LIVE FM

फेज नेपालद्धारा सञ्चालित सामुदायिक स्वास्थ्य विकास प्रर्वदन कार्यक्रमको अर्धवार्षिक सामाजिक लेखा परीक्षण सम्पन्न ।

  • BFM
  •    
  • August 2, 2022

सर्मीला राेकाया रेडियाे बुढिनन्दा

स्वसशक्तिकरणको लागि व्यवहारीक सहयोग फेज नेपालद्धारा सञ्चालित सामुदायिक स्वास्थ्य विकास प्रर्वदन कार्यक्रमको अर्धवार्षिक सामाजिक लेखा परीक्षण आज सम्पन्न भएको हो । बाजुराको बुढीनन्दा नगरपालिका वडा नंम्बर १, २, ३ र ४ मा सामुदायिक स्वास्थ्य विकास प्रवद्र्धन अनुसार सञ्चालित कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्दै सामाजिक लेखा परिक्षण सम्पन्न गरीएको स्वास्थ्य सुपरभाइजर प्रभा देवकोटाले जानकारी दिनुभएको छ । प्रत्यक ६÷६ महिनामा सामाजिक लेखा परीक्षण गर्दै आएको संस्थाले २०७८ माघ १ गते देखि २०७९ असार ३२ गते सम्मको आर्थिक आयव्यय तथा प्रगति विवरण सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७०÷७१ देखि कोल्टीमा स्वास्थ्यका विभिन्न क्षेत्रमा काम गर्दै आएको फेज नेपालले २ सय बढी प्रकारको औषधी वितरण गर्दै आएको जनाइएको छ ।

स्व सशक्तिकरणको लागि व्यवहारीक सहयोग फेज नेपालले औषधी खरिद, गाउँघर क्लिनिक, कोभिड, स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम, रोग अनुसारको औषधी वितरण, परिवार नियोजन, स्वास्थ्य तथा गर्भावस्था चेकजाँच, तौल वृद्धि अनुगम, मानसिक स्वास्थ्य, धामीझाँक्रीलाई तालिम, स्वस्थ बालबालिका प्रतिस्पर्धा लगायतका स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको संस्थाले जनाएको छ । सामाजिक लेखा परिक्षणमा फेज नेपाल बाजुराले पछिल्लो छ महिनाको आय तर्फ ५ लाख ९७ हजार ५ सय ७९, खर्च तर्फ ५ लाख ७१ हजार ३ सय ६४ रहेको र बाँकी रकम २६ हजार २ सय १५ केन्द्रीय कार्यालयमा फिर्ता गएको उल्लेख गरिएको छ । अर्धवार्षिक वार्षिक लेखा परीक्षण कार्यक्रममा ६ महिनामा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र गाउँघर क्लिनिकबाट ५ हजार ७ सय ५८, प्रेषण, आकस्मिक नगरपालिका भन्दा बाहिरा अन्य ठाउँका नागरीक गरी १ हजार १ सय ३०, डिपो, पिल्स, इम्पलान्ट र कण्डम लगायत परिवार नियोजनका साधन सम्बन्धी ७ सय ५३, तौल वृद्धि अनुगमन सम्बन्धी ६ सय २६ जनाले सेवा लिएको अनमी सुनिता महताराले जानकारी दिनुभयो । गर्भावस्थामा चेकजाँच ७०, घरमा सुत्केरी ७, सुत्केरी पछिको भेट ६८, परिवार नियोजन परामर्श १ सय ८०, मृत्यु भएको वच्चाको जन्म ६, नवजात शिशुको मृत्यु १ जना रहेको बताइएको छ । संस्थाको अहिले सम्मको रिपोर्ट अनुसार गर्भावस्था चेकजाँचमा सुधार आएको देखाएको सुपरभाइजर देवकोटाले जानकारी दिनुभएको छ । फेज नेपालले कार्यसम्पादनका क्रममा कोभिड १९ संक्रमण बढेर सामुदायिक क्रियाकलाप गर्न असहज भएको, बजेट अभाव, कुपोषित बालबालिकाको संख्या बढ्दै गएको, जनशक्तिको कमी, गाउँघरमा क्लिनिक सञ्चालन गर्दा खुला ठाउँमा बसेर सेवा दिनु पर्ने लगायतका समस्या विद्यमान रहेको जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं एकका वडा अध्यक्ष मान बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको सामाजिक लेखा परिक्षण कार्यक्रममा स्वास्थ्य केन्द्र प्रमुख नरेश पाध्याय प्रमुख अतिथी रहनुभएको थियो । बुढीनन्दा नगरपालिका वडा नं दुईका निर्वतमान वडाध्यक्ष भिम बहादुर कार्की विशिष्ट अतिथी रहनुभएको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसस्थाका प्रतिनिधि, स्वास्थ्य स्वयम सेविका, पत्रकार लगायतको सहभागिता रहेको बताइएको छ ।

ताजा समाचार

ताजा समाचार