LIVE FM

केन्या भ्रमणः नेपालले दियाे २ सय ३१ रनकाे लक्ष्य

  • BFM
  •    
  • 24 days-ago

दाेस्राे एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई २ सय ३१ रनकाे लक्ष्य दिएकाे छ । नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायाे । 

नेपालका लागि कप्तान राेहित पाैडेलले सर्वाधिक ७८ रन बनाए । यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका कप्तान शेम एनगाेचे र विराज पटेलले दुई/दुई विकेट लिए ।

तीन खेलकाे शृङ्खलामा नेपाल एक–शून्यले अघि छ । हिजाे शुक्रवार भएकाे पहिलाे खेलमा नेपालले केन्यालाई सात विकेटले हराएकाे थियाे । 

ताजा समाचार

ताजा समाचार