LIVE FM

नगरप्रमुख बाेहोराकाे सक्रियतामा भारतिय राजदुतावासकाे टाेली बाजुरामा, जनप्रकाशका अलपत्र भवन बन्ने ।।

  • BFM
  •    
  • August 9, 2022

जीवन कैला 

 बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा अलपत्र अवस्थामा रहेको जनप्रकाश माद्यामिक विद्यालय भवनको आज अध्ययन गरीएको छ । विगत २०७२ साल देखि निमार्ण हुन नसकि अलपत्र अवस्थामा रहेको भवनको आज एक सरोकारवालाको टोलीले स्थलगत अध्ययन गरेको हो । बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार वोहोरा, प्रमुख प्रशासकिय अधिकृत विजय भुर्तेले, जिल्ला समन्वय समिति प्रमुख तुलसिराज रोकाया, भारतिय दुदावासका ईन्जीनियर आशिस सिन्हा, जनप्रकाश माविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नन्दराम विष्ट, प्रधानाध्यापक अनोजरा गिरी, वडाअध्यक्ष लगायतको टोलीले विद्यालयको अवस्था वारे स्थलगत अध्ययन गरेको हो ।

निमार्ण हुन नसकि करीव ८ वर्ष देखि अलपत्र अवस्थाको भवन पुनः निर्माणका लागि नगरप्रमुख वोहोराले भारतिय राजदुदावासलाई आग्रह गर्नुभएको थियो । सोहि क्रममा राजदुदावासका ईनजीयर बाजुरा आएर आज भवनको अवस्था वारे जाचँवुझ गर्नुभएको नगरपालिकाका प्रवक्ता जंगवीर रोकायाले जानकारी दिनुभयो । अलपत्र अवस्थामा रहेको भवन पुन निमार्ण गर्न भारतिय राजदुदावास सकरात्मक देखिएको उहाँले बताउनुभएको छ । राजदुदावासको आर्थिक सहयोगमा जनप्रकाश माद्यामिक विद्यालयमा दुई वटा होस्टेल सहित १५ कोठे भवन निमार्ण गरीने सहमति भएको उहाँले बताउनुभयो ।

छात्रा र छात्रको फरक फरक होस्टेल सहित तिन तले विद्यालयको पक्की भवन निमार्णका लागि पहल भएको प्रवक्ता रोकायाले बताउनुभयो । भारतिय राजदुदावासको स्थलगत अध्ययन पश्चात भवन निमार्ण कार्य तत्काल अघि बढाईने योजना रहेको नगरपालिकाले जनाएको छ । साथै स्कुल बस सञ्चालनका लागि नगरपालिकालाई आग्रह गरीएको जनप्रकाश माद्यामिक विद्यालयका प्रधानाध्यापक गिरीले बताउनुभयो । जनप्रकाश मावि कोल्टी र सत्य माविका लागि दुई वटा स्कुल वस र पीउचका लागि एउटा एम्वुलेन्स सञ्चालनका लागि आग्रह गरीएको उहाँले बताउनुभयो । पर्यटन प्रवद्धनका लागि बुढीनन्दा, वडिमालिका र पादुका क्षेत्रका लागि सहयोगका लागि नगरपालिकाले सहयोगको अपेक्षा गरेको छ । 

ताजा समाचार

ताजा समाचार