नहकुल जोशी
यो समयको क्रम यस्तो छ नि कहिले काँहि त कसरी चल्छ पत्तै हुदैन । कहिले बर्षाैं वितेको भान पाइन्न त कहिले मिनेश विताउन पनि भारी बर्ष जस्तो लाग्छ । हुन त हामी संग समय प्रश्स्त भएर होला । आफ्नो समय उपयोग भएको पनि थाहा छैन र खेर गएको पनि थाहा छैन । हामी विकासोन्मुख देशका विकाशोन्मुख नागरिक न पर्यौ । हामीलाई समय अभाव हुने कुरै भएन र अभाव पनि छैन । मजाले सुत्न पुगेकै छ । खान पुगेकै छ र रमाउन पुगेकै छ ।
यो समयको कुरा गरिरहदा मेरो एक समय असाध्य मनमा गढेर बसेको छ । खासै मलाई अच्चम पनि लाग्दैन तर मिठो रातको सुन्दर सपना चै हो । कुनै राम्रो फिल्मको स्टोरी जस्तै लाग्छ । लाग्छ त्यो फिल्म उनी र म हेरिरहेका छौं । फिल्ममा देखिएका क्यारेक्टरहरु मध्यका एक जोडी हामी पनि हौं ।
उनीसंग भेट एउटा प्रोग्राममा हुन्छ । खै भेटे देखि नै उनी मनमा अनाह्यासै अंकुराउन थालिन । शुरुमा त मै बोले क्यार । उनको परिचय मागे । उनले आफ्नो परिचय बताइन । आफूले काम गर्ने संस्था पनि बताईन । कामको प्रकृती त उस्तै उस्तै रहेछ र त भेट भएछ । मैले आफ्नो पेशामा एक दशक विताई सकेको मान्छे । उनी आफ्नो पेशामा दश हप्ताको आसपासमा रहिछन । मैले आफ्नो पेशाको इतिबृति सुनाए । र केहि सिकाउने शैलीमा बोले । उनले पनि मेरो कुरा धेरै ध्यान दिएर सुने जस्तो गरिन । तर ध्यान दिइन वा दिइनन त्यो उनैलाई थाहा होला । करिव २ घण्टा जति हाम्रो वातचित भयो । हैन म बसेको थिए उनी त उभिएकी पो थिइन । लेक्चर दिन पाए पछि म दिइहाल्थे । किन भने पढाउने बानी लागि सकेको छ । मेरो बसाई र उनको उभाईको त्यो तादम्यले हामीलाई खासै नजिक बनाएको महशुस भने हामी दुवैलाई भएन ।
दोस्रो दिन देखि कहि कतै जम्का भेट भयो छ भने अभिवादन गर्थिन । म अभिवादन फर्काउन्थे । मिठो बोल्ने, लजालु सोभाव, अनि भर्खर अंकुराएको जुन जस्तो उनको हाँसो खै यो अन्र्तमनको कुण्ठामा टाँसिएको आभास हुन थाल्यो । हाम्रो प्रत्यक्ष भेट खासै हुदैन थ्यो । म आफ्नै काममा ब्यस्त हुने र उनको आफ्नै काम, कहिले काँहि जम्का भेट भने हुन्थ्यो । जम्काभेट हुदा उनले गर्ने अभिवादनले खै मनमा कस्तो कस्तो सन्तुष्टी मिलेको अनुभव हुन्थ्यो । र म मा आफ्नो काममा जानु अघि उनीसंग जम्का भेट होस भन्ने आश पलाउन थाल्यो । उनीसंग फेसवुकमा जोडिने विचार गरेर फेसबुकमा खोजे । साँच्चै उनलाई भेट्न सकिन । एक दिन उनलाई पर्खिएर अलिक कुरा गर्ने विचार गरे र केहि कुराको बहानामा उनको फेसवुकमा मलाई रिक्वीस्ट पठाउन अनुरोध गरे । पछि उनले नै रिक्वीस्ट पठाइन । त्यसपछि सामाजिक सञ्जालमा गफ सुरु भयो । हाइ हेलो । के छ कस्तो छ । लगायत केहि ब्यवसायीक कुरा पनि हुने गरे ।
सामाजिक सञ्जालमा हुने हाम्रो कुराले निरन्तरता पायो । खै उनी संग नै कुरा गर्नकै लागि म राति अवेर सम्म अफिसमै वस्न थाले । जे होस रमाइलो कुरा हुन्थ्यो । उनी पनि कुरा गर्न सिपालु नै थिइन । सोधेको प्रश्नको जवाफ रमाइलो ढंगले पेश गर्थिन म पनि थप रमाइलो बनाउने कोसिस गर्थे । शुरु शुरुमा मैले आफै हाइ हेलो र गुडमर्नीङ गर्थे । पछि पछि उनले विहानै म्यासेज छोडेको हुन्थ्यो गुडमर्निङ । के छ । चिया भो । इत्यादी । कुराहरु बढ्न थाले पछि मैले नै उनको मोवाइल नम्वर दिन आग्रह गरे । उनले मोवाइल नं छैन भन्दै हाँसेको रियक्ट पठाइन । म के जवाफ दिने सोचि राखेको थे उनको मोवाइल नम्वरले मुस्कुरायो । मैले नम्वर सेभ गरे । कहिल्यै फोन गर्दा फरक त पर्दैन भनि सोध । उनले लाइक रियक्ट गरिन ।
शुरुमा उनी कम बोल्ने र रियक्ट बढी पेश गर्थिन । मैले दर्शाएको विचारमा आफ्नो मत रियक्ट बाट दिने उनको तरिका मलाई ठिकै लाग्थ्यो । मैले मेरो कुरामा उनको मौन सहमति छ भन्ने बुझेको थिए । यसरी कुराहरु दैनिक हुदै गए । तर एकै दिन खासै धेरै कुरा पनि हुदैथ्यो । अलि अलि हुन्थ्यो तर दैनिक जसो हुनथाल्यो । त्यस्तै हाइ हेलो । जिएम, जिए र जिएन । यो फेरी मैले नै सिकाएको हो उनलाई । मैले एक दिन विहान जिएम लेखे । उनले के हो यो भनेर प्रश्न गरिन । मैले हाँसेको रियक्ट गर्दै । गुड मर्निङग भने । त्यस पछि त उनी यी सटकर्ट वर्ड समेत बुझ्ने भइन । उनी मेसेन्जरमा लेख्दा प्राय अंग्रेजी भाषाको प्रयोग गर्थिन । मैले पछि मात्र बुझे की उनी त अंग्रेजी लिटेरेचरको विद्यार्थी पो रहिछन । उनको सरल अंग्रेजी खुव मन पर्न थाल्यो । म पनि जानी नजानी गुगलमा ट्रान्सलेट गरेर भए पनि अंग्रेजी मै गफ दिन्थे । मैले पनि त उच्च माध्यमिक शिक्षा अंग्रेजी विषयमै पास गरेको थिए । अझ नेपालीमा भनेको कुरा भन्दा पनि अंग्रेजीमा भनेको कुरा उनले छिटो बुझ्ने भएकाले मैले पनि अंग्रेजीमै गफ गर्न थाले ।
मलाई फोन गर्न एकदमै अट लागेको हुन्थ्यो । सायद मेरो स्वभाव नै हो जस्तो लाग्छ । म कोहि केटा साथी होस या केटी साथी । उसलाई राम्रो संग नबुझि प्राय बोल्दीन । र बुझेर बोल्न थाले पछि असाध्य निकट सम्झीन्छु । र म फ्रिक्वइन्ली बोल्ने गर्छु । के बोले पत्तै पाउदिन । कहिले काँहि त्यो अलि ओभर पनि हुदो रहेछ । आफैलाई महसुस भए पछि म विना हिचकिचावट माफि पनि माग्थे । मेरो यहि स्वभावले हाइ हेलो गर्दै सम्वन्ध स्थापित गर्न खोज्नेहरु घमण्डी पनि भन्छन र मेरो जस्तो राम्रो संग बुझेर सम्वन्ध स्थापित गर्नेहरुले सम्वन्ध छोड्न चाहादैनन् । कतिपय अवस्थामा कसैले ब्यक्त गर्ने एटिच्युड बुझेर म त्यहि अनुसारको भूमिकामा वस्दिन्छु । र मलाई पनि अरुकोहिलाई बुझ्ने अधिकार छ । त्यसैले झट्टै कसैलाई केहि कुरा नबोलिहाल्ने मेरो स्वभाव छ । कहिले त यो स्वभावका कारण म आफैमा खुसी हुन्छु । कहिले काँहि कोहि मान्छे संग बोलौं भनेर मनमा उब्जेको कुरालाई केहि वेर मनमा राखि दिनाले फाइदा पुगेको छ । कहिले काँहि बेफाइदा पनि हुन्छ । त्यो मैले राम्रो संग बुझेको छु । त्यस्तै उनको नम्वर पाए पछि मैले तुरुन्तै कल गरिन । कतिदिन त डायल गरेको फोन पनि काट्थे । कति दिन न्याम लिष्ट सर्च गरेर मोवाइलको फोन लिष्टबाट ब्याग हुन्थे । खै फोन गरेर कुरा गर्दा उनले के सोचलिन भन्ने मलाई लाग्थ्यो । मलाई आउने घमण्डी केटोको उपमालाई त मैले पचाई सकेको छु । किन भने हरेक मानिसले आफ्नो ब्यवहार जस्तो अरुको ब्यवहार खोज्छ र अरुको ब्यवहार आफ्नो जस्तो पाएन भने अरुलाई दोस दिने गर्छ । यो कुरा बुझे पछि मलाई लाग्दैन कि म हरेक अरु जस्तो बनु । अहँ म त मै जस्तो छु । त्यस्तै हुन पर्छ । तर कतिपय अवस्थामा आफ्नो ब्यवहारलाई निश्चय नै परिर्वतन गर्नुपर्छ । जव यो बुझे घमण्डी भन्ने संग गुनासो छोडिदिए । अव डर थियो कि कसैले अन्य कुनै आरोप लगावस । त्यसैले हरेक कुरा आफ्नो क्षमताले भ्याय सम्म सोच विचार गर्ने गर्थे ।
एक दिन हामी एउटा स्थानिय फूटवल क्लवले आयोजना गरेको फूटवल म्याच हेर्न गएका थियौं । त्यहि उनलाई पनि देखे र मैले फोन गर्ने विचार गरे । फोन हाने पनि । उनले उठाइन तर म केहि नवोली फोन काटिदिए । उनी संग अरु साथीहरु पनि भएकाले मैले फोन गर्न उपयुक्त ठानिन । फेरि उनले फोन डायल गरिनन् । किन गर्नु ? नचिनेको नम्वरमा फोन हैन । यस्तै सोचिहोलान । मैले पनि डायल गरिन र उनको रियक्सनलाई निहाली रहे । फूटवल हेर्दै गर्दा पहिलो हाफ सकियो । एक जना मेरो साथी र म उनी बसेको ठाउँबाटै अगाडी जाने गरी यतै हुदै जाम न भनेर उसलाई पाखुरामा समाए र अगाडी बढ्यौ । हामीलाई देखेपछि उनले म्यासेन्जरमा गर्ने रियक्ट झै खुसीको रियक्ट गरिन । मैले पनि मुस्कुरायर रियक्टको रिप्लाई गरे । उनी त्यो सन्ध्याको समयमा चन्द्रमा झै चम्कीली देखिइन । त्यहाँ कुराकानीको लागि खासै समस्या थिएन । हामी अनलाइनमा राम्ररी गफिन्थ्यौं । समसायमीक विषयमा कुराकानी गथ्र्यौ । त्यसैले अप्ठेरो भएन । थोरै अनौपचारीक गफ भयो । फूटवल हाफको सयय करिव १५ मिनेट जति हुने भएकाले मैले खाजा खान जान अनुरोध गरे । हामी दुई जना र उनीहरु दुई जना खाजा खान गयौं र खाजा खायौ । खाजा खाँदै गर्दा केहि फर्मल गफ । ब्यवसायीक कुरा भए । खाजा खाइसक्दा सम्म फूटवलको दोस्रो हाफ शुरु भै सकेकोले हामी हतार उठ्यौ । फर्किदा मैले विस्तारै भने अघि फोन आएको नम्वर छ नि त्यो मेरो हो । उनले मेरो तिर हेर्दै मुस्कुराइन । मैले पनि प्रत्युत्तरमा मुस्कुराए ।
म सेभ गर्छु ल । उनी वोलिन
तिम्रो इच्छा । मैले बोले ।
अनि फोन उठाउदा किन नबोलेको त ? उनले प्रश्न गरिन
खै हावाले केहि पनि सुनिएको थिएन के । त्यै भर । मैले बोले
हामी फूटवलको दोस्रो हाफ हेर्न मैदान पुग्यौ । दोस्रो हाफ हेर्दा संग संगै बसेका थियौं । हामी पनि हुटिङ गर्न तर्फ लाग्यौं ।
हुटिङको क्रममा बेला बेलामा उनी मेरोमा हेर्ने गर्थिन । उनले हेरेको चाल पाए पछि म पनि मुस्कान अंकुराइ दिन्थे । उनी लाज माने जस्तो गरि फर्किन्थीन ।
त्यो फूटवल खेल भएको दिन देखि हामी थप नजिक भएको जस्तो मलाई लाग्यो । हामी फेसवुक मेसेन्जरमा कुरा गथ्र्यौ । हास्थ्यौं । हसाउन्थ्यौं । म प्राय दिन भरी नै बेस्त हुन्थे । साँझको अफिस सम्म आइपुग्दा दिमाग पुरै ह्याङग भएको जस्तो हुन्थ्यो । अनि म मेरा नजिकका साथीहरु संग फ्रेस हुने गफ गर्न थाल्थे । कि त युटुवमा प्रेङक हेरेर हाँस्थे । एक आधा घण्टा हाँसे पछि अलि फ्रेस महसुस हुन्थ्यो । अनि नियमित काममा फर्किन्थे । यस्तै हाँसो मजाक उनी संग पनि हुन्थ्यो । कतिपय कुरालाई उनले लाइक रियक्ट गर्थिन । कतिपय कुरालाई लभ रियक्ट गर्थिन । कतिपय कुरालाई अरु कुनै प्रकारको रियक्ट आउन्थो । उनको रियक्ट अनुसार त्यो कुरालाई कसरी लिइन भन्ने बुझ्थे । उनी अलि जिज्ञासु स्वभाव कि पनि थिइन । कतिपय नबुझेका कुरालाई के हो भनेर सोध्ने गर्थिन ।
एक दिन शुक्रवारको साँझ थियो । साथीहरुले आज गुड फ्राइडे मनाउन पर्छ यार भने ।
हुन्छ । तयारी गरौं न त मैले भने
गुड फ्राइडेका लागि आवश्यक तयारी भयो । र चिसो मौसममा हनी रम नै बेटर होला भन्दै ५÷६ जनालाई पुग्ने गरी रम र हनी (मह)को ब्यवस्थापनको तयारी भयो । मौसममा आएको खरावीका कारण चिसो सिरेटोले बेस्सरी हानी रहेको थियो । तातो पानीमा मह संग रम मिसाएर गुड फ्राइडेको यात्रा शुरु भयो । करिव एक प्याक जति लिइ सकेपछि यसो मोवाइलको मेसेन्जर ट्याङग बज्यो । खाना खानु भो ।
मैले रिप्लाई गरे छैन । तिमीले खायौ ।
अँ । अगी खाइसके ।
ए । म त रेडियो मै छु ।
ए । मत पर्सी जाँदै छु नि ? पोखरा । मेरो पढाइ सुरु भइ सकेछ ।
ए हो र ?
अमुमु….
कहिले जाने त ?
एक हप्तामा जाने हो । अव हाम्रो भेट हुन्न होला है ? उनले सोधिन ।
अव तिमिले पनि आफ्नो पढाइ रोकेर यहि बस्नु त भएन नी ? हामी त भेटिहाल्छौं नि । सामाजिक सञ्जाल छदैछ । फोन छदैछ हैन र । मैले भने
हो । भन्दै उनले समर्थन जनाइन
मैले लभ रिएक्ट सेन्ड गरे ।
उनले पनि त्यसको रिप्लाई लभ रियक्ट बाटै गरिन ।
खै यो कुरै कुराको सञ्जालले हामीलाई धेरै नजिक बनाए छ । म आफू विवाहित मान्छे । मेरो श्रीमति, छोरा र छोरी छ । त्यो कुरा फेरी उनलाई थाहा नभएको होइन । र पनि हामी नजिक हुने क्रम लगातार बढ्न थाल्यो । दिनमा एक दुई पटक फोन हुन थाल्यो । मेसेन्जरमा म्यासेज हुन थाल्यो । यसले नजिक रहिरहेको अनुभूति मिल्दो रहेछ ।
नभन्दै उनी पढाइलाई निरन्तर गर्न पोखरा उडिन । उनी बाजुराबाट नेपालगंज जाने क्रमममा म एयरपोर्ट सम्मै पुगेको थिए । उनलाई टाढाबाट हात हल्लाए । उनी आफ्नो अध्ययनको सिढीका लागि आकाशको बाटो हुदै उडिन । मैले मनमनै सफलताको सुभकामना दिए ।
उनी पोखरा म बाजुरा हुदा पनि हामी टाढा भएको अनुभव हुन्थेन । हाम्रो कुरा पहिले झै भइरहन्थ्यो । फोन भइरहन्थ्यो । पहिले पहिले ५÷७ मिनेट हुने कुराले समय लम्वाएको थियो । हामी आधा घण्टा एक घण्टा सम्म कुरा गर्ने गर्थौ । उनी संग दिनमा एक चोटी कुरा भएन भने खै आज के भूलियो भने जस्तै हुन्थ्यो ।
यसैविचमा पुस १२ देखि हाम्रो मास्टर डिग्रीको परीक्षा तालिका सार्वजनिक भयो । म परीक्षा दिन काठमाण्डौं जानु पर्ने भयो । पत्रकारीता विषयमा बाजुराबाट अनिल दाई र म परीक्षामा सहभागि हुदै थियौं । परीक्षा दिनका लागि हामी पुस पहिलो साता काठमाण्डौं उड्यौं । हामी नेपालगंज हुदै काठमाण्डौं आइयो । उनलाई पनि परीक्षा दिन काठमाण्डु जादैछु भने । उनले कहिले देखि के को परीक्षा भनि सोधिन । मैले सवै बताए । म काठमाण्डौं उनी पोखरा थिइन । काठमाण्डौं आए पछि च्याट र फोन झन बढेर गयो । दिनमा जति बेला पनि च्याट, भिडियो च्याट गर्न मिल्थ्यो । उनको क्याम्पस विहान हुन्थ्यो । मेरो परीक्षा बिहान ११ बजे देखि हुन्थ्यो । परीक्षाको समय र उनको कलेको समय बाहेक मन लागे पढ्ने, गफ गर्न मन लागे गर्ने गरिन्थ्यो । यसले एउटा लतको स्वरुप नै लिए जस्तो भयो ।
उनको सामिप्यतालाई मैले त प्रेम सम्झीन थाले । कुरा हुदा बढी खुलेर कुरा गर्ने क्रम बढेपछि मलाई लाग्छ उनी झस्कीइन । हुन पनि पोखरा जस्तो खर्चिलो ठाउँमा बसेर आफ्नो भविश्यको हस्तरेखा कोरिरहेकी केटीले आफ्नो भविश्यका प्रति चिन्तीत र सचेत रहनु आवश्यक थियो । म त एउटा केटा मान्छे । अर्को तर्फ विवाहित । मास्टर डिग्री गरिसकेको । डवल डिग्रि गर्दै गरेको । क्याम्पस र विद्यालयमा पढाउने पनि । पत्रकारितामा पनि आशिंक रुपमा सक्रिय । तर भरखर कलेज पढ्दै आफ्नो भविश्य खोजी रहेकी मान्छेका लागि यो झस्काउने कुरा नै थियो । स्वभाविक पनि हो । मैले त्यसलाई नराम्राको रुपमा पनि लिइन । सम्वन्ध विभिन्न किसिमका हुन्छन । हरेक सम्वन्ध प्रेममा परिणत हुनु पर्छ भन्ने धारणा मेरो होइन । तर सम्वन्ध वेस्ट हुनुपर्छ भन्ने मान्यता भने म राख्छु । केटा साथी होस या केटी साथी मेरा बेस्ट साथीहरु बहुत थोरै छन । जो संग उच्चतम सम्वन्ध बनेको छ । र कतिपयले सम्वन्ध विस्तार गर्ने र त्यसलाई अवसरको रुपमा प्रयोग गर्ने गर्दछन । त्यो मलाइ ठिक लाग्दैन । म जस्तो सुकै विचार, भावना, आदि रियक्टलाई स्वीकार गर्न सक्ने मान्छे हु जस्तो लाग्छ ।
एक दिन म परीक्षा सकिएर रुम आइ पुगेको थिए । उनको फोनका घण्टी बज्यो । उनले परीक्षा कस्तो भयो भन्ने सोधिन । मैले राम्रो भएको प्रतिक्रिया दिए । त्यसपछि हामीले लामो गफ गर्यौ । त्यसैमा उनले भनिन । म यो के गरिरहेकी छु । यो त बढी भएन र । म यो के गर्दै छु ? मलाई लाग्छ म जे गर्दै छु त्यो ठिक गरिरहेकी छैन ? मलाई यो कस्तो लत बस्यो ? मान्छेको जीवन जता लायो त्यतै लाग्दो रहेछ ।
म उनको कुरा सुनिरहे ।
भन्नु न प्लीज म यो पक्कै पनि राम्रो गरिरहेको छैन ।
हैन मलाई त त्यस्तो केहि लागेको छैन । स्वभाविक जस्तो लागि रहेको छ । मैले तिमीलाई एक असल साथी मात्र सोचेको छु ।
नाइ होइन त्यो । साँच्चै म यो गलत गर्दै छु ।
तिमीलाई गलत लाग्छ भने त्यो नगर । जे सहि लाग्छ नि त्यो मात्रै गर्नु पर्छ । गलत लागेको कुरा गर्नु हुन्न नी । मैले सजिलै भनि दिए ।
केहि समय सम्म उनी केहि वोलिनन ।
म पर्सि काठमाण्डु नै आउछु । भेटेरै कुरा गरौंला । अव यो मेसेन्जर र फोनमा कुरा हुदैन । अहिले राख्छु है । उनले वाकी कुरा खोल्न चाहिनन । पोखराबाट काठमाण्डौं किन आउनेहुन ? खै म अकमकमा परे ।
साँच्चै उनले भने जस्तै मैले जिए.एम भनि पठाएको मेसेज त एक दिन विति सक्दा पनि हेरेकी छैनन त । मैले बुझे नारी कमजोर चिज होइन । अठोट लियो भने पुरा गरेर छोड्छन । अव भौतिक रुपमा भेट्ने भने पछि भेट्न पनि आउछन होला । यस्तै सोचि रहेको थिए । शनिवार विहान ११ बजे मोवाइलको घण्टी बज्यो । म सुनधारा बसिरहेको कुरा उनलाई पहिल्यै थाहा थियो । मत सुनधाराको गेटमा पुगेकी छु ।
ए तिमी आइपुग्यौ । म झस्कीय । ल म निस्के है । त्यतै कतै वसेर चिया खाउला । भनेर फोन राखे । तयारी भएर सुनधारा गेट नेर पुगे । धरहराको ठिक अगाडी पट्टी उभिएकी थिइन । पहिले भन्दा पनि निकै राम्री देखिइन । लामो समय पछि उनलाई देख्दा होला । मैले हात हल्लाय । उनले हेरिन । उनको अनुहारमा पहिलेको जस्तो उर्जा र मुस्कान थिएन ।
हामी एउटा कफिसपमा बस्यौ । उनी कहिल्यै चिया कफि खान्न रैछन । म चिया कफि केहि नि लिन्न तर आज चिया लिन्छु । भनिन र दुध चिया खायौं । मैले नास्ता पनि खाय उनले त्यो नि खान मानिन ।
चिया नास्ता पछि मैले भने भेटेरै कुरा गर्छु भन्थ्यौ त के हो भन ? भन्दै प्रश्न गरे
उनी केहि पनि बोलिन । केहि समय मौन बनिन । उनको मनमा के कुरा खेलेको थियो । त्यो त उनलाई नै थाहा होला ।
केहि समय पछि बोलिन म जे गर्दै छु मलाई लाग्छ त्यो रंग गर्दै छु ।
के गर्दै छौं र ? मैले प्रश्न गरे । उनलाई लागोस कि मैले केहि पनि मानेकै छैन । सायद उनको भावना मैले बुझेको थिए । उनले मैले सोचेको भन्दा माथिको सम्वन्ध सोचेकि थिइन । तर मैले त्यस्तो सोचेको थिइन । म एउटा असल साथी हु र असल मान्छेलाई असल साथि बनाउन्छु र त्यसको भूमिका निर्वाह पनि गर्छु त्यो कुरा मेरा अहिलेका असलसाथीहरु रक्षा, गंगा, जगन्नाथ, विरसिंह आदिलाई सोध्दा पनि थाहा हुन्छ ।
म कसैको मानोभावनालाई ठोस पुर्याउन चाहान्न । मैले भने तिमीलाई के ठिक लाग्छ त्यहि गर । म संग बोल्दा, कुरा गर्दा तिमिलाई अप्ठेरो महसुस हुन्छ भने त्यस्तो नगर । तिमीलाई जे राम्रो लाग्छ त्यो गर । जे कुरा राम्रो लाग्दैन त्यो नगर । राम्रो नलाग्ने कुराले भएको खुसी पनि खोस्ने गर्छ । जीवन चल्ने भनेको खुसीले हो । सन्तुष्टीले हो ।
उनी आफ्नो टाउको हल्लाइ मात्र रहेकी थिइन । उनको मन गह्रौं जस्तो महसुस मैले गरेको थिए । तर म उनको भविश्य विगार्नु हुन्न भन्नेमा थिए । मैले आफ्नो फिलिङ्सलाई यसरी दवाइ दिए कि उनले सोचोस मैले मात्र उसलाई यति भ्यलु दिने रैछ । उसले त केहि मान्दो नै रैनछ । म उनलाई त्यो पार्न चाहान्थे । किन कि उनले म संगको सम्वन्ध सहजै तोड्न सकुन । म कसैलाई डिस्टर्व गर्ने पक्षमा छैन । मेरो कारण कसैलाई डिस्टर्व नहोस भन्ने म चाहान्थे ।
त्यो दिन उनले खासै केहि बोलिनन् । तर उनको मनोभावलाई म राम्ररी पढ्न सक्थे । उनले अव जानु पर्छ यहाँ धेरै वसियो भनिन । हुन पनि ब्यस्त कफिसपमा मानिसहरु ओहोर दोहोर गरिरहेका थिए ।
हामी निश्कियौं । उनले एक दुई दिन वैनीहरु संग काठमाण्डौं मै वस्ने बताइन । उनी सुनधारा बसपार्कबाट भक्तपुर वहिनीको रुम जाने रहिछन । र सुनधाराबाट वसपार्क सम्म म पनि पुर्याउन गए । त्यहा जाँदा सम्म खासै कुरा भएन ।
बसपार्क पुगेछि उनले भनिन । मैले धेरै सोचे । हजुर संग अहिले सम्म जति पनि कुरा कानी भयो । मेसेज भयो । यसलाई एउटा घटना मात्र सम्झीनुहोला । मलाई तपाई संग गफ गर्नुपर्ने, बोल्नु पर्ने लत लाग्यो । मैले सम्झिय यो गलत हो । त्यसैले मैले आज भेटेरै अव देखि मेसिन्जर, फोन कुनै पनि माध्यमबाट हजुर संग न बोल्ने निर्णय गरे । आइ एम सरी । तपाईको मन दुखाए छु भने । लाग्छ यो राम्रो होइन । तपाईको आफ्नो संसार छ । र मैले चाहेर पनि केहि हुने छैन । म भर्खर पढ्दै छु । जीवन तयारीको यात्रा थुप्रै वाकी छ । यस्तै यस्तै कुराले सम्झाउन थालिन ।
मैले हाँसेर जवाफ दिए । मैले एउटा असल साथीको रुपमा मात्र लिएको थिए । खासै केहि छैन । म तिमीलाई अप्ठेरो पार्ने गरी वोल्न, मेसेज केहि गर्न चाहान्न । म तिमीलाई मात्र होइन कसैलाई पनि अप्ठेरो पार्ने मेरो इच्छा हुन्न । ल ओके । म अव देखि तिमी संग बोल्ने छैन ।
हैन त्यस्तो हैन । मेरो पनि इक्जाम आएको छ । इक्जाम डिस्टर्व पनि हुने भो । त्यसैले हो । मैले तपाइको मन दुखाएकोमा सरी भन्न थालिन ।
मैले केहि छैन । केहि मान्नु पर्दैन । इक्जामको राम्रो तयारी गर भने ।
उनले हात फैलाइन र एउटा हगको आग्रह गरिन । हग गर्यौ. । उनी वस चढेर भक्तपुर हानीन । म हिड्दै हिड्दै सुनधारा कोठामा आइपुगे ।
यो कस्तो समय आइपुग्यो त । मैले नशोचेकै घटना भयो । मैले त्यसरी उनलाई डिस्टर्व हुने सम्वन्ध सोचेकै थिइन । खयर उनले सोचिन र उनले नै आज तलाक दिएर गइन । असल साथीको लिस्टमा एउटा थपिन लागेको साथीले पनि तलाक भनेर गयो त । मेरो मनमा यस्तै कुरा खेल्दै गयो । म आफैमा अच्चममा परे । साँच्चै उनले भने जस्तै गरिन । त्यस पछि कहिल्यै मेसेज पनि गरिनन । फोन पनि गरिनन । एक दिन म आपैmले मेसेन्जरमा हाइ भने । के छ खवर भनेर सोधे । उनले त जवाफ दिइन आइ डन्ट टक वीथ यु ।
त्यसपछि मैले फेरी वोल्ने प्रयास गरिन …………………….
लेखक जोशी अध्यापक, पत्रकार र विभिन्न साहित्यीक विधामा कलम चलाउने गर्दछन ।