LIVE FM

परीचय पत्र नविकरण गर्न घरमै पुगे वडा अध्यक्षःराेकाया

  • BFM
  •    
  • August 2, 2022

जीवन कैला रेडियाे बुढीनन्दा

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं तिनको वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने स्थानियको घरघरमै गएर परीचय पत्र नविकरण गर्न थालेको छ । समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने स्थानियको सहजताका लागि वडा कार्यालयले आजबाट सो कार्यको थालनि गरेको हो ।

नगरपालिकाका १० वडा मध्य वडा नं तिनले आजबाट सो कार्यको सुरुवात गरेको छ । भौगालिक विकटताका कारण वडा नं तिनका स्थानियलाई वडा कार्यालय सम्म पुगि परीचय पत्र नविकरण गर्न कठिनाई हुने भएकोले उनिहरुको सहजताका लागि वडाअध्यक्ष जंगविर रोकायाले घरघरमै पुगेर परीचय पत्र नविकरण गर्ने कार्य सुरु गर्नुभएको वडाअसदश्य हिरु कामीले जानकारी दिनुभयो ।

विभिन्न प्रकारको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वडाका ७ सय ६२ जना मध्य आजै १ सय ५१ जनाको परीचय पत्र नविकरण भएको र वाकि रहेका स्थानियको पनि घरघरमै पुगेर नविकरण गरीएको उहाँले बताउनुभयो । वडाका सवै ठाउँमा सडकको पहुँच नपुगेका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने स्थानियलाई आवत जावतमा कठिनाई हुने भएकाले सो कार्यको सुरुवात गरीएको वडअध्यक्ष जंगविर रोकायाले बताउनुभयो । परीचय पत्र नविकरणका लागि टाढा टाढाबाट आउनु पर्दा वर्खायामको समयमा वाढि पहिरोको जोखिम हुन सक्ने भन्दै सेवाग्राहिको सहजताका लागि घरमै पुगेर नविकरण गर्ने कार्य भएको उहाँले बताउनुभयो । वडाका जेष्ठ नागरीक, अशक्त, अपागं, एकल र वालवालिकाको पोषण भत्ता लगायत विभिन्न प्रकारको भत्ता प्रदान गर्दै आएका स्थानियले अव घरमै परीचय पत्र नविकरणको सेवा पाउने भएका उहाँले बताउनुभयो । वडा नं तिन भित्रका विभिन्न प्रकारको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने स्थानियले अव नविकरणका लागि वडा कार्यालय आउनु नपर्ने नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडाअध्यक्ष रोकायाले बताउनुभयो ।

ताजा समाचार