LIVE FM

छाप्रे पाटनमा अतिथी गृह निर्माण तिर्थयात्रीलाइ बासबस्न सहज

  • BFM
  •    
  • August 2, 2022

जीवन कैला रेडियाे बढीनन्दा

बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको बुढीनन्दा भगवतीको तिर्थयात्रा सुरु हुने समय नजिकिय संगै वडा नं ४ छाप्रे पाटनमा निमार्णाधिन अवस्थामा रहेको अतिथी गृह र पदमार्गको अनुगमन गरिएको छ । बुढीनन्दा दर्शनका लागि पुग्ने यात्रुलाई लक्षित गरी निमार्ण गरिएको पदमार्ग र अतिथि गृहको अवस्थाको स्थलगत अनुगमन गरिएको जनाइएको छ । आगामी सोमवार देखि बुढीनन्दा दर्शनका लागि टाढा टाढाका तिर्थयात्री आउने क्रम शुरु हुने भए पछि बुढीनन्दा नगरपालिकाका प्रवक्ता जंगविर रोकायाको नेत्तृत्वमा पालिकाका सदस्य हिक्मत वड, जनक भण्डारी, पुजारी रामचन्द्र बोहोरा लगायत स्थानीयले अतिथी गृह र पदमार्गको अनुगमन गर्नुभएको हो । गत शनिवार अनुगमका लागि छाप्रे पाटन गएको टोली आज फर्किएको छ। तीर्थयात्रीहरुको सहजताको लागि निमार्णाधिन अवस्थामा रहेको अतिथी गृह र २ हजार ६ सय मिटर लामो पदमार्गको अनुगम गरिएको अनुगमन टाेलीका संयाेजक जंगविर राेकायाले बताउनुभएको छ । निमार्णाधिन अवस्थामा रहेको अतिथी गृहको अवस्था राम्रै भएकाे अनुगमन टाेलीका सदस्यहरूले बताएका छन । अतिथि गृह संगै पदमार्गको काम पनि सन्तोष जनक भएकाे अनुगमन टोलीका सदस्य हिक्मत वडले बताएका छन । उसा क्न्ट्रक्सन निमार्ण सेवाले काम गर्दे आएको उक्त योजना २०७९ असार ५ गते सम्झौता भई साउन १५ गते सम्म निमार्ण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सो पदमार्ग र अतिथिगृह निमार्णका लागि रु १ करोड १९ लाख ४२ हजार ७ सय १५ रुपैयाँ ४४ पैसा रकम विनियोजन गरिएको जनाइएको छ । याेजना सम्झाैता भएकाे छाेटाे समयमा काम सम्पन्न भएकाे बुढीनन्दा नगरपालिकाकै पहिलाे याेजनाका रूपमा लिएकाे छ ।

ताजा समाचार

ताजा समाचार