्रक्रिया संगै कर्मचारी छनोट गरी उपचार गरीने छ । गाउँपालिकाका सुचना अधिकारी कुवेर बहादुर शाहीले गाउँपालिकामा पशु प्राविधिकको अभाव भए पनि वंैकल्पीक उपाय गरी पुशचांैपायाको उपचारमा कुनै कमि नराख्ने बताउनुभयो । उहाँले कर्मचारी छनोट हुदा सम्म गाउँपालिका भित्रका पशु प्राविधिक स्थानियलाई दैनिक भत्ता उपलब्ध गराउने गरी पशुचांैपायको उपचारमा परीचालन गराईने बताउनुभयो ।

ताजा समाचार